पेट्रोलियम पदार्थमा कालोबजारी गरे कारबाही
पेट्रोलियम पदार्थलगायतका अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने निर्णय गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको सरोकारवालाको बैठकले सो निर्णय गरेको हो । बैठकले बजार आपूर्ति व्यवस्थापन एवं ग्यासलगायतका वस्तुको नियमन गर्दा कालोबजारी गरेको, लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सम्बन्धित निकायले प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय गरिएको हो ।
महाकालीमा बेपत्ता बालकलाई खोज्दै गोताखोर
सोमबार महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक खोज्न सशस्त्र प्रहरी बलले गोताखोर परिचालन गरेको छ । महाकालीमा पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६, पन्तोलीका १६ वर्षीय धीरजसिंह धामी बिहीबारसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक गौरव महतले जानकारी दिनुभयो ।
‘नागरिकको सेवक भएर सदन छिर्दै छु’
पाँचथरबाट निर्वाचित हुनुभएका प्रतिनिधि सभा सदस्य नरेन्द्रकुमार केरुङको राजनीतिक यात्रा लामो समयदेखि सङ्गठन निर्माण, शिक्षा र सामाजिक क्षेत्रको सक्रियतासँग जोडिएको छ
ससर्त अनुदानमा आयोजना नतोक्न सुझाव
ससर्त अनुदान अन्तर्गत सञ्चालन हुने आयोजना अथवा कार्यक्रमको छनोटको अधिकार स्थानीय तहलाई नै दिनुपर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारले प्रदान गर्ने ससर्त अनुदानका आधार सिफारिस गर्दै आयोगले यस्तो सुझाव दिएको हो ।
बिदामा घर आएकाको पुनः श्रम स्वीकृति सुरु
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्व (पश्चिम एसियाली) का सात वटा देशमा कार्यरत रहेर बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गर्ने निर्णय गरेको छ । श्रम मन्त्रालयले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकको श्रम नवीकरण गर्ने निर्णय गरेको हो ।
खाडी क्षेत्रमा चर्कियो महँगी
पश्चिम एसियामा जारी युद्धका कारण रणनीतिक स्ट्रेट अफ होर्मुज अवरुद्ध भएपछि खाडी मुलुकमा खाद्य आपूर्ति प्रणालीमा गम्भीर दबाब परेको छ । यसको प्रत्यक्ष असर उपभोक्ता मूल्यमा देखिन थालेको छ । बजारमा वस्तुको अभाव नभए पनि मूल्य तीव्र रूपमा बढ्न थालेपछि दैनिक जीवनयापन महँगिएको छ ।
धमाधम रोपाइँ
बर्दियामा चैते धान रोपाइँ सुरु भएको छ । चैते धानको पकेट क्षेत्र राजापुर र गेरुवा गाउँपालिकामा धान रोपाइँको चटारो छ । बर्दियामा राजापुर, ठाकुरबाबा, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा चैते धान खेती हुने गरेको छ । विशेष गरी राजापुर र गेरुवा गाउँपालिकामा बर्खे धानभन्दा चैते धानको उत्पादन राम्रो हुने गरेको छ ।
आधा सिलिन्डर ग्यासको मूल्य सोह्र सय रुपियाँ
हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ ।
सुदृढ हुँदै विद्युत् वितरण प्रणाली
ऊर्जा सुरक्षा सुदृढ गर्दै विद्युत् वितरण प्रणालीलाई थप भरपर्दो बनाउने लक्ष्यसहित लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजना अघि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले जर्मन सरकारको सहकार्यमा कार्यान्वयन गर्न लागेको यस परियोजना अन्तर्गत करिब ४५ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण गरिने छ । लेखनाथ र दमौलीमा आधुनिक सबस्टेसन स्थापना गरिने छ ।
नवनिर्वाचित सांसदलाई शपथका लागि आह्वान
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ यही चैत १२ गते हुने भएको छ । सङ्घीय संसद् सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै नवनिर्वाचित सदस्यलाई शपथका लागि आह्वान गरेको हो ।
सभापतिको राजीनामाबारे निर्णय लिँदै कांग्रेस
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा र भावी रणनीति तयार गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको हो । सभापति गगनकुमार थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामापत्र बुझाउनुभएको छ । सभापति थापाको राजीनामापत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुने छ ।
