अर्थतन्त्रको तथ्याङ्कीय तस्बिर
केन्द्रीय तथ्याङ्क विभागले हालै नेपालको अर्थ मन्त्रालयको तथ्य तथ्याङ्क सार्वजनिक गरेको छ । जस अनुसार हाल नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । हाम्रा छिमेकी चीन र भारत तथा केही नवउदयमान अर्थतन्त्र भएका मुलुकको आर्थिक वृद्धिदरको तुलनामा यो वृद्धिदर सानो देखिए पनि विश्वव्यापी औषत वृद्धिदरमा यो ठिकै हो । केवल हामी उच्च आर्थिक वृद्धिदरको लक्ष्य राख्ने र सो प्राप्ति नभएपछि निराश हुने रोगले ग्रसित भएका मात्रै हौँ ।
कोरियाको विकास मोडेल
सन् १९१० देखि १९४५ सम्म जापानको उपनिवेश रहेको कोरिया उपनिवेशबाट मुक्त भए लगत्तै शीतयुद्धका कारण देश विभाजन भयो । त्यस विभाजनबाट दुई देश उत्तर र दक्षिण कोरिया जन्मिए । उपनिवेश, आक्रमण र लडाइँको चपेटाबाट उन्मुक्ति पाएपछि दक्षिण कोरियाली जनता विचलित नभई आफ्नो विशिष्ट संस्कृति र परम्परालाई कायम राख्दै आधुनिकीकरणतर्फ बढे । देश विभाजनको बेला त्यहाँका बहुसङ्ख्यक कृषकलाई एक छाक टार्न पनि कठिन थियो । त्यतिबेला त्यहाँको सरकारको निम्ति गरिबी निवारण र जनतालाई राहत दिनु नै ठुलो चुनौतीको विषय थियो । यही चुनौतीबिच सन् १९६२ देखि सुरु गरेको पाँच वर्षे आर्थिक विकास योजनाले सन् १९७० सम्म आइपुग्दा केही आर्थिक उन्नति हासिल गरे । तथापि कोरियाली ग्रामीण समुदायमा गरिबी व्याप्त थियो । तत्कालीन राष्ट्रपति पा
मौलिक पहिचान रक्षाको चिन्ता
नेपाल गाउँ नै गाउँले भरिएको र विविध सम्प्रदाय मिलेर बसोबास गरेको देश हो । गाउँका कृषि उत्पादन र घरेलु तथा साना उद्योग हाम्रो जीविकोपार्जनका आधार हुन् । यिनै आधारमा टेकेर हामी जति छिटो गाउँको विकास गर्छौं त्यति नै छिटो हामी आर्थिक र सामाजिक रूपले सवल र आत्मनिर्भर बन्न सक्छौँ । अहिले बोलीमा मात्र विकासले तीव्र्रता पाएको अवस्था छ । व्यवहार त त्यस्तो देखिँदैन । विश्वमै विकाससम्बन्धी धारणा फरक फरक ढङ्गले आइरहेका छन् । गाउँहरू एकदमै दुर्गममा छन् । एक घरदेखि अर्को घरसम्मको दुरी असाध्यै टाढा छ । ती ठाउँमा विकासका सबै पूर्वाधार पु¥याउन नसकिने हुँदा ती गाउँलाई एकै ठाउँमा
विद्यार्थीको मनोविज्ञान र शिक्षक
कक्षा ७ मा कक्षाकोठाभित्र बसेर वाक्य निर्माणका क्रियाकलाप गराइरहेकी थिएँ । विभिन्न किसिमका शब्द दिएर अर्थपूर्ण वाक्य निर्माणको क्रियाकलापमा विद्यार्थी दत्तचित्त भएर लागि परेका थिए । विद्यार्थी आफूले निर्माण गरेका वाक्य सुनाउने र देखाउने होडबाजी गर्दै थिए । पढाइमा त्यति सक्रिय नहुने प्रायः अन्तिम बेन्चको कुनामा बस्न मन पराउने एउटा बाबुलाई उठाएर आफ्नो कापी लिएर अगाडि आउन अनुरोध गरेँ । सेतोपाटीमा लेखिएका शब्दलाई उसले कसरी वाक्यमा प्रयोग गरेको होला ? मलाई जान्ने जिज्ञासा थियो । कापी मागेर उसले बनाएका वाक्य पढ्दै गएँ । एउटा वाक्यमा पुग्दा म टक्क रोकिएँ; उसका आँखामा हेरेँ
चट्याङको त्रासदीमा पूर्वी नेपाल
