नयाँ पुस्ताको सशक्तीकरण
संयुक्त राष्ट्रसङ्घले सन् २००७ मा हरेक वर्षको १५ सेप्टेम्बरलाई लोकतन्त्रसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेयता बर्षेनि लोकतन्त्रसँग सम्बन्धित महत्वपूर्ण एवं ठोस मुद्दामा केन्द्रित गरेर बहस र संवाद चलाइँदै आएको छ । संयुक्त राष्ट्रसङ्घले ‘आउँदो पुस्ताको सशक्तीकरण’ लाई यस वर्षको लोकतन्त्रसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको मूल नाराका रूपमा प्रस्तुत गरेको छ । अन्तर्राष्ट्रिय दिवसका रूपमा १५ सेप्टेम्बर त्यति धेरै चर्चित नरहेको भए पनि संयुक्त राष्ट्र
जलवायु परिवर्तन सङ्घीयता र मिडिया
विश्वभर जलवायु परिवर्तनको असरबारे चासो र चिन्ता छ । प्राकृतिक जोखिम दिनप्रतिदिन बढ्दै गएको र मानवीय जीवनका लागि आवश्यक जलस्रोत, वातावरण, उत्पादन जस्ता क्षेत्रमा देखिएको प्रभावले चिन्ता थपिँदै गएको छ । हिमालै हिमालको देश नेपालमा हिउँको मात्रा घट्दै जानु, हिमनदीहरू फुट्ने जोखिम बढ्नु, लामो समयसम्म खडेरी परेर कृषिजन्य वस्तुको उत्पादनमा कमी आउनु, पानीका मुहानहरू सुक्दै जानु अनि क्षणभरमै बाढी र डुबानले जनधनको क्षति हुनुलाई जलवायु परिवर्तनको असर मानिन्छ । यसका निम्ति विकसित देशले प्रभावकारी कार्यक्रम र योजना अघि सारेका छन् ।
शिक्षा : विगत, वर्तमान र भविष्य
नेपालमा हिजो, आज र भोलिको शिक्षाको कुरा गर्दा प्राचीनकालमा गुरुकुल शिक्षा प्राणाली प्रचलित थियो, जसको उद्देश्य बालबालिकामा शारीरिक, मासिक र सामाजिक गुणको विकास गराउनु हुन्थ्यो । घरको ऐस आरामबाट मुक्त भएर गुरुको सान्निध्यमा साधारण जीवनयापनसहित ज्ञान आर्जन गरिन्थ्यो । मध्यकालमा आएर आध्यात्मिक तथा जीवनपयोगी सिपका अतिरिक्त तन्त्रशास्त्र सामावेश गर्न थालियो । त्यो बेलाको शिक्षामा मान्यजनलाई कसरी सम्मान र सम्बोधन गर्ने, आफूमा नैतिक विकास कसरी गर्ने, व्यवहार कसरी चलाउने, बाबु आमा तथा गुरुको सेवा, पाउनालाई घरको देवता सम्झेर स्वागत र विश्वका मानिस एक हुन्, सबैलाई मायाँ गर्नु
सुशासन, पारदर्शिता र तीनमहिने अभियान
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले सुशासन, वित्तीय अनुशासन र पारदर्शितामा गम्भीर भएर राज्यका सबै अङ्गले जनताको विश्वास आर्जन गर्ने गरी काम गर्नुपर्ने पटक–पटक बताउँदै आएको छ । प्रधानमन्त्रीले यो वर्ष सुशासन र पारदर्शिताका दृष्टिले महìवपूर्ण वर्ष बनाउन आग्रह गर्दै सोका लागि सरकारले खेल्नुपर्ने भूमिकाप्रति आफू संवेदनशील रहेको समेत सार्वजनिक अभिव्यक्ति दिइरहनु भएको छ । यसैको परिणामस्वरूप सरकारले भ्रष्टाचारका फाइल एकपछि अर्को गर्दै धमाधाम खोल्दै अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चेक
अबको पालो आर्थिक कूटनीति
मुलुकको अर्थतन्त्र चलायमान बनाउने आधार रेमिट्यान्स बनेको छ तर रेमिट्यान्स भित्र्याउने ७४ प्रतिशत जनशक्ति अर्धदक्ष रहेको तथ्याङ्क छ । रोजगारीको खोजीमा विदेशी बजार पुग्ने हाम्रो जनशक्तिलाई दक्ष बनाएर पठायौँ भने रेमिट्यान्स आगमनमा कति बढोत्तरी होला ? यसको कुनै अनुुसन्धान त भएको छैन तर यसबाट राम्रो परिणाम आउने चाहिँ निश्चित छ । यो सँगसँगै रोजगार गन्तव्य क्षेत्रको विस्तार अर्काे महìवपूर्ण कार्य हो । देशको पछिल्लो तथ्याङ्क केलाउँदा कुल गार्हस्थ उत्पादनको ०.३ प्रतिशत मात्रै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आएको छ । हामीले वैदेशिक लगानीका लागि गरेका प्रयास त्यति प्रभावकारी हुन नसकिरहेको अवस्था विद्यमान छ । देशमा लगानी सम्भावनाका तुलनामा प्रत्यक्ष वैदेशिक लगानीको मात्रा अति न्यून छ । यहाँ लगानी गरिरहे
लोकतन्त्रमा अदालत
संसारका लोकतान्त्रिक मुलुकमा लोकतन्त्र र अदालतको अन्योन्याश्रित सम्बन्ध हुन्छ । अहिले नेपाल पनि लोकतान्त्रिक मुलुक भएकाले लोकतन्त्र र अदालतको सम्बन्ध नङ र मासु झैँ हुने नै भयो । यी दुवैको यस्तो घनिष्ठ र महìवपूर्ण सम्बन्ध हुन्छ कि एकबिना अर्को बाँच्नै सक्दैनन् । मन्टेस्क्युले प्रतिपादन गरेको शक्तिपृथकीकरणको सिद्धान्त अनुसार सरकारका तीन अङ्गमध्ये व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको आआफ्नै स्थानमा महìव रहेको हुन्छ । यी तीनै अङ्गले आआाफ्नो ठाउँमा स्वतन्त्र रूपमा काम गर्नु पर्छ भन्ने विश्वव्यापी मान्नता छ ।
यातायात कार्यालय सुधारका पक्ष
मुलुकको सरकारी संयन्त्रमा सेवाग्राहीको अत्यधिक चाप हुने कार्यालयमा यातायात व्यवस्था कार्यालय पनि एक हो । खास गरी सवारीचालक अनुमतिपत्र वितरण गर्ने कार्यालयको रूपमा भएर होला यहाँ अधिकांश नागरिक ठोक्किन पुग्छन् । नेपालको संविधानबमोजिम प्रदेश सरकारको मातहत सञ्चालन हुने यातायात व्यवस्था कार्यालयमा अनलाइन दर्ता प्रणाली लागु गरिएपश्चात् एउटै कामका लागि सेवाग्राही धेरै पटक कार्यालय धाइरहनुपर्ने समस्यामा कमी आएको छ । यद्यपि तोकिएको
वायु प्रदूषण मापनमा सस्तो विधि
नेपालमा मनसुन सकिएसँगै बिस्तारै वायुमा प्रदूषणको मात्रा बढ्दै जान्छ र वायु प्रदूषणको समस्याले आमनागरिक प्रभावित हुने गरेका छन् । नेपालमा विशेष गरेर काठमाडौँ उपत्यका र तराईका सहरमा सुक्खा याममा वायु प्रदूषणको समस्या विकराल बन्ने गरेको छ । हावामा विभिन्न ग्यास तथा कण प्राकृतिक रूपमा नै रहन्छन् तर मानव सृजित स्रोतको कारणले यस्ता तत्वको अधिक वृद्धि हुँदा वायु प्रदूषित हुने गर्छ । नेपालको सहरी क्षेत्रको सन्दर्भमा यातायातका साधन, उद्योग कलकारखाना, खुला रूपमा जलाइने फोहोर, सडक छेउ थप्रिएको धुलो तथा टाढा स्थानबाट हावासँगै बहँदै आउने धुलोको क
राजनीतिमा रूपान्तरण
“यदि अन्याय नभएको भए मानिसले न्याय थाहा पाउने थिएनन्। अन्यायमा परेकालाई सहयोगको हात नपुग्नु न्याय दिन इन्कार गर्नु हो। यो मानवताको साझा अधिकार पनि हो। धन्य तिनीहरू हुन्; जसले न्याय कायम राख्छन्; जसले सधैँ सही कुरा गर्छन्।” उपरोक्त पङ्क्ति न्याय क्षेत्रमा बारम्बार उद्धृत गरिने भनाइ हो। उक्त भनाइ र नेपाली समाज अनि नेपाली अदालतका बिचमा कति तादात्म्यता राख्छ, विचारणीय पक्ष हो। यति बेला अदालत चर्चामा छ। दुई वर्षअघि संसद्मा बहुमत देखाएको उम्मेदवारलाई प्रधानमन्त्री नियुक्त गर्नू भन्ने आदेश दिएका बखत अदालत चर्चामा थियो। त्यो कार्यकालभरि परमादेशी सरकार भन्ने भाष्यले सञ्चार जगत् रङ्गिए। फेरि एक पटक नामकरणमा चर्चा र विवादमा आएको कोशी प्रदेशमा अल्पमतको सरकार गठन गर्न पर
शिक्षा दिवस कसरी मनाउने ?
