हाँसोभित्र दुःखका पीडा पनि गुन्जेका छन्
विसं २०३४ मा रेडियो नेपालमा गीत गाउन प्रवेश गर्नुभएका नन्दकृष्ण जोशी अहिले ‘देउडाका राजा’ नामले चिनिनु हुन्छ ।
‘समयमा उपचार गरे डिप्रेसन पूर्णरुपमा निको हुन्छ’
कोरोनाकालपछि नेपाल लगायत विश्वभर डिप्रेसनका बिरामीको सङ्ख्या बढ्दो क्रममा छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले संसारभर कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी मानिसलाई डिप्रेसन भएको जनाएको छ।
दर्शकलाई रुवाउन सजिलो तर हँसाउन निकै गाह्रो
आफ्नो वास्तविक नामले कमै चिनिने हास्य कलाकार हुनुहुन्छ पल्पसा डङ्गोल अर्थात् चम्सुरी ।
१२ वर्षपछि मनोहराको तान्डव : तीन सय घर डुबानमा
स्थानीय बासिन्दा मिनबहादुर श्रेष्ठका अनुसार १२ वर्षमा खोला फर्किन्छ भन्ने भनाइ अहिले मनोहरा खोलामा लागू भएको छ ।
‘जोगिन्दर पानवाला बन्छु भन्ने सोचेको थिएन’
हास्य कलाकारको रुपमा दुई दशक रङ्गमञ्च क्षेत्रमा बिताउनुभएका जोगिन्दर अर्थात् शिवशंकर रिजाल सानैदेखि मैथिली, अवधी, बज्जिका, भोजपुरी भाषासँगै लगाव भएका हाँस्य कलाकार हुन् ।
स्तनपान गराउँदा १६ देखि २२ प्रतिशतसम्म नवजात शिशुको मृत्युदर घटाउन सकिन्छ
बच्चा जन्मिएको एक घण्टाभित्रमा स्तनपान गराउँदा १६ देखि २२ प्रतिशतसम्म नवजात शिशुको मृत्युदर घटाउन सकिने विभिन्न अध्ययनले देखाएको छ ।
डेढ अर्बमा बनेको चोभार बन्दरगाह सुनसान
विश्व बैँकको १ अर्ब ५४ करोड रुपियाँको सहयोगमा निर्माण गरिएको उक्त बन्दरगाहमा भन्सार जाँचपासका लागि मालबाहक गाडीको चाप छैन।
'अनौठो रहस्य भित्रको अपत्यारिलो अपराध'
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम सुवेदीले बीमा रकमका लागि नक्कली विवाह गरेर हत्या भएको घटनालाई अनौठो रहस्यभित्रको अपत्यारिलो अपराध भन्नुभएको छ।
जीवनमा १५–१६ हजार लाशमा छुरा चलाएँ : डा.वस्ती
फरेन्सिक मेडिसिन विज्ञ प्रा.डा. हरिहर वस्तीले फरेन्सिक मेडिसिन भनेको मुर्दा चिर्ने मात्रै नभई कुनै पनि घटना घटी सकेपछि जिउँदा वा मुर्दा मानिसमा के कारणले घटना घट्यो भनेर कानुनलाई प्रमाण जुटाउने विधा भएको बताउनुहुन्छ ।
लोप हुँदै मादलको ताल
१५ वर्षको उमेरदेखि मादल बजाउँदै आउनुभएकी मादल वादक डङ्गोलका अनुसार देशको राष्ट्रिय बाजा भए पनि मादलले आफ्नो स्थान भने पाएको छैन।
कुलबहादुर गुरुङको सम्झनामा बीपी
शुक्रबार प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ४० औँ स्मृतिदिवस मनाइँदै छ । वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।
नेवार जातिको मौलिक चित्रकला ‘पौभा’
‘पौभा’ नेपालका नेवार जातिको मौलिक परम्परागत चित्रकला हो। जुन तामाङ, शेर्पा तथा गुरुङ जाति तथा तिब्बती परम्परागत चित्रकला थान्कासँग मिल्दोजुल्दो हुन्छ।
‘बालबालिकामा हुने क्यान्सर शतप्रतिशत निको हुन्छ’
हरेक वर्ष नेपालमा एक हजारदेखि १५ सयको हाराहारीमा बाल क्यान्सरका नयाँ बिरामी थपिने अनुमान गरिएको छ।नयाँ थपिएका क्यान्सरका सबै बिरामी उपचारको पहुँचमा नभएको चिकित्सकको भनाइ छ।
कोरस डान्सरदेखि भिडियो निर्देशकसम्मको यात्रामा पाण्डे
