• ५ जेठ २०८१, शनिबार

भिक्टोरिया राज्य अध्यक्षमा कालिकोटका तिलक निर्वाचित

blog

भिक्टोरिया राज्य समितिको अध्यक्षमा निर्वाचित हुनुभएको कालीकोटमा तिलकप्रसाद उपाध्याय । तस्बिर :प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, वैशाख २२ गते । अस्ट्रेलियामा बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्चअन्तर्गत भिक्टोरिया राज्य समितिको अध्यक्षमा कालीकोटमा तिलकप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ । शनिबार सकिएको अधिवेशनले नयाँ नेतृत्व चयन गदै कालीकोटको सान्नित्रिवेणी गाउँपालिका वडा न ६ तिलकप्रसाद उपाध्यायको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनबाट डीबी थापा उपाध्यक्षमा चयन हुनुभएको छ भने सचिवमा श्याम पौडेल निर्वाचित हुनुभएको छ । त्यस्तै, सहसचिवमा हिक्मत रानामगर चयन हुनुभएको छ भने मनोज पौडेल कोषाध्यक्षसहितको १९ सदस्यीय टिम घोषणा गरिएको छ ।

अस्टेलिया बस्दै आउनुभएका तपेन्द्रराज सिम्खडाले विभिन्न राज्यका अधिवेशन सकेर नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको केन्द्रीय अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।