• १८ माघ २०८१, शुक्रबार

गोरखापत्रकर्मी हमाल र नेपाल सम्मानित

blog

वसन्त पराजुली
नारायणगढ, चैत २४ गते ।
गोरखापत्रकर्मी चाँदनी हमाल र शालिग्राम नेपाल सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले उहाँहरुसहित ३४ जना अग्रज र नौ जना अन्य पत्रकारलाई सम्मान गरेको हो ।

महासंघले शनिबार भरतपुरमा एक कार्यक्रम आयोजना गरी हमाललाई ५१ हजार नगद राशीको र नेपाललाई १० हजार पुरस्कार राशीको तिलचन साँखी पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।

यस्तै, ५१ हजार राशीकै पुरस्कार मैयाँदेबी पत्रकारिता पुरस्कार २०८० बाट यस वर्ष महासंघले नेपाल पत्रकार महासंघका सचिव सृजना अर्याललाई सम्मान गरेको छ ।

जिल्लामा निरन्तर २५ वर्षभन्दा बढि काम गर्दै आएका ३४ जना अग्रज पत्रकारलाई महासंघले अग्रज सम्मान गरेको हो । महासंघले हरेक वर्ष प्रदान गर्ने बालकुमारी बिष्णुकुमारी पत्रकारिता पुरस्कारबाट केशु लामिछाने, श्रुजश्री मैयादबी पत्रकारिता पुरस्कार बाट प्रतिमा कुमाललाई  पुरस्कृत गरेको छ । यस्तै, तिलचन साँखी पत्रकारिता पुरस्कारबाट  बिमल खतिवडा, टीकादत्त तिमिल्सिना, औद्योगिक पत्रकारिता पुरस्कारवाट सन्तकुमार चौधरी र हीरालाल गुरुङलाई महासंघले सम्मान गरेको हो ।

सम्मानित व्यक्तिहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल,  नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल लगायतले सम्मान गर्नुभएको थियो ।कार्यक्रम नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।