मनसुनपूर्वको अवस्थामा ठुलो स्वरमा आकाश गर्जनु र चट्याङ पर्नु मौसम विज्ञानमा सामान्य विषय हुन् तर मनसुन भित्रिसकेको अवस्थामा ठुलो आवाजसहित चट्याङ पर्नुलाई भने सामान्य मानिँदैन । गत वर्ष काठमाडौँसहित मध्य नेपालका विभिन्न भेगमा प्रिमनसुनमा लगातार चट्याङ परेको थियो । यो वर्ष भने मनसुन भित्रिसके पनि पूर्वी नेपालमा अस्वाभाविक रूपमा चट्याङ परिरहेको छ । नेपालमा मनसुन प्रवेश गरेको १० दिन बित्यो । अझै देशव्यापी रूपमा फैलिइसकेको छैन । पूर्वबाट पश्चिम सर्न लागेको मनसुनी वायु दुई दिनअधि पूर्वमै रोकियो । परिणाम स्वरूप मङ्गलबार र बुधबार पूर्वी नेपालमा जनजीवन त्रसित बनाउने गरी चट्याङ परेको जल तथा मौसम विज्ञान विभागको झापा चन्द्रगढीस्थित फिल्ड कार्यालयका प्रतिनिधि सुमन भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “आजभोलि दिन हो कि रात हो, छुट्याउनै नसक्ने गरी झिलिमिली उज्यालो हुन्छ, अनि ठुलो गोलाबारुद धर्तीमा खसे जस्तो गरी चट्याङ बज्रिन थालेको छ ।” उहाँका अनुसार रातको समयमा आवाज र उज्यालो यति डरलाग्दो गरी आउँदा अधिकांश मानिस अबेरसम्म निदाउनै सकिरहेका छैनन् । घरभित्रै पसे जस्तो लगातारको मिलिक मिलिक उज्यालो र डरलाग्दो तर्साउने आवाज आउँदा आमनागरिक भयभित बन्न पुगेका छन् । यस्तै खालको मेघगर्जनसहितको चट्याङ गत वर्ष पनि एक दिन देखिएको भट्टराईले बताउनुभयो ।
पर्यटकीय गन्तव्य जितगढी किल्ला
तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासिक जितगढी किल्लाको मुहार फेरिएको छ । वीरताको प्रतीकका रूपमा रूपन्देहीको जितगढी किल्ला परिचित छ । नयाँ स्वरूपमा यसको विकास भइरहेको छ । इस्ट इन्डिया कम्पनीसँग विसं १८७१ देखि १८७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरेका थिए । कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अङ्ग्रेज फौजमाथि विजय हासिल गरी अङ्ग्रेज फौजलाई फिर्ता पठाएको इतिहाससँग जोडिएको यो किल्ला हेर्नलायक बनेको छ । बुटवल वडा नं. १ मा रहेको यो स्थल आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो गन्तव्य बन्दै छ ।
पनौतीको हिले जात्रा
एक हजार चार सय २० वर्षदेखि मनाइँदै आइएको हिले जात्रा विशेषरुपमा शनिबार परम्परा अनुसार दिनभर बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा यौनिकता दर्शाउन दुई रथलाई एक आपसमा जुधाइ जात्रा सम्पन गरिएको छ ।
कप्तान रोहित, दीपेन्द्र र सन्दीपले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने भएका छन्।
कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको छः उपाध्यक्ष सापकोटा
पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कोशी प्रदेश सभाबाट बजेट पारित
कोशी प्रदेश सभाबाट आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले प्रस्तुत गरेको बजेट पारित भएको छ । शनिबार बसेको प्रदेश सभा बैठकको बहुमतले बजेट पारित गरेको हो ।
एक दिनमा १० जनाले मात्रै पाउँछन् ‘एक्स–रे’ सेवा
रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रपुर सरकारी अस्पतालमा एक दिनमा बढीमा १० जनाले मात्रै पाउँछन् ‘एक्स–रे’ सेवा ।
सेनाको गोली प्रहारबाट तितुङको मृत्यु : घटनाको छानबिन गर्न माग
हेटौँडा उपमहानगरपालिका वडा नं. १४ मा नेपाली सेनाको गोली प्रहारबाट मृत्यु भएको घटनाको छानबिन र दोषीमाथि कारबाही गर्न माग गरिएको छ ।
दिल्लीमा पानीको अभाव
गर्मीको समयमा सहर लगातार तातो हुँदै जाँदा शनिबार राजधानी दिल्लीका केही भागमा ट्याङ्करबाट पानी ल्याउन मानिसहरूको लामो लाइन देखिएको थियो ।
म्याग्दीमा डेढ करोड लगानीमा पर्यटन पूर्वाधार निर्माण
