• १३ साउन २०८१, आइतबार

माछापालक कृषकलाई काउन्सिलिङ गर्न तालिम

blog

तालिमको उदघाटनसत्रमा सहभागी अतिथिहरु ।

धर्बेन्द्र झा 

धनुषा, चैत २ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले माछा उत्पादनमा किसानले उन्नत प्रविधि अपनाउन् भन्ने उद्देश्यसाथ किसानलाई काउन्सिलिङ गर्नका लागि परियोजना अन्तर्गतका कर्मचारीलाई तीन दिने तालिम दिइएको छ ।

आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिको आधुनिकीकरण विशिष्टिकरण र औद्योगिकीकरण हुनुपर्छ भन्ने मान्यतामा आधारित भएर आफ्नो कार्यक्रम सञ्चालन गर्दैआएको सो परियोजना अन्तर्गतका ३० जना अधिकृत र सहायकस्तरका कर्मचारीलाई मत्स्यविज्ञद्वारा तालिम दिइएकोे हो । 

मधेश प्रदेश राजधानी जनकपुरधाममा शुक्रबार भएको तालिमको समापन समारोहमा मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शरणकुमार पाण्डेले मधेश प्रदेशमा निर्वाहमुखी र परम्परागत रुपमा हुँदैआएको माछा पालनलाई उत्पादनमुखी बनाउन तालिमले सहयोग गर्ने बताउनुभयो । 

भएका ज्ञान सीपलाई परिस्कृत गर्न दिइएको तालिम लिए पश्चात् परियोजनामा काम गर्ने कर्मचारीले माछापालन गर्ने किसानलाई उन्नत प्रविधि अपनाउने काम गर्नुपर्ने धारणा राख्नुभयोे । नेपालमा हाल एक लाख सात हजार मेट्रीक टन माछा उत्पादन हुँदैआएको भन्दै उहाँले माछाको उत्पादकत्व बढाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई धनुषाका प्रमुख ललनकुमार सिंहले किसानले परम्परागत रुपमा गर्दैआएको मत्स्यपालनलाई परिवर्तन गर्न जरुरी भएको भन्दै त्यसका लागि उन्नत प्रविधि अपनाउन किसानलाई प्रेरित गर्न तालिम लिएकाहरुको भूमिका महत्वपुर्ण हुने बताउनुभयो । 

कृषिविज्ञ युगल किशोर तिवारी, विष्णुदेव यादव, राकेश यादव, मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्र धनुषाका प्रमुख रविलाल शर्मासहितकाले सहभागीलाई प्रशिक्षण दिनुभयो ।