• ८ पुस २०८१, सोमबार

उपेक्षित वर्गको अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सांसदहरूले सोध्नु भएको प्रश्नहरूको मङ्गलबार जवाफ दिनुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, चैत ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिकरूपमा ऐतिहासिक विभेदमा परेका दलितलगायत समुदायको संविधानप्रदत्त अधिकारको रक्षा गर्ने विषयलाई अत्यन्तै गम्भीरताका साथ लिएको बताउनुभएको छ ।

प्रतिनिधि सभाका सांसदहरूले सोध्नुभएको प्रश्नहरूको आज जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले उपेक्षित, उत्पीडित, दलित वर्ग उत्थान विकास समिति, वादी विकास समिति र पिछडा वर्ग उत्थान विकास समितिका समस्याका बारेमा सरकार जानकार रहेको बताउनुभयो ।

दलित क्षेत्रमा क्रियाशील नागरिक सङ्घसंस्था, नागरिक अगुवा तथा राष्ट्रिय दलित आयोग लगायतका निकायसँगको परामर्शमा दलित विकास प्राधिकरण स्थापना गर्न सरकारले पहल गर्ने पुनः प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । उहाँले रुकुमपश्चिमको चौरजहारी विमानस्थल सञ्चालन गर्न आवश्यक प्रबन्ध गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो ।