• २४ वैशाख २०८१, सोमबार

सद्भाव फाल्डो जुनियर गल्फको उपाधि नजिक

blog

दोस्रो दिन सट प्रहार गर्दै सद्भाव आचार्य ।

काठमाडौँ, चैत २९ गते । फाल्डो जुनियर गल्फ टुर च्याम्पियनसिपको दोस्रो दिन सद्भाव आचार्यले आफ्नो अग्रता कायम राख्नुभएको छ ।

नेपाल गल्फ सङ्घले रोयल नेपाल गल्फ क्लबमा आयोजना गरेको प्रतियोगितामा दोस्रो दिन सद्भावसँगै सिद्धान्त सापकोटा र आइन्स्टिना टण्डनले पनि आआफ्नो उमेर समूहमा शीषस्थान कब्जा गर्नुभएको छ । 

पुरुष १७ देखि २१ वर्ष उमेर समूहमा सद्भावले पाँच ओभर ७३ खेल्नुभयो । ३६ होलको समाप्तिसँगै उहाँको समग्र इभनपार एक सय ३६ स्कोर छ । दोस्रो स्थानमा रहनुभएको संसार विके सद्भावभन्दा १७ स्ट्रोकले पछि हुनुहुन्छ । संसारले दोस्रो दिन नौ ओभर ७७ खेल्नुभयो । 

यस्तै पुरुष १२ देखि १६ वर्ष उमेर समूहमा सिद्धान्त सापकोटा समग्रमा २२ ओभर एक सय ५९ स्कोरसहित शीर्षस्थानमा उक्लिनु भएको छ । उहाँले दोस्रो स्थानमा रहनुभएका सोहम अग्रवाललाई ६ स्ट्रोकले पछि पार्नुभएको छ । 

महिला खुलातर्फ आइन्स्टिना टण्डन समग्रमा ३३ ओभर एक सय ७५ स्कोरसहित शीर्षस्थानमा उक्लिनु भएको छ । उहाँले अवानी राईलाई सात स्ट्रोकले पछि पार्नुभएको छ । चार महिलासहित ३१ खेलाडीको सहभागिता रहेको ५४ होलको प्रतियोगिता शुक्रबार सकिनेछ । तीन विधाका विजेताले भियतनाममा आयोजना हुने फाल्डो सिरिज एसिया फाइनल खेल्न पाउनेछन् ।