लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
‘‘इतिहास बनिसकेको राजतन्त्र फर्काउने नाममा प्रतिगामी तत्त्व सल्बलाउन थालेका छन्’’ शुक्रबार दिउँसो राष्ट्रिय जनमोर्चाले बागलुङ बजारमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै केसीले भन्नुभयो, ‘‘राष्ट्रमा समस्या आउँदा सबै संसदभित्र र बाहिर रहेका गणतन्त्रवादी शक्ति एकजुट हुनुको विकल्प छैन।’’
अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्दै मकवानपुर बहुमुखी क्याम्पस
मकवानुरको हेटौँडामा रहेको मकवानपुर बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ । यसअघि दुई पटक राष्ट्रिय शैक्षिक सम्मेलन गरिसकेको यस क्याम्पसले शनिबारदेखि अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलन आयोजना गर्ने भएको हो ।
भारतबाट फर्किंदै गरेका एक नेपालीको मृत्यु
भारतबाट नेपाल फर्किँदै गरेका एक नेपाली बस भित्रै मृत फेला परेका छन् । बाँकेको नेपालगन्ज नजिकै भारतको रुपैडिहामा गोर्खा घर भएका ४६ वर्षीय चेतबहादुर पन्त बसमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताउनुभयो ।
सप्तरीमा ७३ औँ कानुन दिवसमा सम्मान
नेपाल बार एसाेसिएसन राजविराज उच्च अदालत बार एसाेसिएसन एवं सप्तरी जिल्ला अदालत बार एसाेसिएसनले संयुक्त रूपमा ७३ औँ कानुन दिवसको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा काशीराज गंगादेवी सम्मान पुरस्कार कार्यक्रमको आयोजना गरेको छ।
सरकारले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सरकारले औपचारिकताका लागि मात्रै ल्याएको जस्तो देखिएको बताउनुभएको छ । यसले जनतामा निराशा पैदा गरेको उहाँले उल्लेख गर्नुभयो ।
घाँस काट्न गएकी एक महिलाको मृत्यु
बाजुरामा घाँस काट्न वनमा गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–७ सेरकाटियाकी अदाजी ५० वर्षीया काली जोशी हुनुहुन्छ ।
सहज रूपमा सूचना उपलब्ध गराउन निर्देशन
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सूचना मागकर्तालाई सही सूचना सहज रूपमा उपलब्ध गराउन सरकारी कार्यालयमा कार्यरत सूचना अधिकारीहरुलाई निर्देशन दिनु भएको छ।
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल
अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिँदै हुनुहुन्छ । आफूले सुहाउँदो र अनुकुल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताउनुभयो ।
गति लिँदै महाकाली सिँचाइ तेस्रो चरणले
राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिन थालेको छ । आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुआतदेखि नै पर्याप्त बजेट नहुँदा निर्माण कार्यले गति लिन सकेको थिएन ।
प्रदेश सरकारको प्राथमिकता पर्यटन प्रवर्धन : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएका स्थलको संरक्षण, प्रवर्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर सरकारले विशेष ध्यान दिएको बताउनुभएको छ।
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
डिपेन्डेन्ट भिसामा क्यानाडा लैजाने भन्दै ठगी गर्ने पक्राउ
डिपेन्डेन्ट भिसामा क्यानाडा लैजाने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका–८ घर भएकी २७ वर्षीया सुजिता अधिकारी रहेका छन् ।
धर्मनाथ धाम अनुष्ठानमा साढे नौ लाख भेटी सङ्कलन
लमजुङको नवनिर्मित धार्मिक स्थल धर्मनाथ धाममा सम्पन्न सप्ताहव्यापी प्राण प्रतिष्ठा अनुष्ठानमा करिब साढे नौ लाख रुपियाँ दान भेटी सङ्कलन भएको छ ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मुसिकोटमा ४७४ जनाको क्षयरोग स्क्रिनिङ
गुल्मीको मुसिकोट नगरपालिकामा ४७४ जनाको एआई प्रविधिबाट निःशुल्क क्षयरोग स्क्रिनिङ गरिएको छ ।
गहुँ खेती गर्ने क्षेत्रफल घट्यो, उत्पादन बढ्यो
बाँकेमा गत वर्षभन्दा यसवर्ष गहुँ खेती गर्ने क्षेत्रफल घटेको छ भने गहुँ उत्पादनमा भने वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठका अनुसार गत वर्ष जिल्लाका विभिन्न स्थानमा २१ हजार ५१५ हेक्टर क्षेत्रफल जग्गामा गहुँखेती गरिएको थियो ।
किसानलाई समयमै मलखाद उपलब्ध गराउन माग
प्रतिनिधिसभामा सांसदहरूले गएको वर्षायाममा बाढीपहिरोबाट भएको क्षतिको राहत आजसम्म प्राप्त नभएको, तराईका जिल्ला खाद्यान उत्पादनका हिसाबले महत्त्वपूर्ण भए पनि सिँचाइ र समयमै मलखाद उपलब्ध नभएका कारण किसानले समस्या झेलिरहनुपरेको बतानुभयो ।
आइपिएल अनिश्चित कालका लागि स्थगित
भारतीय प्रिमियर लिग (आइपिएल) नयाँदिल्ली र पाकिस्तानबिचको बढ्दो सीमा तनावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको भारतीय मिडियाले शुक्रबार रिपोर्ट गरेका छन् ।
अन्नपूर्ण आधार शिविरको सुन्दर पञ्चकुण्ड ताल
यो ताल समुन्द्री सतहबाट चार हजार १ सय मिटर उचाइमा रहेको छ । करिब २० हजार वर्गमिटरमा क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ ।
नेकपा एसका अध्यक्ष नेपाललाई वार्डमा सार्ने तयारी
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आउँदै गएको छ । उहाँको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार मुटुको एन्जिओप्लास्टी गरिएको थियो ।
रातो मच्छिन्द्रनाथको रथ
काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राको रूपमा रहेको प्रख्यात रातो मच्छिन्द्रनाथको रथ बिहीबार लगनखेलमा तीन पटक परिक्रमा गराइएको छ ।
प्रथम रुरुक्षेत्र शालिग्राम महोत्सव सुरु
प्रथम रुरुक्षेत्र शालिग्राम महोत्सव सुरु भएको छ । रुरुक्षेत्र धाममा आयोजित प्रथम रुरुक्षेत्र शालिग्राम महोत्सव २०८२ को आज (शुक्रबार) एक समारोहका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको हो ।
फस्टाउँदो चियाखेतीले पर्यटक आकर्षित
लमजुङको घलेगाउँ र भुजुङबाट सुरु गरिएको चियाखेती जिल्लाका अन्य क्षेत्रमा पनि फैलिन थालेको छ ।
नेपाली नागरिकको सुरक्षा व्यवस्था मिलाउन सभामुखको ध्यानाकर्षण
सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबिचको सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बसोवास गर्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्नसक्ने सम्भावित समस्याप्रति सचेत भई आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।