म्याग्दीमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले डेढ करोड रुपियाँभन्दा बढी लगानीमा पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण गरेको छ ।
कारागारबाट सुरुङ खनेर फरार भारतीय नागरिक १४ वर्षपछि पक्राउ
सुरुङ खनेर कपिलवस्तु कारागारबाट फरार भारतीय नागरिक १४ वर्षपछि पक्राउ परेका छन् । भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर चिल्हिया घर भएका स्कुलमिया अन्सारी भनिने मोहम्मद स्कुल पक्राउ परेका हुन् । कारागारबाट २०६६ साल माघ २ गते स्कुलसहित आठ जना सुरुङ खनेर फरार भएका थिए ।
मुन्द्रा चढाउने डाँडामा पाहुना घर
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडामा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।
नाग्म-गमगडी सडक स्तरोन्नति गरिँदै
आन्तरिक तथा बाह्य पर्यटनको एक मात्र उपयुक्त आकर्षण पर्यटकीय गन्तव्यका रूपमा रहेको रारातालसम्म पुग्ने नाग्म-गममडी सडक स्तरोन्नति गर्न उक्त खण्ड १५ दिनसम्म बन्द हुने भएको छ ।
महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ ।
भूकम्पको नौ वर्षपछि असनको ‘इटाचापा’ पुनर्निर्माण
वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका-२७ असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनर्निर्माण सुरु भएको छ ।
अरुण नदीको बहाव बढ्दा...
संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बहने अरुण नदीमा जलसतह बढ्नाले सवारी साधन वारपार गर्न चलाइँदै आएको फेरी बन्द भएपछि सतिघाटको झोलुङ्गे पुलबाट सामान ओसार्दै स्थानीय मजदुर ।
दोस्रो नेशनल बैङ्किङ डिस्कोर्स आयोजना हुने
पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत दोस्रो नेशनल बैङ्किङ डिस्कोर्स २०२४ मा वक्ताका रूपमा सहभागी हुनुहुने भएको छ ।
भविष्यका सहरी चुनौती सामना गर्ने नीति र संयन्त्र बनाउनुपर्छ : प्रमुख शाह
स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति वहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘‘ठूला सहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्छ । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक फरक ठाउँका सहरहरुको समस्या फरक हुन सक्छन् । यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् । बैठकमा यसका नीतिगत पक्षमा छलफल भयो ।’’
हाम्रो एक मात्र लक्ष्य मिसन २०८४ हो : महिला मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताउनुभएको छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत रहनुभएको मन्त्री चौधरीले एमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो ।
नसना [कथा]
नसना मेरी बहिनीकी सखी । उनीहरूबिच कुनै पनि कुरा गोप्य रहँदैनथ्यो । आत्मीय साथी भएका कारण सुख र दुःख साझा थियो । नसना अलिक दुब्ली, पातली थिइन् । गोरो वर्णकी नसना हिस्सी परेकी थिइन् । बहिनीसँग प्रायः घरमा आइरहन्थिन् उनी । मसँग पनि बोल्थिन् । उनले मलाई भेट्दा गर्ने प्रश्न सधैँ एउटै थियो, “सन्चै हुनुहुन्छ ?” म भने प्रायः टाउको मात्र हल्लाउँथेँ । कहिलेकाहीँ मात्र “ठिक छु” भन्ने उत्तर दिन्थेँ । लामो र गहिरो संवाद भने उनीसँग कहिल्यै भएन मेरो । उनी भने मसँग कुरा गर्ने बहाना झिकिरहन्थिन् ।