• ४ जेठ २०८१, शुक्रबार

आर्सनल र सिटी विजयी

blog

गोल गरेपछि सिटीका खेलाडी । तस्बिर : बीबीसी

काठमाडौँ, वैशाख १७ गते । उपाधि दौडमा रहेको आर्सनल र म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा जित निकालेको छ । आइतबार राति भएको खेलमा शीर्ष टोली आर्सनलले टोट्टनहामलाई उसैको मैदानमा ३–२ गोलले हरायो ।

अर्को खेलमा दोस्रो स्थानको सिटीले नटिङ्घम फरेस्टलाई २–० गोलले पराजित गरेको छ । आर्सनलको जितमा बुकायो साका र काई हार्भेट्जले गोल गर्नुभयो । आर्सनलले अर्को गोल आत्मघाती उपहार पाएको थियो । टोट्टनहामका लागि क्रिस्टियन रोमेरो र सन हेउङ मिनले गोल गर्नुभयो । 

यस्तै आर्सनलको जितमा जास्को भार्डिओल र एर्लिङ हालान्डले गोल गर्नुभयो । जितसँगै आर्सनलले ३५ खेलबाट ८० अङ्क बनाएको छ । एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको सिटीको ७९ अङ्क छ ।

तेस्रो स्थानमा रहेको लिभरपुलको ७५ अङ्क छ । यस्तै पराजित टोट्टनहाम ६० अङ्कसहित पाँचौँ तथा नटिङ्घम २६ अङ्कसहित १७औँ स्थानमा छ । एजेन्सी