• १२ साउन २०८१, शनिबार

एपिएफको शतप्रतिशत जित

blog

रन बनाएपछि एपिएफका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, जेठ ३ गते । विभागीय टोली नेपाल एपिएफ क्लबले ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत राउन्ड रोविन लिगको सबै खेल जितेको छ ।

यसअघिनै फाइनलमा पुगेको एपिएफले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार आफ्नो चौथो खेलमा सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले हरायो । जितका लागि सुदूरपश्चिमले दिएको एक सय १२ रनको लक्ष्य एपिएफले १९.४ बलमा पूरा गरेको थियो ।

एपिएफका लागि ममता चौधरीले ३२ रन बनाउनुभयो । रोमा थापाले २३, सरिता मगरले १९ र राजमति ऐरीले ११ रन बनाउनुभयो । बलिङमा सुदूरपश्चिमका लक्ष्मी साउदले दुई तथा जानकी थला, कविता जोशी, ऋतु कनोउजिया, स्नेहा महरा र विन्दु रावलले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ए कसय ११ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान विन्दु रावलले सर्वाधिक ३६ रन बनाउनुभयो ।

रुबी पोडार र कविता जोशीले २९/२९ रन बनाउनुभयो । बलिङमा एपिएफका रेखा रावल र इन्दु वर्माले एक एक विकेट लिनुभयो । जितसँगै एपिएफको चार खेलबाट आठ अङ्क पुगेको छ । पराजित सुदूरपश्चिमको तीन खेलबाट चार अङ्क छ ।