पाङ्थली जोड्ने मोटर बाटो खुल्यो, स्थानीय खुसी
मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ–६ स्थित पाङ्थली जोड्ने मोटर बाटो खुलेको छ ।
आगलागीबाट २० लाखको क्षति
पुतलीबजार नगरपालिका–७र्यालेमा आगलागीबाट २० लाख बराबरको क्षति भएको छ ।
पुलिसलाई एमएम कप उपाधि
तेस्रो संस्करणको एमएम कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
मनाङ गाउँको पृष्ठभूमिमा गङ्गापूर्ण हिमाल, ग्लेसियर र ताल
मनाङ ङिस्याङ गाउँपालिका–६ मा अवस्थित मनाङ गाउँको पृष्ठभूमिमा गङ्गापूर्ण हिमाल, ग्लेसियर र गङ्गापूर्ण ताल । गाउँको नामबाट नै जिल्लाको नामकरण गरिएको हो ।
प्रधानमन्त्री पत्नी राधिका शाक्यद्वारा लिखित ‘करुणा’ माथि विमर्श
प्रधानमन्त्री पत्नी राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तकको विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
विकास विरोधीले सरकार बारे भ्रम फैलाए : महासचिव पोखरेल
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेको सरकारकै पालामा मात्रै देशमा सबैभन्दा बढी विकास भएको दाबी गर्नुभएको छ।
उपाधि रूपन्देहीको तिलोत्तमाको पोल्टामा
पालिका स्तरीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि रूपन्देहीको तिलोत्तमा नगरपालिकाले जितेको छ ।
लायन्स भलिबल : एपिएफ सेमिफाइनलमा
लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलमा विभागीय टोली एपीएफले गण्डकीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
आवाज नथुनिउन्, कलम नथाकुन्ः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै आज उहाँले सत्य, न्याय र अभिव्यक्तिको पक्षमा कलम चलाउने सम्पूर्ण सञ्चारकर्मी, मिडिया संस्थाहरू तथा अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने प्रत्येक चेतनशील नागरिकप्रति हार्दिक सम्मानसहित शुभकामना व्यक्त गर्नुभयो।
आरभ र स्वस्तिकालाई टेनिस उपाधि
आरभसम्राट हाडा र स्वस्तिका विष्टले ११औँ सिटिजन्स बैँक टेनिस प्रतियोगिताको सिङ्गल्स उपाधि शनिबार जित्नुभएको छ । आरभ पुरुष तथा स्वस्तिका महिलामा च्याम्पियन बन्नुभएको हो ।
‘संविधान जारी भएपछि हालसम्म २१४ ऐन बनेका छन्’
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेश र फेडरलिज्म एन्ड लोकलाइजेसन सेन्टरले यहाँ आज आयोजना गरेको ‘विद्यायिक अन्तरसम्बन्ध र कानुनको मापन’ अन्तरक्रियामा उहाँले आवश्यकताअनुसार कानुन बनाउने काम भइरहेको बताउनुभयो।
तीन भातृ संस्थाको एकसाथ नयाँ नेतृत्व चयन
ताप्लेजुङमा सत्ता साझेदार दल नेपाली कांग्रेस निकट तीन वटा भातृ संस्थाको नयाँ नेतृत्व एकसाथ चयन गरिएको छ। भातृ सङ्गठनहरू नेपाल लोकतान्त्रिक शेर्पा सङ्घ, नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू सङ्घ र आदिवासी जनजाति विभागीय समितिको नेतृत्व एकसाथ चयन गरिएको हो।
हेटौँडाको गैरीगाउँमा फसेको गाडी २४ घण्टादेखि बेपत्ता
हेटौँडा उपमहानगरपालिका वडा नं. १७ स्थित गैरीगाउँमा दलदलका फसेको गाडी झण्डै २४ घण्टादेखि अझै फेला पर्न सकेको छैन।
हिमाली क्षेत्रमा सामान ढुवानी गर्दै फम्जो (फोटो फिचर)
हिमाली क्षेत्रका बासिन्दा सामान ढुवानीका लागि अझै पनि फम्जो (भारी बोक्ने चौँरी) को प्रयोग गर्ने गर्दछन्। विषेश गरी ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको हिमाली क्षेत्रमा सामान ढुवानीका लागि फम्जो प्रयोग गरिने गरिन्छ।
वडामै पुगेर गर्भवती महिलाको गर्भ परीक्षण
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा वडा–वडामा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण गरिएको छ। गाउँपालिकाले वडा वडामा सञ्चालन गरेको घुम्ती शिविरमार्फत गर्भवती महिलाको गर्भ परीक्षण गरिएको हो।
एकजुट भएर अगाडि बढ्न एनआरएनलाई परराष्ट्रमन्त्री डा. राणाको आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ। आज यहाँ आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा सम्बोधन गर्दै उहाँले संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडि बढ्न आग्रह गर्नुभयो।
फेमे खोलालाई काबेलीको बेलिब्रिज
सङ्घीय सरकारले बाढीले पुल बगाएको पाँचथरको फिदिम १ र ११ लाई जोड्ने फेमे खोलाका मेची राजमार्ग स्थित पाँचथर र ताप्लेजुङलाई जोड्ने काबेली नदीको बेलिब्रिज उपलब्ध गराउने भएको छ।
नीति तथा कार्यक्रम सही छन् ढुक्कले समर्थन गर्नुहोस् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सङ्घीय संसदमा शुक्रबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रम देशमा राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि सही ढङ्गले आएकाले ढुक्क भएर दृढतापूर्वक तिनलाई समर्थन गर्न आफ्नो दलका सांसद्लाई निर्देशन दिनुभएको छ ।
मार्फाको स्याउ बगैँचा
मुस्ताङको घरपझोङ गाउँपालिका–२, स्थित तल्लो मार्फामा देखिएको स्याउ बगैँचा । स्याउको राजधानीको रूपमा परिचित मार्फाका किसानहरूले मात्रै बर्सेनि करोडौँको स्याउ बिक्री गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।
मुख्यमन्त्री शाह र उत्तराखण्डका मुख्यमन्त्री धामीबिच भेटवार्ता
भारत भ्रमणमा रहनुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्ड प्रदेशका उहाँका समकक्षी पुष्करसिंह धामीबिच आज भेटवार्ता भएको छ ।
तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र, अविलम्ब कूटनीतिक पहल गर्न माग
सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध गरेका छन् । विसं २०७० को बाढीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको छ ।
पत्रकारलाई १० लाखको दुर्घटना बिमा
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि १० लाख रुपियाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण गरेको छ ।
लिफ्टिङमार्फत काभ्रेगाउँमा ‘एक घर, एक धारा’
बागलुङ नगरपालिका–१३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ । लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहेको फुस्रेखोलाबाट लिफ्टिङमार्फत पानी ल्याई एक घर, एक धारा निर्माण गरिएको हो ।
‘आर्थिक सामाजिक गतिविधि बढाउने गरी नीति तथा कार्यक्रम आएको छ’
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम राजनीतिक आर्थिक सामाजिक गतिविधि बढाउने गरी आएको बताउनुभएको छ ।