• २० वैशाख २०८१, बिहिबार

अपाङ्गता भएकालाई सामग्री हस्तान्तरण

blog

अपाङ्गता भएका व्यक्तिलाई सामग्री वितरण गर्दै नगर प्रमुख मनोज साह । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, चैत २५ गते । जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाका दश जना अपाङ्गता भएका व्यक्तिलाई जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको छ । 

अस्ट्रेलियन एड र सिविएम ग्लोबलको आर्थिक सहयोगमा लाइफ नेपालले सञ्चालन गरेको समावेशी परियोजनाअन्तर्गत आइतबार एक कार्यक्रमबिच नगर प्रमुख साहले सो सामग्री प्रदान गर्नुभएको हो । 

सो क्रममा पाँच थान ह्वीलचेयर, तीन थान ट्राइसाइकल, दुई थान वाकर र एक थान बैसाखी हस्तान्तरण गर्नुभएको समावेशी परियोजनाका व्यवस्थापक जीवन पुडासैनीले जानकारी दिनुभयो । परियोजना अन्तर्गत यसअघि पनि पाँच जना अपाङ्गता भएका व्यक्तिलाई सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । 

नगर प्रमुख साहले अपाङ्गता भएका व्यक्तिलाई लाइफ नेपालले यस प्रकारको सहयोग गरी राम्रो कामकाज गरेको बताउनुभयो । उहाँले जनकपुरधाम उपमहानगरपालिकाले पनि अपाङ्गता भएकालाई प्राथमिकतामै राखेर कामकाज गर्ने बताउनुभयो । 

कार्यक्रममा लाइफ नेपालका कार्यकारी निर्देशक सुरैत ठाकुरले अपाङ्गता भएका व्यक्तिलाई जीवन जिउन सहजताका लागि सामग्री हस्तान्तरण गरिएको जानकारी दिँदै उहाँहरूलाई आत्मनिर्भर बनाउन पनि संस्थाले विभिन्नखालको सहयोग गर्नेगरेको बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ मधेश प्रदेशका अध्यक्ष किरण पासमानले जनकपुरधाम उपमहानगरपालिकाको कामलाई अपाङ्गमैत्री बनाउन नगर प्रमुख साहलाई आग्रह गर्नुभयो । कार्यक्रममा सहायक सामग्री पाएकाहरूले संस्थालाई धन्यवाद ज्ञापन गर्दै अगामी दिनमा पनि सहयोगका लागि आग्रह गर्नुभयो ।