• २१ वैशाख २०८१, शुक्रबार

सिड्नीको सपिङ मलमा भएको छुरा आक्रमणमा ‘केही व्यक्ति’ हताहत : प्रधानमन्त्री अल्बानिज

blog

सिड्नी, अस्ट्रेलिया, वैशाख १ गते । अस्ट्रेलियाको सिड्नीमा रहेको एउटा व्यावसायिक भवनभित्र मानिसहरूलाई आतङ्कित पार्ने गरी छुरा प्रहार भएको छ । उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रधानमन्त्री एन्थोनी अल्वानिजले सपिङ मल (किनमेल केन्द्र)मा भएको आक्रमणमा ‘केही व्यक्ति हताहत भएको’ पुष्टि गर्नुभएको छ । त्यहाँ एक नौ महिनाको बच्चासहित कैयौँलाई छुरा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताए । बोन्डी जक्शनस्थित वेस्टफिल्ड मलभित्र आक्रमणको घटनासँगै मानिसहरूको भागाभाग भएको र प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई व्यापक कारबाही गरेको छ ।

न्यु साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एक जना व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको जनाएको छ । घटनास्थलबाट मानिसहरू भागिरहेको देखिने खालका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । प्रहरीले त्यहाँको समयअनुसार अपराह्न ४ बज्नै लाग्दा एक व्यक्तिलाई गोली हानिएपछि अवस्था संवेदनशील बनेको जनाएको छ । 

आक्रमणका घटनाहरू जारी रहेको भन्दै मानिसहरूलाई उक्त क्षेत्रतर्फ नजान भनिएको छ । उक्त क्षेत्रलाई खाली गरिएको छ भने घटनास्थलमा दर्जनौँ एम्बुलेन्स र प्रहरीका गाडीहरू रहेका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरिएका छन् । सामाजिक सञ्जालमा शेयर गरिएको भिडिओमा एक जना पुरुषले ठुलो खालको चक्कु लिएर आक्रमण गर्न खोजेको पनि देखाइएको छ । न्यु साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एक जना व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको छ । रासस/एएफपी