शिक्षा दिवस किन मनाउने ? दिवस मनाउने हो भने अझ सनातनी प्रकृतिको शिक्षा दिवस किन मनाउने ? कि समयसापेक्ष अनुसार मनाउने भन्ने अहम् प्रश्न हाम्रासामु छन्। शिक्षा मन्त्रालयले कर्मकाण्डी रूपमा मात्रै दिवसहरू मनाउने गर्दछ, किन ? जब जब यस्ता दिवसको समन्वय गर्ने दिन नजिक आउँछन्, मन्त्रालयले यस्ता थुप्रै प्रश्नको सामना गर्नु पर्छ। २०७७ र सोपछि २०७९ सम्म कोभिडलगायत अन्य कारणबाट शिक्षा दिवस नमनाइएको हुनाले यस अवधिमा भने यस्ता प्रश्न मन्त्रालयले सायद सुन्नु परेन। यस अवधिमा शिक्षा दिवस किन नमनाइएको हो ? अब कहिले
प्रधानमन्त्रीको चीन भ्रमण
निकट दिनमै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने अमेरिका र चीन भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्री प्रचण्ड आगामी भदौ ३० गते संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुनका लागि अमेरिका जाने कार्यक्रम रहेको छ। तत्पश्चात् उहाँ लगत्तै छिमेकी मित्र देश जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने कार्यक्रम तय भएको छ। उल्लिखित दुवै विदेश भ्रमणका कार्यक्रम नेपालको सन्दर्भमा सर्वाधिक महत्वपूर्ण छन्। केही वर्षअगाडि आन्तरिक द्वन्द्वबाट गुज्रेको नेपालले अहिले शान्तिपूर्ण मार्गमा रूपान्तरित भई लोकतान्त्रिक गणतन्त्रसहितको सङ्घात्मक राजनीतिक व्यवस्थाको अभ्यास गरिरहेको छ। द्वन्द्वपीडित, बेपत्ता नागरिक छानबिन र सत्य
ऊर्जाबाटै समृद्धि
हाम्रो देशमा हिउँले ढाकिएका हिमालय पर्वत शृङ्खला र त्यहाँ भएका थुप्रै हिमनदी र हिमतालमा लगभग ४८१ घन किलोमिटर पानी हिउँका रूपमा रहेको छ। नेपालभित्र बहने करिब छ हजारभन्दा बढी नदीनाला–खोलाखोल्सा समेटी चीनदेखि नेपाल पार गर्दै महाकाली, कर्णाली, नारायणी र कोशी नदी गङ्गा नदीमा मिसिन्छन्। यी नदीको कुल जलाधार क्षेत्र एक लाख ९४ हजार ४७१ वर्ग किमीमध्येको ७६ प्रतिशत जलाधार नेपालभित्र पर्दछ। देशको औसत वर्षा प्रतिवर्ष एक हजार ५३० मिलिमिटर भए पनि नदीहरूको ८० प्रतिशत वार्षिक बहाव जेठदेखि भदौसम्म चार महिनामा र बाँकी २० प्रतिशत अन्य आठ महिनामा हुने हुनाले नदीको बहाव निकै उत्तारचढावपूर्ण छ। हिउँदका सुक्खा दिनहरूमा नदीहरूमा कुल बहाव न्यूनतम नौ सयदेखि एक हजार घनमिटर प्रतिसेकेन्ड देखिन्छ भने बर्सातको कुल उच्चतम बहाव ठुला नदी (कोशी, नारायणी र कर्णाली) मा २५ हजार घनमिटर प्रतिसेकेन्डभन्दा बढी हुन्छ। देशको वार्षिक औसत
बिपी र प्रजातान्त्रिक समाजवाद
नेपाली राजनीतिका शिखर पुरुष बिपी कोइराला यो धर्तीमा पदापर्ण भएको १०९ वर्ष पूरा भएको छ । नेपाली कांग्रेसले बिपीलाई बिस्र्यो भनेर भन्ने र लेख्नेहरूलाई जवाफ दिँदै यस पटक कांग्रेसले तीन दिनसम्म बिपी साहित्य महोत्सव गरेर मनाइरहेको छ । तीन वटा प्रमुख विषय बिपीका साहित्य सिर्जना, प्रजातान्त्रिक समाजवाद र शिक्षासम्बन्धी परिकल्पनामा तीन प्रमुख वक्ताले प्रवचन दिने क्रम चलिरहेको छ भने यिनै सेरोफोरोमा विभिन्न विषयवस्तुमा तीन दिनका अरू थप १२ कार्यक्रम पनि भइरहेकै छ । कांग्रेसले कुनै कार्यक्रम गरे वा नगरे पनि, लोकतान्त्रिक समाजवादको आदर्शलाई नारा बनाए पनि कांग्रेसमाथि लाग्दै आएको एउटा आरोप हो – कांग्रेस बिपी कोइरालाको पथमा छैन । मूलतः कांग्रेसले प्रजातान्त्रिक समाजवादलाई त्यागेको छ । यो आरोप लगाउनेहरू
निर्यात बढाउन अपनाउनुपर्ने नीति
निर्यात बढ्ने र आयात घट्ने क्रम नरोकिँदा २०७९/८० मा केन्द्रीय बैङ्कले थप ४७ वस्तुका आयातमा कडाइ गरेको थियो । केन्द्रीय बैङ्ले २०७८ माघ अन्तिम सातामा एक परिपत्र जारी गरी कुल ४७ वटा एचएस कोडबाट आयात हुने वस्तुका आयातमा कडाइ गरेको थियो । प्रतीक पत्र (एलसी) खोल्दा छ वटा वस्तुका ५० प्रतिशत र ४१ वस्तुका शत प्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो र पछि २०७९/८० अन्तसम्म यस्तो सबै हट्यो । सरकारी र निजी क्षेत्रमामा निकासीलाई यथेष्ट ध्यान नदिँदासमेत व्यापार प्रभावित भएका छन् । सरकारी निकायबाट र निजी क्षेत्रबाट निकासी नीति घोषणा गरिए पनि राष्ट्रिय व्यापार नीति कल्पना गरिएभन्दा समन्वय, एकीकृत र स्थायी गरिएका छैनन् । विनिमय दर, आर्थिक प्रावधान, भन्सार शुल्क छुट र अरू प्रोत्साहनहरू दिने काम कम भएका छैनन् । नेपालमा धेरै जसो
समाजवादको आयाममा बिपी
संविधान सभाबाट निर्मित नेपालको संविधान (२०७२) ले समाजवादउन्मुख आर्थिक प्रणालीको गन्तव्य तय गरेको छ । सिद्धान्त, कानुन र व्यवहार एकआपसमा मेल खाँदा नै समाजको सर्वोपरि भलो हुन्छ, हुने हो । आज देशको अर्थतन्त्र नाजुक अवस्थामा गुज्रिरहेको छ । गत आर्थिक वर्षको वृद्धिदर दुई प्रतिशतमा सीमित भयो भने महँगी भने सातआठ प्रतिशतले बढ्यो । यसले नागरिकको दैनिक जीवन महँगीको चपेटामा परेको छ । आयस्रोत सीमित हुँदै छ । सरकारी राजस्वसमेत लक्ष्य अनुसार उठ्न नसकेको मात्र होइन, विगत आधा शताब्दीमा न्यून दर र ऋणात्मक भएको छ । यो अवस्थामा हाम्रो अर्थ व्यवस्थाको आधारशिला
ट्राफिक प्रहरीको कद उँचो पार्ने विधि
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको फेसबुक स्टाटसको चर्चाले नेपाली समाज अझै सेलाएको छैन । सामाजिक सञ्जालमा भाइरल बनेको उहाँको अभिव्यक्तिप्रति सडकको चिया पसलदेखि संसद्का सभाकक्षसमेतमा प्रतिव्रिmया व्यक्त भइरहेका छन् । देश विदेशमा तरङ्ग उत्पन्न गराउने त्यो अभिव्यक्ति ठिक वा बेठिक, आवेश वा दम्भ, अथवा वेदना वा प्रतिशोध जे भए पनि यसको कारक ट्राफिक प्रहरी बनेको छ । राजधानी सहरको महानगर प्रमुखको सुत्केरी पत्नी अस्पतालमा रहेको नवजात शिशुलाई स्तनपान गरेर फर्कंदै गरेको बेला प्रहरीले रोकेर अनाहक दुःख दिन खोजेको महानगर प्रमुख बालेनको सचिवालयको दाबी छ । यो घटनामा ट्राफिक प्रहरीलाई नै दोषी देख्नेहरूको कमी छैन । लोक
बिपी चिन्तनको जीवनधारा
विश्वेश्वरप्रसाद कोइराला (बिपी) नेपालको राजनीतिक, सामाजिक र साहित्यिक इतिहासका आधुनिक चिन्तक हुन्। उनी नेपालको प्रजातान्त्रिक राजनीतिका सङ्घर्षशील नेता र आधुनिक नेपाली आख्यानका कुशल स्रष्टा मात्र होइनन्, मूलतः उनी प्रखर चिन्तक हुन्। उनले गरेको राजनीतिक तप र साहित्य साधना चिन्तनकै प्रायोगिक रूप हुन्। बिपी पनि मानिस नै थिए, नेपाली मानिस तर उनको क्षमता सामान्य व्यक्तिको भन्दा उच्च र असामान्य थियो। उनको चिन्तन राष्ट्रियता र बौद्धिकताले पूर्ण थियो। मानवीय मूल्य र मान्यताले निर्देशित थियो। त्यसैले बिपी चिन्तन र सिर्जनाको खोज र विश्लेषण गर्दा सबल पक्ष सधैँ प्रकाशमान देखिन्छ भने अभाव पक्ष छायामा पर्छ।
बिपीको सुपर्दगीविरुद्धको फैसला
भारतीय स्वतन्त्रता आन्दोलनमा बिपी कोइरालाको ठुलो योगदान छ। भारतीय स्वतन्त्रता आन्दोलन ताका उनी पटक–पटक पक्राउ परेका थिए। एक पटक दरभङ्गा जिल्लामा जुटमिलका मजदुरलाई सङ्गठित गर्ने क्रममा पक्राउ परी केही महिना जेलमा राखियो र पछि छोडियो। दोस्रो पटक पटनामा पक्राउ परी केही महिनापछि छोडियो। तेस्रो पटक सन् १९४२ को सुरुमा पुनः पटनामा महात्मा गान्धीसँगै पक्राउ परी केही महिना हिरासतमा राखियो। एक पटक पटना आउँदा आउँदै बिपीलाई सन् १९४२ को अन्तिमतिर पक्राउ परी पटना जेलमा डा. राजेन्द्र प्रसाद, अनुग्रह नारायण सिंह जस्ता नेतासँगै राखियो। केही महिनापछि हजारीबाग जेलमा सारियो। बिपी हजारीबाग जेलमै हुँदा नेपालका राणा शासकले उनलाई सुपु
एकीकृत निर्वाचन कानुनको सार
निर्वाचन आयोगको २०८० असार १८ गतेको बैठकले निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन साबिकको निर्वाचनसम्बन्धी कानुनमा परिमार्जन गरी निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपाल सरकार, गृह मन्त्रालयमार्फत संसद्मा पेस गर्ने निर्णय गरेको थियो। प्रस्तावित विधेयकमा सम्मानित सर्वोच्च अदालतबाट भएका निर्देशनात्मक आदेश तथा अन्तर्राष्ट्रिय अभ्यास, विगतका अनुभव तथा सरोकारवालाहरूको पृष्ठपोषणसमेतका आधारमा साबिकको निर्वाचन कानुनमा परिमार्जन गरिएको छ। नेपाल सरकार, मन्त्रीपरिषद्को २०७८ पुस १४ गतेको निर्णयबाट सैद्धान्तिक सहमति प्राप्त भई तयार गरिएको विधेयक तर्जुमा गर्ने क्रममा आयोगले सरोकारवालासँग सात वटै प्रदेश तथा केन्द्रमा छलफल एवं अन्तर्क्रिया गरी सुझाव सङ्कलन गरेको थियो। आयोगले विभिन्न चरणमा निर्वाचन कानुनका विज्ञ तथा सरोकारवालाको सुझावसमेतका आधारमा म
पर्यटन : आर्थिक विकासको मेरुदण्ड
पर्यटनको इतिहास धेरै पुरानो रहेको देखिन्छ। सम्राट् अशोक लुम्बिनी आएको र बौद्ध क्षेत्रको दर्शन गरी स्तम्भ राखेको प्रामाणिक इतिहास छ। हिरोडट्सले इजिप्ट, प्यालेस्टाइन, दक्षिणी रसिया, उत्तरी अफ्रिकाको यात्रा गरेका थिए भनिन्छ। प्राचीन रोमनहरू बिदामा विदेश घुम्ने गर्दथे। बेलायती पर्यटन व्यवसायी थोमस कुकले सामूहिक पर्यटनको सुरुवात गरेका थिए। हुएन साङले उत्तरी नेपालको भ्रमण गरेका थिए। नेपालको एकीकरणपछि पनि राजनीतिक सम्बन्धका लागि विदेशीहरूले नेपालको भ्रमण गर्ने गरेको पाइन्छ। कर्कप्याट्रिक, ह्यामिल्टन, हड्सन जस्ता व्यक्तिहरूले नेपाल भ्रमण गरी सामाजिक, सांस्कृतिक पक्षह
केवरत जातिमा भाषाप्रेम
मोरङ जिल्ला अन्तर्गत पर्ने सुनवर्षी नगरपालिकाका वडा नम्बर ४, ५, ६, ७ र ९ तथा रतुवामाई नगरपालिका–२ मा केवरत जातिको बसोबास छ । २०७८ सालको जनगणनाले यिनीहरूको जनसङ्ख्या ८,८०९ र मातृभाषा केवरतको वक्ता सङ्ख्या ३,
मन जित्यो नेपालले
नेपाल विश्व क्रिकेटको ठुलो टिम बन्ने सम्भावना भएको राष्ट्र हो । नेपाली टिममा प्रतिभाको भण्डार छ । समर्थकको अपार साथ छ, जसले नेपाललाई धेरै परसम्म पु-याउने छ – वासिम अक्रम पाकिस्तानका महान् अलराउन्डर । धेरै समयपछि
झिल्टुङकोत नियाल्दा
कुनै बेला सारा गाउँलेको न्यायनिसाफ छिनोफानो हुने थलो हो – झिल्टुङ थुम्को । अचेल यहाँ बडादसैँ, गाईजात्रा र लाखेजात्रामा मात्र भिडभाड हुन्छ, रौनकता छाउँछ । २०७८ साल वैशाखमा झिल्टुङ कोतघरको पूर्वाधार निर्माण गर्न जग खन्ने व्रmममा केही पुराना सामग्री कोतघरको जगमा फेला परेको थियो ।
सामयिक नैतिकताको पुनरुत्पादन
लोकतन्त्र र गणतन्त्रलाई नैतिकता नभएको चिज भनेर जसरी आज बदनाम र अस्वीकृत गरिँदै छ; लोकतन्त्रले प्रार्थना, विनयशीलता र कृतज्ञता गुमाउँदै गएको देखिन्छ । यस्तो समाज अराजक र अनुशासनहीन बन्दै जान्छ, गएको छ । नैतिकतालाई आचरणका रूपमा विकास गरेर लैजाने समाज समुन्नत हुन्छ । नैतिकतामा एकरूपता नहुनु वर्तमान समयको मूल समस्या हो, अन्तर्विरोध हो । नयाँ सन्दर्भमा नैतिकताको पुनव्र्याख्या आवश्यक छ । नैतिकता सामाजिक मूल्यको सिद्धान्त हो, नैतिकता र आचरण हो, जीवन पद्धति हो । नैतिकतालाई आ–आफ्नो अनुकूलतामा परिभाषित गरिन्छ, त्यसैले नैतिकता स्खलनको आरोप नखेप्ने मान्छे कमै छन् । इमानदार हुनु भनेको कमजोर बन्नु झैँ भएको छ । भुल्न नहुने कुरा, जुनसुकै मानक बन्न र भत्कन लामो समय लाग्छ । कुनै पनि मानक बन्ने व्रmममा त्यहाँ लामो समय अभ्यास भएको धर्म, परम्परा, संस्कृति, विज्ञान र कानुनको प्रत्यक्ष–अप्रत्यक्ष निगरानी र साझेदारी रहेको हुन्छ । सामाजिक मूल्यको स्थापनार्थ सामाजिक, धार्मिक र राजनीतिकलगायत अन्य क्षेत्रका अगुवाको देन महìवपूर्ण हुन्छ । समाजको आफ्नो छुट्टै मानक, नैतिकता, सामाजिक समझ र व्यवहार हुन्छ । सामाजिक व्यवहारको आलोकमा नैतिकता निःसृत हुन्छ । नैतिकता सामयिक पनि हुन्छ । विगतमा नैतिक लाग्ने विषय आज अनैतिक र अवैधानिक बनेका हुन्छन्, त्यसैले सामयिक नैतिकताको पुनरुत्पादन हुनु जरुरी छ । नैतिकताको पुनर्निर्माण प्रव्रिmयाको पनि थालनी आवश्यक छ । सामाजिक भौतिक मूल्य र नैतिक मूल्य एकै होइनन् ।नैतिकता त्यस्तो चिज, व्यवहार र आदर्श हो; जसले भौतिक मूल्यलाई कहिल्यै प्राथमिकीकरण गर्दैन । नैतिक मूल्य र उचाइ अङ्कगणितीय जोड घटाउमा भेटिन्न । कतै गणितमा नैतिकता भेटियो भने अच्युत रहँदैन । आजकल नैतिकताको पनि व्यापार भएको पाइन्छ । नैतिक देखिनेहरू पनि बिकेका र चुकेका पाइन्छन् । लोभ र मोहमा फसेका देखिन्छन् । सार्वभौम नैतिकताले बाटो बिराएको देखिन्छ, अतः नैतिकताको पनि पुनरवलोकन, पुनव्र्याख्या र पुनर्पुष्टि जरुरी देखिएको छ ।कुनै पनि कुराको औचित्य त्यति बेलासम्म रहन्छ, जति बेलासम्म उसले आफ्नो प्राकृत स्वभाव गुमाउँदैन, उसको धर्ममा आँच आउँदैन । ऊ अप्रश्नीय बन्छ । जब ऊ आफ्नो धर्मबाट विचलनमा पुग्छ तब उसका बारेमा पूर्वमान्यता, दर्शन र मानकबारे सोचमग्न बन्ने स्थिति पैदा हुन्छ । हाम्रो समाजमा प्राचीनकालदेखि स्थापित नैतिक मूल्यमा गिरावट आएको छ । कतिपय अवस्थामा पुरानो अभ्यास र मानक भत्काउने स्वाभाविक प्रव्रिmया हुन्छन् । तिनलाई भत्काएर नवनिर्माणको खाँचो हुन्छ । कति अस्वाभाविक रूपमा स्खलनमा जाने हुनाले नवमान्यता स्थापित गर्न विहङ्गम विमर्श चलाउनु सामयिक हुन जान्छ । जसका लागि समाजमा अभ्यास गरिएको धार्मिक कानुन, त्यसले पारेका प्रभाव र समाजमा छोडेको अमिट छाप, मनोविज्ञान र विश्वासबारे तथ्यमा पुग्ने यत्न गर्नु पर्छ ।विसर्जनतिर नैतिकतासमाजमा उच्च नैतिकता र संवेदनशीलता प्रदर्शन गरेर कर्तव्य निर्वाह गर्नुपर्ने डाक्टर बिरामीको उपचारमा कम औषधी बेचबिखनमा बढी सव्रिmय हुन थाल्यो । डाक्टर कम, व्यापारी ज्यादा हुन लाग्यो । शिक्षाधिकारी पद प्राप्त गर्न रकम बोलकबोल गर्दै हिँड्न थाल्यो । विश्वविद्यालयको प्राध्यापक, न्यायालय मुद्दा किनबेच मोलमोलाइको अखडा बन्यो । वकिल र न्यायाधीश बिचौलिया र न्याय खरिद–बिव्रmीका एजेन्ट बन्न पुगे । न्यायालय कुनै कर्पोरेट हाउस झैँ भएको छ । प्राविधिक जनशक्ति प्राक्टिस छोडेर प्रवचनमा जोड दिन थाल्यो । रेडव्रmस भ्रष्टाचारको मिसनमा फेरियो । धर्मशाला पाँच तारे होटलमा परिणत भयो । मन्दिर, चर्च र गुम्बा पुजारी, पादरी र लामाको व्यापारिक दोकान बन्दै छन् । बुद्ध मार्ने र हिटलर पाल्ने महान् मान्छेको दर्जामा उक्लियो । नागरिकलाई दिने अधिकार संविधानमा फर्जी बनेर बस्यो । अछुत बनाइयो । व्यवहारमा छुवाछुत र भेदभाव हटेन भनेर गुनासो गर्ने नागरिकलाई समानता र अधिकार संविधानमा छ भनेर सरकार गैरजिम्मेवार बन्छ । यस्तै गरी नागरिक अधिकार खोज्ने तर कर्तव्य बिर्सने बन्यो । राज्यका सबै निकाय र अवयव अगतिशील बन्न थाले तब नैतिकता, इमान, विश्वास र दर्शनको जग भत्कँदै, चर्कंदै, हल्लँदै जान थाल्यो । यही विचलन, अवसाद, विसर्जन, वियोग, नैतिकताको क्रय–विक्रय, क्षति र घाटालाई उकासेर नैतिकता र धर्मको पुनः परिभाषा अपरिहार्य भएकाले नैतिकताको पुनव्र्याख्या जरुरी भनिएको हो ।समाज सधैँ सनातन तवरले चल्न सक्दैन । कतिपय असामयिक मानक र बार भत्काउनु र नयाँ इँटा राख्नु पर्छ । नूतन संस्कृति र संस्कारको थालनी गर्नु पर्छ । पूर्वीय दर्शनले प्रतिपादन गरेका विराट मूल्य र अस्तित्व जोगाउन पनि यसको कमजोरी सुधार गरेर आगामी पाइला चाल्नु पर्छ । नेपालले पनि हिन्दु धर्म र यसको विराट दर्शन, सौन्दर्य र ज्ञानको अथाह भण्डार बचाइराख्न यहाँ अभ्यास गरिएका जातीय छुवाछुत र विभेदजन्य संस्कार, संस्कृति र परम्परालाई जरैदेखि उन्मूलन गर्न अभियान चलाउन जति ढिला गर्यो, नोक्सानी त्यति नै बढ्ने छ ।हिन्दु धर्मको अभ्यास गर्नेहरूमा जातीय छुवाछुत छैन भनेर सफेद झुट बोल्ने र ढाकछोप गर्ने, टालटुल पार्ने काम मानवताविरुद्धको अपराध र मानवीय सभ्यतामाथिको भद्दा मजाक हुने छ । कमजोरी हटाएर यसको मूल्यबोध गर्न जति ढिला ग¥यो, उति हिन्दु धर्म सङ्कुचनमा परेर सङ्कटोन्मुख हुने पक्का छ । एउटा धर्म दर्शनको विलुप्ति उसकै कारण होला तर उसको उपस्थितिमा, उसकै दार्शनिक मान्यताले मान्छेको बाँच्न पाउने हक खोसिनु किमार्थ स्वीकार्य हुन्न । समस्या छन् भने तिनको निदान र उपचार पनि छ । ज्ञान–विज्ञानको युगमा अन्धविश्वास र अन्ध तर्कलाई विस्थापित गर्दै धर्म, दर्शन र संस्कृतिले अँगालेका मानव हितकारी तìवको आत्मसात् र अमानवीय रूढिग्रस्त विचारलाई तिलाञ्जली दिएर समयको रथलाई आफू अनुकूल बनाउनु पर्छ । धर्म र अप्रमाणिक भनेर सबै कुरा त्याज्य र विस्मृतिमा लैजान लायक छैनन् । मानवीय गुण र भावनाले ओतप्रोत दर्शन पनि छन् । चर्चा र विवादको घेरामा रहेको मनुस्मृति फगत घृणाको लायक मात्र छैन, राज्य सञ्चालनार्थ अति आवश्यक सोच र दर्शन पनि छन् । समाजलाई यतिका वर्ष बाँधिराख्ने कडी पनि हो मनुस्मृति । मान्छेलाई मान्छे नसम्झने त्यो दुर्गुण र विभेद निन्दनीय र निषेधयोग्य छ । सकारात्मकताको ग्रहण र नकारात्मकताको निषेध आजको सङ्कथन हो । दर्शन, विचार, संस्कृति र परम्परा नभएको समाज र मान्छे हुँदैन । त्यसैले असल पक्षको प्रवर्धन गर्दै खराबलाई त्याग्ने नवसंस्कृति बसाल्न देशका प्राज्ञिक, बौद्धिक र प्रबुद्ध वर्गले धर्म नैतिकताको पुनव्र्याख्याको अभियानमा आफूलाई समाहित गर्दै लैजानु पर्छ । सर्वस्वीकार्य नैतिकताको भाष्य निर्माण गर्नु पर्छ । वैचारिक बहस निर्माण गर्नु पर्छ । मस्तिष्क मन्थनको परिपाटी बसाउनु पर्छ । सत्यलाई दृष्टिगोचर गर्ने तरिकालाई फराकिलो बनाउनु पर्छ । कुनै कालखण्डमा स्वार्थवश र अन्जानवश धर्म दर्शन विशेष गरी वेदको व्याख्या गरिँदा आएका विकृत विषय महिला र शूद्रको नाममा हुने विभेदजन्य पक्षलाई सच्याउने र धर्मले विभेद गर्दैन भन्ने नीति मीमांसालाई पालन गर्दै मार्ग तय गर्न सकिएन भने भयङ्कर दुर्घटना निम्तिने खतराबाट सम्बद्ध पक्ष, सरोकारवाला र राज्यको नीति निर्माण तहमा बस्नेहरू सचेत रहनु पर्छ ।विनिर्माणको अमृतमय अवसरअग्नि (आगो) नै सत्यको उद्घाटन गर्ने उच्चतम शिक्षक भनेर परिचय गराउने सर्वप्राचीन ऋग्वेद पक्कै सामान्य विद्या र लहडी लेखन होइन । वेदभित्र के छैन ? कति गहन जीवन, दर्शन, नीति नियतिको र विज्ञान छ । स्वामी प्रपन्नाचार्यले उसै ‘वेदमा के छ’ लेखेका होइनन् ? त्यसै गरी वेदभित्र त्याज्य कुरा र प्रसङ्ग पनि छन् । वेदलाई आजको युग चेतनाले अपौरुषेय मान्दैन । वेद, पुराण, महाभारत जस्ता कृति मानव लिखित साहित्य, धर्म र दर्शन हुन् । यिनको गुदी ग्रहण गर्ने र बाँकी प्राचीन सभ्यता र इतिहास, साहित्य र तत्कालीन चेतना भनेर मात्रै बुझ्ने बुझाउने गरियो भने यसबाट उत्पन्न हुने विवाद र झन्झटमा फसेर अलमल परेर बस्नु पर्दैन । वेद ज्ञानको अथाह भण्डार हो । आज पर्यन्त रहस्यको गर्भभित्र थुप्रै कुरा छ भनेर विज्ञानले स्वीकार गरेको छ भने इपू १८०० देखि १५०० वर्षपहिले रचनाको अनुमान गरिएको ग्रन्थलाई आजको चेतना र चस्माले हेर्नु वाञ्छनीय हुन्न । यसको आफ्नै सामाजिक मूल्य र नैतिक धरातल तथा दार्शनिक मत रहेको छ । यद्यपि पुरानो हुनेबित्तिकै यो समग्रमा सही छ र हो भन्ने चिन्तन बिल्कुल गलत हो । अतीतमा जे सही र मानक मूल्य हुन्थ्यो, सो आज हुन÷नहुन सक्छ; त्यसैले मूल्याङ्कन, पुनर्मूल्याङ्कन, पुनरवलोकन, पुनर्ताजगी विज्ञानको नियम र गति हो । विवेकपूर्ण सचेतता हो । जतिसुकै प्राचीन सिद्धान्त र मान्यता भए पनि (सामयिक) अहिलेको युग विज्ञान र परिवेश सुहाउँदो बन्न सकेन भने त्यसको मृत्यु अवश्यंभावी छ । मानव निर्मित शास्त्रबारे मानवले प्रश्न गर्ने पुनर्पठन गर्ने अधिकार राख्छ । आजको सरोकार मृत्युको होइन, कालजयी कृतिको अमरत्वका लागि हो । जीवनका जटिलतालाई ज्ञानको मार्ग र दर्शनद्वारा निरुपण गर्न सकिन्छ भन्ने तेजस्वी मन्त्रलाई पालना गर्ने हो भने कुनै पनि कुराको परिमार्जन शास्त्रसम्मत नै मान्न सकिन्छ । आफैँले आफैँलाई चिन्नु, चिनाउनु पूर्वीय दर्शनको मूल स्थापना भएको हुनाले कुनै पनि मृत धारणा बोकेर कुद्नु पनि यस धर्मको मर्मविपरीत हुन जान्छ भन्ने तथ्य र तर्क यसका अनुयायीले बुझ्नु पर्छ । दर्शन बुद्धि, तìव र ज्ञानको विषय भएको हुनाले तìवको साक्षात्कार र अनुभूति दर्शनको ध्येय हो । पौरस्त्य दर्शनशास्त्र अनुसार आध्यात्मिक अनुभूतिबाट तìव ज्ञान सम्भव छ; सो अनुभूतिलाई उद्देश्यमूलक बनाउने विषय अहिलेको प्रमुख चुनौती र अवसर हो । कुनै पनि कुराको पुनरवलोकन अमृतमय अवसर पनि हो ।आचरण बन्नु पर्छ नैतिकताधर्म वस्तुको प्राकृतिक गुण हो । धर्मसँग नैतिकता जोडिएर आउँछ । नैतिकता भौतिक मूल्य नभएको उच्चतम अभ्यास र संस्कार हो । नैतिकताको अनुहार जहिले र जताबाट हेरे पनि एकै हुन्छ । अनैतिक र विरोधाभासको अनुहार अनेकथरी हुन्छ तर नैतिकता जताबाट हेरे पनि उही र उस्तै देखिनु पर्छ । नैतिकता अवलम्बन गरिने विषय हो, ढोङ्ग होइन । नैतिकताको दोहोरो मापदण्ड हुनुहुन्न । सत्तामा बस्दा र सत्ताबाहिर बस्दा फरक फरक नैतिकता र राष्ट्रिय दृष्टिकोणमा भिन्नता आजको मूल्यहीन राजनीतिको विकृत रूप र अनुहार हो ।