• १५ वैशाख २०८१, शनिबार

ज्येष्ठ नागरिकलाई धार्मिक अध्ययन भ्रमण

blog

बिन्दु थापा 

पाल्पा, चैत १५ गते । तानसेन नगरपालिका–४ ले ज्येष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमण गराएको छ । वडाले ३८ जना ज्येष्ठ नागरिकलाई एक दिने धार्मिक भ्रमण गराइएको वडाध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो । 

पाल्पाका प्रसिद्ध धार्मिक स्थल, रानीमहल, भैरवस्थानलगायतका ठाउँमा लैजाने योजनासहित ज्येष्ठ नागरिकलाई अवलोकन गर्न लगिएको शाक्यले बताउनुभयो । शाक्यले भन्नुभयो, ‘अवलोकन भ्रमणले ज्येष्ठ नागरिकलाई धार्मिक पर्यटकीय क्षेत्रको ऐतिहासिक र वर्तमान अवस्था थाहा पाउने अवसर मिलेको छ ।’ 

वडा सदस्य सीता बस्नेतले ज्येष्ठ नागरिकले आफ्ना पीरमर्का समाधानका लागि  धार्मिक भ्रमणले आमाबुवाको मन रमाउने भएकाले अवलोकन भ्रमण सकारात्मक सन्देश गएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।  

वडा सधैँ ज्येष्ठ नागरिकको सम्मानजनक जीवनयापनको पक्षमा भएकाले र ज्येष्ठ नागरिक धार्मिक कुरामा मन रमाउने भएका कारण पनि ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमण गराउन लागेको बस्नेतले बताउनुभयो ।