• २१ वैशाख २०८१, शुक्रबार

तोलामा दुई सयले घट्यो सुनको मूल्य

blog

काठमाडौँ, चैत २९ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख छ हजार छ सय निर्धारण भएको छ । 

यस आधारमा छापावाला सुन तोलामा दुई सयले घटेको छ । यस्तै, तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३६ हजार एक सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३५ हजार नौ सय ५० निर्धारण भएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार प्रतितोला एक हजार सात सयमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ । रासस