• ८ पुस २०८१, सोमबार

इसिग्रेटलाई पूर्ण प्रतिबन्ध गर्नुपर्छ : सांसद पौडेल

blog

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल

काठमाडौं, चैत ३० गते । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इसिग्रेटलाई पूर्ण प्रतिबन्ध गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद शृङ्खला कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशलाई हानि हुने जानकारी हुँदाहुँदै राज्यले के फाइदाका आधारमा आयात गरिरहेको छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले स्वास्थ्यमा हानी पु र्‍य ाउने कुनै पनि सामग्रीको आयातमा प्रतिबन्ध लगाउन जरुरी रहेको बताउनुभयो । उहाँले नेपाली नागरिकको स्वास्थ्य कसरी स्वस्थ राख्ने भन्ने बारेमा राज्यले विशेष चासो दिनुपर्ने जानकारी दिनुभयो । उहाँले युवाहरु मद्यपान र धूमपानमा बढी रुमल्लिरहेको अवस्थालाई नियन्त्रण गर्न कानुनबाटै निषेध गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

‘‘नेपाली नागरिक कसरी स्वस्थ बनाउन सकिन्छ ? यो राज्यको प्राथमिक विषय बन्नुपर्छ । युवा जनशक्ति स्वस्थ नबन्ने जुन खालको परिस्थिति बनेको छ, नीतिगत पक्षबाटै त्यसलाई हामीले राक्नेगरी न्यूनीकरण गर्नेगरी जानुपर्छ । त्यसको लागि मुख्य विषय कानुन बनाउने नै हो । कानुनबाटै हामीले निषेध गर्नसक्यौँ भने, कानुनबाटै रिफ्लेक्ट गर्नसक्यौँ भने धेरै समस्या समाधान हुनसक्छन् ।,’’ सांसद पौडेलले भन्नुभयो, ‘‘यो भेवको मात्रै विषय होइन कि ? धेरै विषय छन्, जसले स्वास्थ्यमा हानी पु र्‍य ाउँछ, खाद्यान्नमा गुणस्तरीयता कायम गर्न सकेका छैनौँ, तरकारीमा विषादी परीक्षण गर्न सकेका छैनौँ । अहिले इसिग्रेटमा कुरा भएकाले यसलाई आयातमा रोक लगाऔँ । यसलाई पूर्ण प्रतिबन्ध लगाऔँ । यसको हानी थाहा हुँदाहुँदै पनि देशलाई के फाइदा हुन्छ र आयात गर्नुपर्‍यो ? आयात गर्न दिन, निगरानी गर्ने, मूल्य बढाउनेछ । प्रतिबन्ध गरौँ ।’’

नेता पौडेलले कानुनबाटै कडा भएर अघि बढ्नसके धेरै समस्या समाधान हुने जिकिर गर्नुभयो ।