• २१ वैशाख २०८१, शुक्रबार

तरकारी हब बनाउन बीउ सहयोग

blog

किसानलाई तरकारीको बीउ वितरण गरिँदै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, चैत २८ गते ।
जिल्लामा सिङ्गो वडालाई तरकारीको हब बनाउनका लागि किसानलाई तरकारीको बीउ सहयोग गरिएको छ । व्यावसायिक तरकारी खेती गरेर आम्दानीको स्रोत बनाउनका लागि बीउ सहयोग गरिएको हो ।

खार्पुनाथ गाउँपालिका– ५ का भ्याल बुमीले तरकारीको बीउ निःशुल्क पाएको बताउनुभयो । गत वर्षबाट व्यावसायिक तरकारी खेतीमा लाग्नुभएका बुमीले यसवर्ष पनि चार रोपनी जग्गामा तरकारी खेती गर्ने तयारी गर्नुभएको छ ।

उहाँले यसका लागि वडाले बीउ उपलब्ध गराएर सहयोग गरेको बताउनुहुँदै यसबाट थप व्यावसायिक तरकारी खेती गर्न हौसला मिलेको औंल्याउनुभयो ।

वडा अध्यक्ष भरतजंग शाहीले वडालाई नै तरकारीको हब बनाउनका लागि बीउ सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले तरकारी खेतीबाट स्थानीयको स्वास्थ्यमा सुधार ल्याउन र तरकारी बिक्रीबाट आम्दानी बढाउने रहेको बताउनुभयो । वडाको आर्थिक सहयोगमा काउली, बन्दा, साग, टमाटर, गाँजर, प्याज, धनियाँ, खुर्सानीलगायत १० प्रकारका बीउ किसानलाई उपलब्ध गराइएको छ ।

वडाका नौ वटा बस्तीमा पुगेर वडा अध्यक्ष शाहीको उपस्थितिमा उक्त बीउ सहयोग गरिएको हो । यसका लागि वडामा साढे दुई लाख बजेट खर्च गरेको छ । सो वडामा ३५० घरधुरी छन् ।