देवेन्द्र पाण्डे कोरस डान्सर हुँदै भिडियो निर्देशक बनेका एक सफल नाम हो । धादिङ धुनिबेँसी नगरपालिकामा जन्मनुभएका पाण्डे २०५९ सालबाट साइड डान्सरका रूपमा कला क्षेत्रमा प्रवेश गर्नुभएको हो । साइड डान्सरपछि सहायक निर्देशक हुँदै उहाँले निर्देशनमा प्रवेश गर्नुभयो ।
तेस्रोलिङ्गी मेकअप आर्टिस्ट सोफी : नाम र दाम दुवै
सोफी सुनुवार नेपालकै पहिलो तेस्रोलिङ्गी ‘मेकअप आर्टिस्ट’ हुनुहुन्छ । तेस्रो लिङ्गी समाजका लागि सोफी एक सफल उदाहरण पनि बन्नु भएके छ । विगत १५ वर्षदेखि मेक आर्टिस्ट पेशामा लाग्नुभएका उहाँले नेपालका धेरै चर्चित मोडलहरु, कलाकार र बेहुलीलगायत विभिन्नको मेकअप गर्नुहुन्छ । यस अवधिमा आफ्ना जीवनको ठूलो सफलता र उपलब्धि भएको सुनुवार बताउनुहुन्छ ।
‘महाकाली नाच्दा पिटाइ पनि खानुपर्यो’
असत्यमाथि सत्यको जित देखाउने नाचको रुपमा भक्तपुरको ‘महाकाली प्याखँ’ अर्थात् महाकाली नाचलाई लिने गरिन्छ।
माओवादी केन्द्रीय समिति बैठक : अध्यक्षद्वारा नौ वटा विषय प्रस्तुत (भिडियोसहित)
नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा रिपोर्टिङ गर्नुभएको छ।
मधुवनी आर्ट अर्थात् मधेशको संस्कृति
३० वर्षदेखि मधुवनी आर्टसँग जोडिनुभएका कलाकार कनकका अनुसार मिथिला आर्टको दुई इतिहास विशेष मानिन्छ। पहिलो, भारतसँग जोडिएको छ।
‘स्वतन्त्रबाट देश चल्दैन : कांग्रेस र कम्युनिष्ट सुध्रिनुपर्छ’
भीडले नेता छान्छ कि विचारले भन्ने विषयमा हामीले घण्टौं होइन, वर्षौ बहस गरेका छौँ । अहिलेको स्थितिमा कयौं नेता विदेशीले जन्माइदिए । कयौं नेता यहाँका आन्दोलनले जन्मिन्छन् । कयौंलाई भीडले नेता बन भनेर कुर्सीमा राखिदिन्छ ।
असारे भाका : गीतमै प्रेम, वियोग, सुख र दुःख
असारको महिना मानो रोपेर मुरी उब्जाउने समयको रुपमा लिइन्छ। असारमा रोपाइँसँगै विभिन्न मिथक जोडिएका छन्। असार १५ मा दही चिउराको जति महत्त्व छ उस्तै असारे गीतको महत्त्व रहेको छ।
आज असार १५ अर्थात् दही चिउरा खाने दिन
आज असार १५ अर्थात् दही चिउरा खाने दिन । सरकारले यस दिनलाई धान दिवसको रुपमा समेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने चलन रहेको छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार परापूर्वकालमा समयमै रोपाइँ सकिएको खुसी मनाउँदै दही चिउरा खाने गरिन्थ्यो । यो सबै नेपालीहरुको राष्ट्रिय पर्वको रुपमा विकास भएको छ ।
‘बीमाको रकम जतिसक्दो छिटो भुक्तानी हुन्छ’
बीमा रकम भुक्तानीका लागि दाबी रकम पेस गर्नेहरुको सङ्ख्या बढ्दो छ । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकृत शम्भुप्रसाद ज्ञवालीले अभिलेख प्रविष्ट हुन समय लाग्ने भएकाले बीमा भुक्तानीमा ढिलाइ भएको जानकारी दिनुभयो ।
अडियो प्रकरण न्यायालय सुधारको सूत्र बन्नुपर्छ : पूर्व न्यायाधीश बलराम केसी
न्यायालय कामचलाउ अवस्थामा छ। यो अवस्थामा भ्रष्टाचार मौलाउने अवसर छ। अहिले भ्रष्टाचारको राम्रो अवसर देखिन्छ। टेप प्रकरण यसकै उत्पादन हो।
यौनिक तथा अल्पसङ्ख्यकको ‘गौरवको महिना’
अङ्ग्रेजी पात्रो अनुसार जुन महिनालाई ‘प्राइड मन्थ’ अर्थात् ‘गौरवको महिना’ मानिन्छ जुन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउने गर्छन्।