• १५ वैशाख २०८१, शनिबार

जलेकी किशोरीको मृत्यु

blog

प्रेमराज सिम्खडा

कालीकोट, चैत ४ गते । कालीकोटको खाँडाचक्र नगरपालिका –५ को नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर घाइते भएकी किशोरीको मृत्यु भएको छ । शुक्रवार दिउँसो नवदुर्गा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला वनमा आगलागी हुँदा बाबुछोरी जलेर घाइते भएका थिए । आगोले जलेकी अन्दाजी बर्ष ११ की हेमन्ती चौलागाईको उपचारका क्रममा मृत्यु भएको हो । 

हेमन्तीका बुवा बर्ष ५० का नन्दलाल चौलागाईको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर पोषण थापाले घाइते छोरीको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जानकारी दिनुभयो । 

वनमा भएको आगलागीका कारण चौलागाईंका ६० मध्ये ४५ बाख्रा जलेर मरेका थिए । आगोले जलेका नन्दलाल चौलागाईको उपचार खर्च अभाव भएको छ । सामान्य परिवारका चौलागाईको आर्थिक अबस्था कमजोर भएकाले उपचारका लागि परिवारका सदस्यले सहयोगको अपिल गरेका छन् ।