• १३ साउन २०८१, आइतबार

सुन तस्करी प्रकरण : गुरुङलाई धरौटीमा छाड्न आदेश

blog

काठमाडौँ, चैत ५ गते । काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गुरुङलाई गत फागुन १४ गते पक्राउ गरेको थियो । रासस