खुला म्याराथनमा होमलाल र महिला हाफमा सुनसरी प्रथम
ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथनमा नेपाल आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम हुनुभएको छ । निर्धारित दूरी चार घण्टा पाँच मिनेट २७ सेकेण्डमा पार गर्दै प्रथम हुनुभएको हो ।
खुला म्याराथन तथा महिला हाफ म्याराथन सुरु
ताप्लेजुङमा खुला तथा महिला हाफ म्याराथन सुरु भएको छ । पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथन तथा महिला हाफ म्याराथन सुरु भएको हो ।
डोको क्यारी रनमा कार्की प्रथम
ताप्लेजुङमा आइतबार भएको डोको क्यारी रन (डोको बोकेर दौडने) मा छत्र कार्की प्रथम हुनुभएको छ । निर्धारित दूरी एक घण्टा १५ सेकेण्डमा पुरा गर्दै जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–२ का कार्की प्रथम हुनुभएको हो ।
टी–२० विश्वकप : तेस्रो अभ्यास खेलमा नेपाल पराजित
आइसिसी टी–२० विश्वकप तयारीका लागि वेस्ट इन्डिजममा रहेको नेपाली क्रिकेट टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग पराजित भएको छ ।
विश्वकपका लागि तयारी गर्दै सन्दीप
बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले आसन्न आइसिसी टी–२० विश्वकप लक्षित अभ्यास सुरु गर्नुभएको छ ।
राष्ट्रिय महिला टी–२० : एपिएफ च्याम्पियन
विभागीय टोली नेपाल एपिएफ क्लब ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ ।
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकाले हात पारेको छ । गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २-१ गोल अन्तरले पराजित गर्दै काठमाडौँ महानगर विजेता बनेको हो ।
बास्केटबल उपाधि आइएसए नेपाल र इमोर्टल क्लबलाई
धरान बास्केटबल सङ्घको आयोजना तथा संयोजनमा आयोजित दोस्रो अल्फाबिटा ओपन महिला–पुरुष बास्केटवल प्रतियोगिताको उपाधि महिलातर्फ आइएसए नेपाल काठमाडौं र पुरुषतर्फ इमोर्टल क्लवले चुमेको छ ।
स्वस्थानी र अरहन्त च्याम्पियन
अरहान्त केशर सिंह र स्वस्थानी श्रेष्ठले शुक्रबार एनएसआरए राष्ट्रिय र्याङकिङ स्क्वास प्रतियोगिताको उपाधि जित्नुभएको छ ।
चन्द्रागिरी र काठमाडौँ गोदावरी मेयर कपको फाइनलमा
चन्द्रागिरी नगरपालिका र काठमाडौँ महानगरपालिका गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यका ब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
अरहन्त, अमिर, बिपना र स्वास्थानी र्याङकिङ स्क्वासको फाइनलमा
अरहान्त केशर सिंह र अमिर ब्लोन बिहीबार एनएसआरए राष्ट्रिय र्याङकिङ स्क्वास प्रतियोगिताको फाइनलमा प्रवेश गर्नुभएको छ ।
पारा तेक्वान्दो टोली भियतनाम जाने
नवौँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप जी– ४० २०२४ मा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली शुक्रबार भियतनामको दनाङ प्रस्थान गरेको छ ।
एपिएफको शतप्रतिशत जित
विभागीय टोली नेपाल एपिएफ क्लबले ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत राउन्ड रोविन लिगको सबै खेल जितेको छ ।
भारतीय कप्तान सुनिलको अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा
भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गर्नुभएको छ ।
युभेन्ट्सलाई कोपा इटालिया उपाधि
ओलम्पिको रङ्गशालामा बुधबार राति भएको खेलमा युभेन्ट्सले घरेलु टोली एटलान्टलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।
मूलपानी क्रिकेट मैदान
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका – ६ स्थित मूलपानीमा रहेको मूलपानी क्रिकेट मैदान।
क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै सन्दीपको निलम्बन फुकुवा गरेको जानकारी दिनुभएको हो ।
स्यान्टु ओलम्पिकमा छनोट
नेपालका टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक–२०२४ मा छनोट हुनुभएको छ ।
क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो।
टेबलटेनिसमा नेपालको ओलम्पिक सहभागिता पक्का
पेरिसमा यसै वर्ष आयोजना हुने ओलम्पिक गेम्समा नेपालबाट टेबलटेनिस खेलाडीको सहभागिता पक्का भएको छ ।
दीपेन्द्रसिंह ऐरी अलराउन्डरतर्फ शीर्ष १० मा
नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ शीर्ष १० मा अटाउनुभएको छ ।
ललितपुर–चन्द्रागिरि सम्पदा कार र्याली शनिबार
नेपाल मोटर स्पोर्ट्स एन्ड रोड सेफ्टि फेडेरेसन (एनएमआरएफ) को आयोजनामा शनिबार ललितपुर–चन्द्रागिरि सम्पदा कार र्याली हुने भएको छ ।
जुडो सङ्घमा फेरि दीपकहर्ष
जुडो सङ्घको छैटाैँ केन्द्रीय चुनावी साधारणसभाले दीपकहर्ष वज्राचार्यको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । उहाँ यसअघि पनि सङ्घको अध्यक्ष हुनुहुन्थ्यो ।
टोट्टनहामलाई हराउँदै सिटी शीर्षस्थानमा
साविक विजेता सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।