• १३ पुस २०८१, शनिबार

विस्तारित बैठक पुस १९, २० र २१ गते बस्ने

रास्वपाको केन्द्रीय अनुशासन आयोग र संगठन विभागमा पाँच सदस्य मनोनीत

blog

रास्वपाको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठक ।

काठमाडौँ, पुस १२ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय अनुशासन आयोगमा दुई र सङ्गठन विभागमा तीनजना सदस्य मनोनीत गरेको छ।

रास्वपाको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्नुहुँदै कार्यवहाक प्रवक्ता मनिष झाले अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र अधिवक्ता हरिचन्द्र भट्टराई मनोनीत गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

यस्तै, केन्द्रीय सङ्गठन विभागमा धर्म केसी, गोपाल घिमिरे र डा. विमल तिवारी मनोनीत गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो।

उहाँले बैठकमा विशेष गरी समसामयिक राजनीतिका सन्दर्भमा छलफल भएको भन्नुहुँदै केन्द्रीय समितिको विस्तारित बैठक आगामी पुस १९, २० र २१ गते बस्ने निर्णय गरेको जानकारी दिनुभयो।