• २६ वैशाख २०८१, बुधबार

छैटौँ सातामा ‘महाजात्रा’

blog

काठमाडौँ, वैशाख १५ गते । षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । ‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि महाजात्रा चलचित्र ५१ औँ दिनको यात्रामा अघि बढिरहेको छ । 

प्रदर्शनको पाचौँ साता पार गर्दा पनि उल्लेख्य सोसहित फिल्म प्रदर्शन भइरहेको छ । लेखक तथा निर्देशक प्रदीप भट्टराई निर्देशित अघिल्ला चलचित्रझैँ यसले पनि ५१ औँ दिनको यात्रा तय गर्ने देखिएको छ । निर्देशक भट्टराईले स्वदेशसँगै विदेशका दर्शकले चलचित्रलाई मन पराउनु सबैभन्दा ठुलो सफलता रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालपछिको दोस्रो ठुलो बजार मानिने अस्ट्रेलियाको सिड्नीमा मात्र फिल्मको ३५ सो भइसकेको छ । यो अहिलेसम्म कुनै नेपाली चलचित्रको भएको सो सङ्ख्यामा निकै उच्च छ । उक्त सम्पूर्ण सो ‘सोल्ड आउट’ थिए ।

चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेको फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुनुहुन्छ ।