• १६ वैशाख २०८१, आइतबार

डा. आरजु राणाको सफल शल्यक्रिया

blog

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा‍‍.आरजु राणा देउवा ।

काठमाडौं, चैत १५ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा‍‍.आरजु राणा देउवाको 'हाइपर प्याराथाइरोइड्इजम'को शल्यक्रिया सम्पन्न भएको छ । गत चैत २ गते स्वास्थ्य उपचारका लागि भारत जानुभएका उहाँको दिल्लीस्थित म्याक्स अस्पतालमा चैत १४ गते बुधबार शल्यक्रिया भएको उहाँको सचिवालयले जनाएको छ  । 

शल्यक्रियापछि उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएको उहाँका स्वकीय सचिव कमल रावलले जानकारी दिनुभयो ।