राष्ट्र बैङ्कले बुझायो बजेट सुझाव
नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेट्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
अन्तर्राष्ट्रिय उडानको माग गर्दै व्यवसायीको धर्ना
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै उद्योगी व्यवसायीले विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन् ।
मकै छर्ने बेलामा छैन मल
यो वर्ष समयमै वर्षा भएपछि मकै छर्न थालेका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखाका किसान रासायनिक मल नपाउँदा चिन्तामा परेका छन् । नियमित तथा मौज्दात मल वितरणमै कमजोरी भएपछि यहाँ मलको हाहाकार देखिएको छ ।
प्रधानमन्त्रीलाई फोटो उपहार
भनिन्छ, ‘एउटा तस्बिरले हजारौँ शब्द बोल्छ ।’ गोरखापत्रको सङ्ग्रहालयमा त्यस्ता कैयौँ तस्बिर छन्, २०३० देखि २०६० सम्मको समय खण्डको नेपालको वास्तविकता बोकेका ।
भारत–पाकिस्तान तनाव थप उच्च
भारत र पाकिस्तानबिचको तनाव थप उच्च बनेको छ ।
रित्तो संसदमा छलफल
नीति तथा कार्यक्रममाथि संसद्मा भइरहेको छलफल कर्मकाण्डी बन्दै गएको छ । छलफलमा भाग लिने सांसदको उपस्थितिसमेत संसद्का दुवै सदनमा नगण्य छ । आफ्ना धारणा राख्ने र बाहिरिने क्रमले नीति कार्यक्रममाथिको छलफल करिब करिब खाली सभामा भइरहेको छ ।
फेला परेन भासिएको गाडी : भूगर्भविद्को टोली नै असुरक्षित
हेटौँडा उपमहानगरपालिका वडा नं. १७, गैरीगाउँमा गत शुक्रबार जमिनमा भासिएर हराएको बोलेरो गाडीका बारेमा अध्ययन गर्न आएको भूगर्भविद्को टोली गाडीको अवस्थितिका बारेमा पत्ता नै नलगाई फर्किएको छ ।
बार्सिलोनालाई हराउँदै इन्टर फाइनलमा
इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
गोरखापत्र वार्षिकोत्सव : पत्रकार–कर्मचारी सम्मानित
गोरखापत्र एक सय २५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा संस्थानका पत्रकार–कर्मचारी सम्मानित हुनुभएको छ ।
भेटिएन जमिनमुनि भाँसिएको गाडी : फर्कियो भूगर्भविद्को टोली
गाडी भासिएको घटनाको अध्ययनका लागि आएको खानी तथा भूगर्भ विदको टोलिले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी बुधबार काठमाडौा फर्किएको छ ।
शोक प्रस्ताव पारित
प्रतिनिधिसभा बैठकले पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बुधबार बसेको बैठकले सर्वसम्मत पारित गरेको हो ।
कोशी प्रदेशसभा अधिवेशन आह्वान
कोशी प्रदेशसभाको सातौं अधिवेशन आउँदो जेठ ४ गतेका लागि आह्वान गरिएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार विज्ञप्ति जारी गरी जेठ ४ गते आइतबार दिउँसो २ बजेका लागि प्रदेशसभाको सातौं अधिवेशन आह्वान गर्नुभएको हो ।
झापासँग हार्यो बाँसबारी
बाँसबारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झापा एफसीसँग पराजित भएको छ । एन्फा मैदान सातदोवाटोमा बुधबार भएको खेलमा झापाले बाँसबारीलाई २–० गोलले हरायो ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेपाल स्टक एक्सेचन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव ३८ प्रतिशतको वृद्धि हो ।
लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ दाङको अध्यक्षमा खड्का
नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ दाङको अध्यक्षमा कृष्ण खड्का चयन हुनुभएको छ ।
रारा रनिङ गोल्डकपमा आठ टिम
धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा १२औँ संस्करणको रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
विरासत र इतिहासको हिसाबले हामी समृद्ध छौँ : कार्यकारी अध्यक्ष सुवेदी
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थान विरासत र इतिहासको हिसाबले समृद्ध रहेको बताउनुभएको छ ।
अर्जुनचौपारी फुटबल कपको तयारी
अर्जुनचौपारी गाउँपालिकामा प्रथम अर्जुनचौपारी फुटबल कप–२०८२ को तयारी गरिएको छ ।
सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा उच्च सतर्कता
पछिल्लो समय विकशित क्षेत्रिय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।
बास्केटबल लिग : हाउन्ड्सको लगातार दोस्रो जित
हाउन्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर कभर्डहलमा भएको खेलमा हाउन्ड्सले टाइम्स बास्केटबल क्लबलाई ८५–८१ ले हरायो ।
गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार गाजामा हमासले पक्रिएका तीन बन्धकको मृत्यु भएको र २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको बताउनुभएको छ ।
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
बाँकेमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
गोरखापत्रलाई समय सुहाउँदो बनाउन व्यवस्थापन सक्रिय छ : महाप्रबन्धक ऐरी
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले व्यवस्थापन गोरखापत्रलाई समय सुहाउँदो बनाउन सक्रिय रहेको बताउनुभएको छ। गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेश र संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महाप्रबन्धक ऐरीले यस्तो बताउनुभएको हो।
प्रदेश अस्पतालमा शल्यक्रिया सेवा बन्द
प्रदेश अस्पताल दमौलीमा प्रसूति सेवा प्रभावित भएको छ । सामान्य शल्यक्रियासमेत नहुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौँमा पुर्याउनु पर्ने बाध्यता भएको हाे ।