एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी
नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ ।
पुस्तक समीक्षा : ‘जीवन्त सम्बन्ध’ को गहिराइमा
जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ रु धेरै मानिसले यी र यस्तै प्रश्नका खोजीमा आफ्नो सम्पूर्ण जीवन केलाउन खोज्छन् तर कमैले मात्रै त्यसका गहिराइमा पुगेर वास्तविक अर्थ पहिल्याउँछन् ।
सुरु भयो इन्द्रजात्रा
हनुमानढोका दरबार क्षेत्रमा योंसी ठड्याएसँगै काठमाडौंको सबैभन्दा ठूलो जात्रा मानिने जात्रा येँया (इन्द्रजात्रा) विधिवत् रुपमा सुरु भएको छ ।
चिकित्सक कुटेको विरोधमा प्रदर्शन (फोटो फिचर)
चिकित्सकमाथि कुटपिट गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। आफूहरूमाथि शृङ्खलाबद्ध आक्रमण हुन थालेको भन्दै सुरक्षाको माग राख्दै चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् ।
भक्तपुरमा आजदेखि इन्द्रजात्रा सुरु
जात्राको पहिलो दिन आज नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५ सोह्र फिट अग्ला लिङ्गा ठडाएर जात्रा सुरु गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन स्थानीयवासीमा यम्बद्यः अर्थात् इन्द्र देवता उठाइएको भन्ने मान्यता रहेको इतिहास्वििद एवं संस्कृतिविद् प्रा।डा। पुरुषोत्तम लोचन श्रेष्ठ जानकारी दिनुहुन्छ ।
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु
राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो ।
अख्तियारद्वारा मीनबहादुर विष्टको मुद्दा सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
पुष्पा र अञ्जलीलाई कोशीटप्पु वन्यजन्तु आरक्ष पठाइयो
चितवन राष्ट्रिय निकुञ्जबाट पुष्पा र अञ्जलि नामका दुई पोथी गैंडा नियन्त्रणमा लिएर कोशीटप्पु वन्यजन्तु आरक्ष पठाइएको छ ।
याँया (इन्द्रजात्रा)का क्रममा विभिन्न सडकमा सवारी आवागमन निषेध
काठमाडौँ महानगरले आज याँया (इन्द्रजात्रा) को अवधिमा आवागमन व्यवस्थापनसम्बन्धी एक सूचना प्रकासित गरी असोज ११ गते वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
एघार शिक्षकलाई अवकाश दिन नगरपालिकाको निर्देशन
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाले सङ्घीय ससर्त अनुदान अन्तर्गत नियुक्त भएका शिक्षकलाई अवकाश दिने भएको छ । आइतबार भएको नगर शिक्षा समितिको बैठकले स्रोत अभावका कारण सङ्घीय ससर्त अनुदान अन्तर्गत नियुक्त भएका ११ जना शिक्षकलाई तलब, भत्ता उपलब्ध गराउन नसक्ने भन्दै सोमबारदेखि विद्यालयमा हाजिर नगराउन निर्देशन दिएको हो ।
दुई गैँडालाई आज चितवनबाट कोशी सारिँदै
चितवन राष्ट्रिय निकुञ्जबाट कोशी टप्पु वन्यजन्तु आरक्षणमा दुई पोथी गैँडा स्थानान्तरण गरिने भएको छ । कोशी पठाइने गैँडालाई नियन्त्रणमा लिइएको छ ।
ढल प्रशोधन केन्द्र निर्माण अलपत्र
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापनले प्रकाशन गरेको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८र७९ मा धोबिघाट (दोस्रो) ढल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा रहेको उल्लेख गरे पनि अझै काम सकिएको छैन । आयोजना कार्यान्वयन निर्देशनालयले ललितपुर महानगरपालिका वडा नं ३ स्थित धोबिघाटमा तीनवटा प्रशोधन केन्द्र निर्माण गर्नुपर्ने हो तर हालसम्म एउटा मात्र प्रशोधन केन्द्र निर्माण भएको छ । त्यो पनि प्रयोगमा आउन सकेको छैन ।
पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर
विशेष अदालतले पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। दोस्रो संविधान सभा निर्वाचन प्रयोजनका लागि गठित गैरदलीय सरकारमा मन्त्री रहनुभएका श्रेष्ठलाई विशेष अदालतले सोमबार भ्रष्टाचारी ठहर गरेको हो। न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले श्रेष्ठलाई भ्रष्टाचारमा कसुर ठहर गर्दै कैद तथा जरिबानाको फैसला गरेको हो।
