• १३ साउन २०८१, आइतबार

टर्कीले बढायो पेट्रोल, डिजेलको मूल्य

blog

टर्की, चैत ३ गते । टर्कीले पेट्रोल र डिजेलको मूल्य क्रमशः ३.७६ र २.६९ प्रतिशतले बढाएको छ । प्रतिलिटर पेट्रोल र डिजेलको मूल्य क्रमशः ४२.०६ टर्किस लिरा (१.३१ अमेरिकी डलर) र ४१.८६ लिरामा सीमित गरिएको छ ।

नयाँ वृद्धिको पछाडि ब्रेन्ट क्रुडको बढ्दो मूल्य रहेको बताइएको छ । बिहीबार प्रतिब्यारेल ८५ डलरभन्दा माथि चार महिनाको उच्च बिन्दुमा पुगेको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल