काठमाडौँ, जेठ ३ गते । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गर्नुभएको छ ।
सुनिलले भिडियो सन्देशमार्फत अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गर्नुभएको हो । ३९ वर्षीय सुनिलले १९ वर्षे भारतीय टोलीमा बिताइसक्नुभएको छ । सुनिलले आफ्नो अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल विश्वकप छनोट २०२६ अन्तर्गत जुन ६ तारिख कुवेतविरुद्ध खेल्ने तालिका रहेको छ । उक्त खेल कोलकातामा हुनेछ ।
सन् २००५ मा पाकिस्तानविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गर्नुभएका सुनिलले भारतका लागि एक ५० खेल खेल्दै ९४ गोल गर्नुभएको छ । उहाँ अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा चौथो स्थानमा हुनुहुन्छ ।
चर्चित क्लब मोहन बगानबाट सिनियर फुटबलमा डेब्यू गर्नुभएका सुनिल अहिले इन्डियन सुपर लिग टोली बेंगलुरु फुटबल क्लबमा आबद्ध हुनुहुन्छ । उहाँले दक्षिण एसियाकै स्टार स्ट्राइकरको छवि बनाउनुभएको छ । एजेन्सी