कानुन तर्जुमामा क्यालेन्डर प्रस्ताव
वार्षिक रूपमा सङ्घीय संसद्मा पेस गर्ने विधेयकको कार्यतालिका निर्माणको प्रस्तावसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ। विधेयक तर्जुमा, प्रकाशन र प्रत्यायोजित व्यवस्थापनमा समेत एकरूपता कायम गर्ने उद्देश्यले सरकारले नयाँ विधेयक प्रस्ताव गरेको हो। विधायनसम्बन्धी विधेयक कानुन तर्जुमाको निर्देशक कानुनका रूपमा प्रस्तावित छ।
सङ्घमा फर्किने व्यवस्थाको लबिङमा कर्मचारी
स्थानीय तह कर्मचारीका लागि आकर्षणको केन्द्र बन्न नसक्दा कार्यरत कर्मचारी विभिन्न बहानामा सङ्घमै फर्कने कानुनी व्यवस्थाको लबिङमा लागेका छन्। स्थानीय तहको प्रत्यक्ष निगरानीमा रहेर काम गर्दै आएका समायोजित कर्मचारी, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मीलगायत शिक्षा ऐन, सङ्घीय निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐनमार्फत स्थानीय तह अन्तर्गत बस्न नपर्ने गरी कानुनी व्यवस्थाको लबिङमा छन्। संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि काम गर्ने कर्मचारी भने स्थानीय तहको मातहतमा बस्न इच्छुक देखिएका छैनन्।
जडीबुटी सर्भिस लेन द्रुत बसलाई चुनौती
सूर्यविनायक–रत्नपार्क सडकमा सञ्चालनमा ल्याइएको द्रुत बस सेवालाई कतिपय ठाउँका पूर्वाधार निर्माण पूरा नभएका कारण सवारी आवागमन अरू असहज बनेको छ। विशेष गरी माइतीघर–सूर्यविनायक छ लेन सडकको कोटेश्वर–जडीबुटी खण्डको जडीबुटी चोकदेखि पूर्व मनोहरा पुलसम्मको उत्तर–दक्षिण दुवैतिरको सर्भिस लेन नबन्दा उक्त सडकखण्डमा ट्राफिक समस्या झन् बढेको छ।
बैंकिङ कसूर गरी फरार रहेका तीन पक्राउ
बैकिङ कसूर मुद्दामा कैद जरिवाना तोकिई फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार तीन दिन कैद, सात लाख ७७ हजार ८९० रुपियाँ बिगो जरिवाना र क्षतिपुर्ति बापत पीडितलाई ३१ हजार हजार ११५ रुपियाँ जम्मा गराउने ठहर भएको प्रतिवादी बागलुङका ५४ वर्षीय भिमनाथ उपाध्याय पक्राउ परेका छन् ।
साझाको विशेष पुस्तक प्रदर्शनी सुरु
नेपालका भाषा, कला, संस्कृतिको सम्बर्धन र प्रवर्धनमा १११ वर्ष सेवा गरेको साझा प्रकाशनले दुई हप्ते विशेष पुस्तक प्रदर्शनी सुरु गरेको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा माओको समाधीस्थलमा श्रद्धाञ्जली
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओ त्सेतुङको समाधीस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
सत्यसँग नजुधेर काम गर्न अध्यक्ष ओलीको आग्रह
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति विभाजित भए पनि सत्य कहिल्ये विभाजित नहुने हुनाले सत्य काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । काठमाडौंमा सोमबार आयोजित एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा
माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौं र भक्तपुरमा एकै दिन १६ लाख बढीको चोरी
चाड पर्व सुरु भएसँगै चोरीका घटना बढ्न थालेका छन् । प्रहरीका अनुसार केही दिन यतादेखि काठमाडौं, भक्तपुरलगायतका क्षेत्रमा चोरीका घटना बढेका उजुरी पर्न थालेका छन् ।
एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरै वटा राजनीति दल र गठबन्धनको सरकारभन्दा बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउनेगरी जनमत आवश्यक भएको बताउनुभएको छ ।
नेप्से परिसूचक ५.८९ अङ्कले गिरावट
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले गिरावट आएको छ । आइतबार १९.४२ अङ्क गिरावट आएको नेप्से परिसूचक सोमबार ५.८९ अङ्कले घटेर २००४.४५ बिन्दुमा झरेको छ ।