• २४ वैशाख २०८१, सोमबार

सिने रोयललाई अवार्ड

blog

नेपालगन्ज, वैशाख १२ गते  । बाँकेको नेपालगन्जमा सञ्चालित सिनेरोयल सिनेमा थिएटरले सर्वश्रेष्ठ सिनेमा हलको अवार्ड पाएको छ । 

आठ महिनाअघि सो सिनेमा हल स्थापना गरिएको थियो । सिनेरोयलका सञ्चालक डा. राहुल थापाका अनुसार बक्स अफिस इन्टरनेसनल ग्रुपले नेपाली चलचित्र अवार्ड–२०८० को १८ औँ संस्करणमा सिने रोयललाई उपत्यकाबाहिरको सर्वश्रेष्ठ सिनेमा हल अवार्ड प्रदान गरिएको हो । 

सञ्चालक थापाका अनुसार तीन वटा अडिटोरियममा ५६० सिट रहेको सो थिएटरमा ‘जेबिएल एटमोस साउन्ड सिस्टम’ जडान गरिएको छ । नेपालकै लागि सिनेमा क्षेत्रमा यो गौरवको प्रोजेक्ट भएको र यसले सिनेमाप्रेमी भारतीय दर्शकसमेत आकर्षित गरिरहेको बताइन्छ ।