डाँडावारिको बिजुली बाउन्न वर्षपछि डाँडापारि
भनिन्छ १२ वर्षमा खोला पनि फर्कन्छ तर काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिमा खोला फर्कन ५२ वर्ष कुर्नुप-यो ।
सेना प्राड विवाक सेमिनार सम्पन्न
सेना प्राड विवाक स्थापनाको ६०औं वार्षिकोत्सवको अवसरमा जंगी अड्डामा आयोजित सेना प्राड विवाक सेमिनार २०७९ सम्पन्न भएको छ । प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार सेमिनार समापन गर्नुभयो ।
प्रदेश सभामुखमा तीन जनाको उम्मेदवारी
बागमती प्रदेशको प्रदेश सभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभामुखको निर्वाचन दस्तखतसहितको मत विभाजनबाट गरिनेछ ।
सडकमा महानगर र व्यापारीको जुहारी
काठमाडौं महानगरपालिकाले सडक पेटीमा सञ्चालन हुँदै आएका ठेलागाडा तथा फुटपाथ व्यवसाय हटाउने अभियान चलाउँदै आएको छ ।
गैँडा र पाटे बाघ मृत फेला
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र पाटे बाघ मृत अवस्थामा फेला परेका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत वुधबार निकुञ्जको नियमित गस्ती टोलीले कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा एकसिङ्गे गैँडा मृत अवस्थामा फेला परेको हो ।
उखुको समर्थन मूल्य तोक्ने सरकारको तयारी
सरकारले उखुको समर्थन मूल्य तोक्ने तयारी गरेको छ। उखुको क्रसिङ् सिजन सुरु भएसँगै सरकारले उखुको समर्थन मूल्य तोक्ने तयारी गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो। सञ्जेलका अनुसार हरेक वर्ष सरकारले न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ।
सेवाग्राहीलाई गुनासोरहित सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सेवाग्राहीलाई गुनासोरहित सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
कोरियन गाईका बाच्छी चितवनमा अनुसन्धान गरिँदै
कोरियाबाट नेपाल ल्याइएका उन्नत नस्लको धेरै दूधदिने गाईको बाच्छी चितवन आइपुगेको छ । दूधमा आत्मनिर्भर बनाउन नेपाल सरकारले कोरियाबाट उन्नत जातको गाईका बाच्छी ल्याइएको थियो ।
बागमतीको सभामुखका लागि तीन जनाकाे उम्मेदवारी
बागमती प्रदेशको सभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभामुखका लागि सत्ता गठबन्धनका भुवन पाठक, नेपाल कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सृजना सायजुले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
चाँगुनारायण नगरपालिकाको बेरुजु बढ्यो
विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु. सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गर्नुभएको छ ।
अवैध अण्डा र चल्ला आयात रोक्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री भएपछि पहिलोपटक बिहीबार चितवन आउनुभएका गृह एवं उपप्रधानमन्त्री रवि लामिछानेले अवैध कुखुरा र चल्लाको आयत रोक्न निर्देशन दिनुभएको छ ।
अपराध नियन्त्रणमा राजनीतिक प्रभावकाे अन्त्य भयाे : गृहमन्त्री लामिछाने
गृहमन्त्री रवि लामिछानेले अपराध नियन्त्रणमा राजनीतिक पार्टीको प्रभाव पर्न नदिने बताउनुभएको छ । भरतपुर विमानस्थलमा बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उहाँले अपराध नियन्त्रण गर्न कडा निर्देशन दिनुभयो ।
यी हुन् सात प्रदेशका सात मुख्यमन्त्री
मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भई मतपरिणाम आएसँगै सातै प्रदेश सरकारमा नयाँ मुख्य मन्त्रीहरू नियुक्त भई सक्नु भएको छ । बिहीबारसम्ममा सातै प्रदेशमा मुख्यमन्त्रीले नियुक्तिसँगै विश्वासको मत लिने क्रम सुरु भएको छ ।
बागमतीमा सभामुख र उपसभामुखको आज मनोनयन दर्ता
बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
मुख्यमन्त्री जमरकट्टेललाई प्रधानमन्त्री दाहालद्वारा बधाई
बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा बधाई दिनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्री जमरकट्टेललाई बधाई दिनु भएको हो ।
सामुदायिक वनमा मनलागी फँडानी
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगचोकगढी नगरपालिका–९ स्थित तालकोट रानीपोखरी सामुदायिक वनमा मनलाग्दी फँडानी गरिएको छ । स्था
मुख्यमन्त्रीले ३ गते विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नियुक्ति भएको एक साताभित्रै विश्वासको मत लिने तयारी थाल्नुुभएको छ ।
पृथ्वीजयन्ती मनाउँदा कसैले हीनताबोध गर्न पर्दैन : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसलाई राष्ट्रले उत्सवका रूपमा मनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ।
काठमाडौंमा दुई दिने थारू माघी महोत्सव हुँदै
उपत्यकामा काम विशेषले बस्ने थारु समुदायले दुई दिने थारु माघी महोत्सव २०७९ मनाउने भएका छन् । पुस ३० र माघ १ गते टुँडिखेलमा हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुहुनेछ ।
नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका चरा भेटिए
यस वर्षको जलपक्षी गणनाका क्रममा (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो ।
बनेपाकाे ऐतिहासिक माैलिकताकाे परिचय दिन महोत्सव हुँदै
प्राचीन सहरको रुपमा परिचित बनेपा (भ्वतः)को ऐतिहासिकता चिनाउन माघे संक्रान्तिको दिनमा सांस्कृतिक महोत्सव हुने भएको छ । दरबार, चोक, मन्दिर र वनको आफ्नो महत्व भए पनि प्रचार अभावले ओझेलमा परेपछि यहाँका युवाले बनेपालाई चिनाउन महोत्सव गर्न लागेका हुन् ।
नारायणगढ–मुग्लिन सडक खण्ड : भित्तो काट्ने काम सकिएन
पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ ।
अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन हुने
नेपालमा विद्युतीय प्रसारण लाइन विस्तार, कृषिमा उन्नत प्रविधिको प्रयोग र पेट्रोलिम पदार्थको पाइपलाइन विस्तारलगायतका क्षेत्रमा भारतीय सहयोगका लागि दुई देशबीच विभिन्न संयन्त्रका माध्यमबाट छलफल भइरहेको छ ।
पोलभाडा नतिरेका इन्टरनेटका तार काट्दै विद्युत प्राधिकरण
ताकेता गर्दा पनि ईन्टरनेट सेवा प्रदायकले पोलभाडा नतिरेपछि नेपाल विद्युत प्राधिकरणले तारहरु काट्ने बताएको छ । सेवा प्रदायकले ईन्टरनेटका तारहरु पोलमा राखेर सेवा विस्तार गरेर पैसा कमाउने तर लागेको भाडा नतिर्ने गरेका कारण तारहरु काट्नुपरेको विद्युत प्राधिकरण प्रादेशिक कार्यालय काठमाडौंका प्रमुख श्रीराम पाण्डेयले बताउनुभयो ।