• १३ साउन २०८१, आइतबार

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

blog

काठमाडौं, चैत २ गते । दुबई पठाइदिन्छु भन्दै दुई लाख ५० हजार रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तनहुँ बन्दिपुर नगरपालिका–५ घर भई काठमाडौं मैतीदेवी बस्ने ४५ वर्षीय विष्णुबहादुर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भण्डारीले एक जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।