चैत तेस्रो सातादेखि संसद् बैठक
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ चैत १२ गते २ बजेका लागि निर्धारण गरेको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिसँगको छलफलपछि सचिवालयले शपथको मिति र समय तोकेको हो ।
संसदीय गरिमा सिकाउँदै रास्वपा
ऐतिहासिक जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित भएका सांसदलाई संसदीय अभ्यास, गरिमा र नागरिकप्रतिको उत्तरदायित्वका विषयमा प्रशिक्षण दिएको छ । प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिटमा विजयी रास्वपाले नवनिर्वाचित सांसदलाई संसद्मा गर्नुपर्ने काम र आफ्नो जिम्मेवारीबारे प्रस्ट जानकारी दिएको हो ।
निर्वाचनमा पाँच अर्ब ३७ करोड खर्च
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनमा भाग लिएका तीन हजार ४०५ उम्मेदवारमध्ये दुई हजार ८८७ उम्मेदवारको धरौटी रकम जफत भएको छ । चुनावमा प्रतिस्पर्धामा रहेका झन्डै ८५ प्रतिशत उम्मेदवारको जमानत जफत भएको हो ।
ठेक्का तोडिँदा पूर्वाधार विकासमा असर
एकै पटक दर्जनौँ ठेक्का तोडिएका कारण मुलुकको पूर्वाधार विकासमा गम्भीर असर पर्न थालेपछि ती आयोजनाको पुनः ठेक्का व्यवस्थापनका लागि आवश्यक प्रक्रिया सुरु गरिएको छ । ठेक्का तोडिएका आयोजनाको मूल्याङ्कन तथा स्रोत सुनिश्चितताका लागि आवश्यक प्रक्रिया सुरु गरिएको हो ।
धरानमा पिण्डेश्वर रथ यात्रा
धरान उपमहानगरपालिका –१४ स्थित ऐतिहासिक एवम् धार्मिक तीर्थस्थल पिण्डेश्वर बाबाधाम मन्दिरमा ‘दोस्रो पिण्डेश्वर रथ यात्रा’ तथा रथोत्सव सुरु भएको छ ।
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
प्युठानमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ । विहीबार बेलुका प्युठान नगरपालिका ८ पाडावाङमा रा १ ख १८३९ नम्वरको टिप्परको ठक्करबाट पैदल यात्रीको घटनास्थलमै ज्यान गएको हो ।
प्रदेश स्तरीय कृषि प्रदर्शनी हुँदै
बागमती प्रदेश स्तरीय कृषि प्रदर्शनी २०८२ हेटौँडामा आयोजना हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको कृषि प्रवर्धन समितिको आयोजनामा यही चैत १३ गतेदेखि १६ गतेसम्म हेटौँडास्थित पल्पसा हलमा प्रदर्शनी सञ्चालन गरिने भएको हो ।
अधिकारभन्दा कर्तव्यको लडाइँमा जुटौं : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले देशको समृद्धि र सुशासनका लागि कर्तव्यको मुद्दालाई सशख्तरुपमा अघि बढाउन आवश्यक रहेको भन्दै आदिबासी समुदायलाई अधिकारको मुद्दाभन्दा कर्तव्यको मुद्दा बोक्न आव्हान गर्नुभएको छ ।
लमजुङमा आर्थिक गणना कार्यालय स्थापना
लमजुङमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम बेसीसहरको कालिका चोकमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी सेवा प्रारम्भ गरिएको हो ।
असनमा जात्राको रौनक (फोटो फिचर)
पाहाँचर्हे आज अन्तिम दिन असन जात्रा (न्हि जात्रा) बिहीबार सम्पन्न भएको छ। पाहाँ चर्हे भित्रकै यो एउटा महत्त्वपूर्ण जात्रा हो। रातो पहेलो र निलो टोपीको समिश्रणमा असनमा जात्राको माहौल रमाइलो र रंगिन देखिएको थियो ।
अवैध कपडासहित टेम्पो चालक पक्राउ
प्रहरीले अवैध सामानसहित दुई वटा टेम्पो र त्यसका चालकलाई बिर्तामोडमा पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले विहीबार बिहानको राति करिब २ बजे अर्जुनधारा नगरपालिका वडा ६ स्थित चिया बगान क्षेत्रबाट पक्राउ गरेको हो ।
अटो दुर्घटनामा तीन जना घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
निर्वाचनमा सहयोग गर्नेलाई सम्मान
महोत्तरी क्षेत्र १ को निर्वाचन अधिकृतको कार्यालय बर्दीबासले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन योगदान गरेको भन्दै १८ जनालाई सम्मान गरेको छ ।