• ३१ वैशाख २०८१, सोमबार

सिडी विजयको ‘जीवनको रेल’मा दिपेन्द्रराज र अलिसाको अभिनय

blog

काठमाडौँ, वैशाख १६ गते। गायक सिडी विजय अधिकारीको ‘जीवनको रेल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। प्रेम र वियोगको कथाले भरिएको माया, प्रेम र धोका समेटिएको जीवनको रेल बोलको  गीतमा पत्नीले दिएको धोकालाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ। 

त्रिकोणात्मक प्रेम कथाले भरिएको सार्वजनिक गीतका शब्द दीपेन्द्र अधिकारीका छन्। 

गायक सिडीकै सङ्गीत रहेको गीतको एरेन्ज राजु कार्कीको रहेको छ।  प्रेममा यो हदसम्मको धोका हुनसक्छ भन्ने कथालाई देखाइएको भिडियोमा दिपेन्द्रराज गिरी, अलिसा बास्तोला  र स्रवण विष्टले अभिनय गर्नुभएको छ। सार्वजनिक भिडियोको छायाङ्कन महेश महराले गर्नुभएको हो  भने सम्पादन र कलरिङमा  दिनशन शाहले मेहनत गर्नुभएको छ।