• २२ वैशाख २०८१, शनिबार

अन्तर्राष्ट्रिय बुद्धिचालमा रुपेश अगाडि

blog

चाल चल्दै नेपालका रुपेश जैसवाल ।

काठमाडौँ, चैत २६ गते । नेपालका एफएम रुपेश जैसवालले बुटवलमा जारी मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा एकल अग्रता लिनुभएको छ ।

रुपेशले अमेरिका, भारत र बङ्गलालादेशका खेलाडीलाई पछि पार्दै एकल अग्रता कायम गर्नुभएको हो । सात चरणको खेल सकिदा रुपेशले स्थानीय चार खेलाडी सहित पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईं, भारतका रिशव निशादलाई पराजित गर्नुभयो । भारतका सुदिरकुमार सिन्हासँग बराबरी खेल्नुभएका रुपेशको ६.५ अङ्क छ ।

यस्तै नेपालका सिएम सजिन महर्जन ६ अङ्कसहित दोस्रो स्थानमा रहनुभएको छ । महर्जनले अमेरिकन वेभर सिया, भारतका निलेश कुमार, भारतकै विनायक यादव, नेपाली भवेष डंगोरिया र गोविन्द खड्कामाथि जित निकाल्नुभयो । उहाँले नेपालका सुदिप तामाङ र भरतका दिव्यांशुसँग बराबरी खुल्नुभएको थियो । 

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा भारतमा सुधीरकुमार सिन्हा र रिशव निसादले पनि समान ६ अङ्क बनाउनुभएको छ । प्रतियोगिताका उच्च रेटेड बङ्गलादेशकासिएम एमडी जमाल उद्दिन ५.५ अङ्क बनाउनुभएको छ ।

मङ्गलबारसम्म चल्ने प्रतियोगितामा एक सय ४२ खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको कूल पुरस्कार राशि १० लाख एक हजार रुपियाँ रहेको प्रतियोगिताका संयोजक माधव प्रसाद प्रधानले जानकारी दिनुभयो ।