जलवायु परिवर्तनलाई बेवास्ता गरे सकारात्मक विकास असम्भव
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले जलवायु परिवर्तनलाई बेवास्ता गरिए विकासका लागि भएका प्रयासको सकारात्मक नतिजा नआउने बताउनुभएको छ ।
पेट्रोल चोरी पैठारीमा संलग्न ट्याङ्कर चालकलाई कारबाही
नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ ।
मेलम्चीको पानी दुई हप्ता नआउने : वितरण प्रणालीमा फेरबदल हुने
पुतलीसडकका पुष्करराज सेढाँईलाई जेठ १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाले दुई हप्ता पानीको आपूर्ति बन्द गर्न लागेकोप्रति दुः ख लागेको छ ।
राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । धुम्बाराहीमा केही बेरमा सुरु हुने केन्द्रीय समिति बैठक यही जेठ ३ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
पाँच दिने दोलखा खुला अन्तर्राष्ट्रिय चेस टुर्नामेन्टको तयारी पूरा
आदर्श पुरुष, स्वच्छ छविका नेता एवम् पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा यहाँ हुने पाँच दिने दोलखा खुला अन्तर्राष्ट्रिय चेस टुर्नामेन्टको अन्तिम तयारी पूरा भएको छ ।
वर्षासँगै आएको लेदोले चारवटा गाडी पुर्यो
आइतबार (साँझ) वर्षासँगै आएको लेदोले बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा क्षेत्रमा सवार सवारीसाधन पुरिएका छन् ।
पर्सा बजारमा बस दुर्घटना : ३१ जना घाइते
पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराति दुर्घटना भएको हो ।
एक सय छब्बीस छात्रालाई साइकल वितरण
भरतपुर महानगरपालिकाले विद्यालयका १२६ छात्रालाई साइकल वितरण गरेको छ । छात्रासँग मेयर कार्यक्रम अन्तर्गत आइतबार महानगर प्रमुख रेनु दाहालले छात्रालाई साइकल वितरण गर्नुभएको हो । छात्रालाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले २०७६ सालदेखि यो कार्यक्रम लागू गरिएको थियो । यस पटक महानगरको वडा नं. ६ र १३ का विद्यालयमा अध्ययन गर्ने विपन्न छात्रालाई साइकल वितरण गरिएको हो ।
आगामी वर्षको कार्यक्रम जेठ १० गतेभित्र पेस गर्न निर्देशन
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका कार्यक्रम तर्जुमा गरेर जेठ १० गतेभित्र पेस गरिसक्न विभागीय प्रमुखलाई निर्देशन दिएको छ ।
४८ वर्षदेखि लालपुर्जाविहीन
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय स्थानीय ४८ वर्षदेखि लालपुर्जाविहीन समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराइएको छ ।
फर्निचर कारखानामा भीषण आगलागी, एक घरमा क्षति
भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भीषण आगलागी भएको छ ।
पूर्व कमैया कमलहरीद्वारा पुनःस्थापनाको माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र
मुक्त घोषित भएका तर पुनःस्थापना हुन बाँकी मुक्त कमैया, कमलहरी, हलिया तथा हरवाचरवा प्रतिनिधिले पुनःस्थापनाको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।
शान्ति निकुञ्ज विद्यालयका पूर्व विद्यार्थी सम्मानित
वि.सं. २००२ सालमा स्थापित नेपालको दोस्रो स्कूल शान्ति निकुञ्ज माध्यमिक विद्यालयको पूर्व विद्यार्थी संघको २५ औं स्थापना दिवस मनाइएको छ । पूर्व विद्यार्थी महारथी प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मोती शोभा श्रेष्ठ, इन्द्रमान रञ्जित, ललिता देवी, पुष्प बहादुर चित्रकार, शिवबहादुर नेपाली प्रधान, सुमित्रा मानन्धरलगायत करिब २० जना जेष्ठ पूर्व विद्यार्थीलाई सम्मानित गरिएको थियो ।
जनताले दुःख नपाउने गरी काम गर्नुहोस् : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायिक समितिलाई जनताले दुःख नपाउने गरी काम गर्न निर्देशन दिनुभएको छ।
उपत्यकामा पानी पर्ने सम्भावना
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले आज काठमाडौं उपत्यकामा वर्षाको सम्भावना रहेको छ ।
महर्षि धनञ्जयको बारेमा खोज अनुसन्धान गरिने
महर्षि धनञ्जयको बारेमा थप अध्ययन तथा खोज गरिने भएको छ । राजधानीमा आयोजित धनञ्जय गोत्रीहरुको भेलाले नौ बुँदे घोषणापत्र जारी गर्दै सो कुरा जनाएको हो ।
गैँडाका दुई बच्चालाई प्राकृतिक वासस्थानमा छाडिए
मातृविहीन अवस्थामा हुर्काइएका गैँडाका दुई बच्चालाई आइतबार प्राकृतिक वासस्थानमा छाडिएको छ ।
फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले
आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् ।
प्रतीकलाई पक्राउ गर्न अदालतको अनुमती
पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ ।
शीर्ष नेताको बैठक बालुवाटारमा जारी
शीर्ष नेताको बैठक आइतबार बिहानदेखि बालुवाटारमा सुरु भएको छ ।
वन डढेलो र आगलागीका घटना बढ्दै
आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन् ।
जङ्गलमा छाड्न पुष्पा र अञ्जलीलाई नियन्त्रणमा लिइयो
बेवारिसे अवस्थामा फेला पारिएको एक सिंगे गैँडाको बच्चा पुष्पा र अञ्जलीलाई प्राकृतिक रूपमा जङ्गलमा छाड्न नियन्त्रणमा लिइएको छ । प्रकृति संरक्षण कोषले पुष्पा र अञ्जलीलाई सौराहामा हुर्काएको थियो ।
‘मोखा’ चक्रवातको प्रभाव छैन : जल तथा मौसम विज्ञान विभाग
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विपन्न समुदायलाई रेडियो वितरण
सूचनाको पहुँचमा सबै नागरिकलाई पु¥याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाइ रेडियो वितरण गरेको छ ।