• १२ साउन २०८१, शनिबार

सात वर्षीय बालकको उद्धार गरेर अभिभावकको जिम्मा लगाइयो

blog

प्रहरीले जिम्मा लगाएपछि आमाको साथमा बालक।तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख ११ गते। कर्णाली प्रदेशको राजधानी सुर्खेतका एक सात वर्षीय  बालकलाई प्रहरीले मंगलबार नेपालगन्जमा फेला पारेर अभिभावकको जिम्मा लगाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी नारायण डाँगीले जिल्ला सुर्खेत बराहताल गाउँपालिका ५ घर भएका रितु दर्लामीका ७ वर्षीय छोरा आर्मिन दर्लामीलाई सोमबार नेपालगन्ज १ धम्बोझीमा अलपत्र अवस्थामा फेला पारेर उद्धार गरेको बताउनुभयो।

उहाँले बालकसँग गरिएको सोधपुछ र सुर्खेत प्रहरीबाट आएको जानकारीको आधारमा बालकका आमा रितु दर्लामीलाई खबर गरेर उहाँको जिम्मा लगाएको बताउनुभयो।

बालकलाई जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रद्वारा निजको आमा रितु दर्लामीलाई बुझाइएको प्रहरीले जनाएको छ।

आफ्नो छोरालाई सकुशल फेला पार्न सफल भएकोमा प्रहरीप्रति आभार व्यक्त गर्नुभएको छ।बालक कसरी नेपालगन्ज पुगे भन्ने बारेमा जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।