• १४ जेठ २०८१, सोमबार

‘पुजार सार्की’ को पोस्टर रिलिज

blog

काठमाडौँ, चैत ३० गते ।  आगामी जेठ १० गते विश्वव्यापी प्रदर्शन हुने चलचित्र ‘पुजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसँगै अञ्जना बराइली र परीक्षा लिम्बूले पनि स्थान पाउनुभएको छ । चलचित्रका अन्य कलाकारमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्यलगायत हुनुहुन्छ ।

दिनेश राउतद्वारा निर्देशित चलचित्र विकास सुवेदीले लेख्नुभएको हो । चलचित्र सङ्गीतकार सुवास भुसालले निर्माण गर्नुभएको छ । हर्क साउद, बी. पाण्डे, दिनेश राउत र गणेश शाहीले गीत रचना गर्नुभएको छ । यसै गरी प्रकाश सपूत, शान्तिश्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालको स्वर रहेको छ ।