• १३ साउन २०८१, आइतबार

मधेश प्रदेश सरकारमा एमाले सहभागी

blog

नव नियुक्त मन्त्री सरोज यादव पद तथा गोपनियताको सपथ लिदै । तस्बिर : गोरखापत्र

धर्बेन्द्र झा 

धनुषा, चैत ५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेलाई सरकारमा सहभागी गराउँदै सोमबार मन्त्रीपरिषद् पुर्नगठन गर्नुभएको छ । 

पुर्नगठित मन्त्रीपरिषदमा मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित विगतमा नेपाली काँग्रेस र जनमत पार्टीको भागमा रहेको शिक्षा तथा संस्कृति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, गृह, सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय आफूसँगै राख्नुभएको छ । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा नेकपा एमालेका सरोजकुमार यादव नियुक्त हुनुभएको छ । 

यस्तै अर्थ मन्त्रीमा जसपाकै सञ्जयकुमार यादव, खेलकुद तथा समाज कल्याण मन्त्रीमा जसपाकै सुरिता कुमारी साह, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा जसपाकै सिंगासन सा कलवार, वन तथा वातावरण मन्त्रीमा लोसपाका रमेशप्रसाद कुर्मी,उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा नेकपा (माओवादी केन्द्र) का सुनिता यादव, ऊर्जा सिचाई तथा खानेपानी राज्य मन्त्रीमा जसपाका शेख अबुल कलाम आजाद र उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का रहबर अन्सारीलाई यथावत् राखिएको छ  । त्यस्तै, भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का गोविन्दबहादुर न्यौपाने पनि यथावत रहनु भएको छ । 

सोमबार नियुक्त हुनुभएका मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री यादवले प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमबिच पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुबेदी भण्डारीले भौतिक पूर्वाधार विकास मन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।