• २० वैशाख २०८१, बिहिबार

‘होस्टेल ३’ बन्ने

blog

काठमाडौँ  वैशाख ७ गते । चलचित्र होस्टेलको तेस्रो भाग ‘होस्टेल ३’ बन्ने भएको छ । चलचित्रमा सशान कँडेलको निर्देशन तथा लेखन रहने छ । सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउन लागेको हो ।

निर्माताका रूपमा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सहनिर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहनुभएको छ । होस्टेलमा बसेर अध्ययन गरिरहेका युवाको घटनामा आधारित चलचित्र रहने निर्देशक कँडेलले बताउनुभयो ।