विश्व मुटु दिवस ‘मन लगाऔँ मुटु बचाऔँ’
विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो ।
नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता
पवित्र तिर्थस्थल देवघाटमा आएका दुई युवक आज बिहान करिब ७ बजेतिर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।
आवधिक योजनाबाटै स्वच्छ खानेपानी र सरसफाइको पहुँच बढाइने
स्वच्छ खानेपानी र सरसफाइको दिगो पहुँच स्थापित गर्न आवधिक योजनामै समावेश गर्न जोड दिइएको छ ।
चार किलो सुनसहित पक्राउ परेकाको परिचय खुल्यो
दोलखाको सिंगटी बजारबाट चार किलो सुनसहित पक्राउ परेका तीन जनाको परिचय खुलेको छ ।
राष्ट्रपति जुद्ध सालिकबाट वसन्तपुर हिँडेर जाने
राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राकाे अवसरमा वसन्तपुर जाँदा जुद्ध सालिकबाट हिँडेर जाने तयारीमा हुनुहुन्छ ।
अधिकार सुनिश्चित हुने गरी राज्यलाई सुझाव दिन आदिवासी आयोगलाई सरोकारवालाको सुझाव
राष्ट्रिय सभाका सदस्य तथा नेपाल आदिवासी जनजाति महासङ्घका संस्थापक महासचिव सुरेश आले मगरले आदिवासी जनजातिले आफ्नो अधिकारका लागि निरन्तर लागि रहनु पर्ने बताएका छन् ।
ट्राफिक प्रहरीद्वारा चालकलाई प्रशिक्षण
ट्राफिक प्रहरी वृत्त नयाँबसपार्क, सामुदायिक प्रहरी केन्द्र गोँगबुको आयोजना तथा लोत्से बहुउद्देश्यीय प्रालिको सहयोगमा ट्राफिक व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको हो ।
आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै
विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ ।
पर्यटकले भरिभराउ मन्थली विमानस्थल
अहिले रामेछाप सदरमुकाम मन्थलीमा रहेको मन्थली एयरपोर्टबाट सोलुखुम्बु र सगरमाथा क्षेत्र भ्रमणका लागि उडान भइरहेको छ । असोजको पहिलो सातादेखि मङ्सिर दोस्रो सातासम्म यहाँबाट लुक्ला उडान हुने छ ।
थारु समुदायद्वारा ‘जितिया’ पर्वमा बिदा दिन माग
थारु कल्याणकारिणी सभा चितवनले १३ औँ जिल्ला अधिवेशनमार्फत ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी गर्दै थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको ‘जितिया’, यमोशा ९पितृऔँशी०, फगुवाको धुरहेरीलगायत सम्पूर्ण चाडपर्वमा बिदा दिन माग गरिएको हो ।
दोलखाको सिंगटीबाट चार किलो सुनसहित तीन जना पक्राउ
दोलखाको सिंगटी बजार बाट प्रहरीले ४ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ। सिंगटीबाट सुन सहित ३ जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
मानसिक अस्पताल सञ्चालनको तयारीमा केयु
काठमाडौँ विश्वविद्यालय (केयु) ले मानसिक स्वास्थ्य केन्द्र (मानसिक अस्पताल) सञ्चालन गर्ने तयारी गरेको छ । आगामी पुस महिनादेखि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९, शारदा बतासेमा मानसिक अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको हो ।
खानेपानी तथा सरसफाइ सम्मेलनः काठमाडौँ घोषणापत्र जारी
सबैका लागि सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता ९बास० सेवाहमा विश्वव्यापी, समतामूलक, समावेशी र दिगो पहुँचका सिद्धान्तलाई आत्मसाथ गर्दै दिगो विकास लक्ष्यअनुरूपका राष्ट्रिय लक्ष्य पूरा गर्ने प्रतिबद्धतासहित २० बुँदे घोषणापत्र जारी गरी खानेपानी तथा सरसफाइसम्बन्धी राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ ।
राजस्व सप्ताह मनाइँदै
टोखा नगरपालिकाले आर्थिक रूपमा सक्षम हुने उद्देश्यले एक हप्तासम्म राजस्व सप्ताह मनाउने भएको छ । असोज १४ देखि २१ गतेसम्म नगरपालिकाले राजस्व सप्ताह आयोजना गर्न लागेको हो । नगरपालिका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाको आन्तरिक स्रोत वृद्वि गरी करको दायरालाई फराकिलो बनाउनका लागि राजस्व सप्ताह आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार नागरिकलाई कर स्वेच्छाले तिर्न उप्रेरित गर्ने गरी आगामी १४ गते बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरी कर सप्ताहको शुभारम्भ गरिने छ ।
मल कारखाना खोल्न सर्वेक्षण अनुमति
हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न मलेसियन कम्पनीले सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ । लगानी बोर्डको कार्यालयले बुधबार सो प्रयोजनका लागि मलेसियन कम्पनी रिनिकोलासँग समझदारीपत्रमा हस्ताक्षरसमेत गरेको छ ।
महानगरसँग ईःको भयो सहमति
नौ दिनदेखि काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृहको प्रवेशद्वारअगाडि सत्याग्रह गरिरहेका अभियन्ता ईःसँग सहमति भएको छ तर उक्त सहमति काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभागृहबाट झिटीगुन्टा कसेर निस्किएपछि मात्र भयो । ईःलाई गेटमै छलेर महानगरपालिकाले महानगर प्रमुख बालेन्द्र शाह (बालेन) लगायतको कार्यालय बुधबारदेखि कमलादीस्थित काठमाडौँ प्लाजामा सारेको थियो। त्यही कार्यालयबाट राति चारबुँदे सहमति भएर ईःको सत्याग्रह टुङ्गिएको हो।
स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन एमालेको आग्रह
नेकपा (एमाले) ले चिकित्सक तथा स्वास्थ्यकर्मीले मर्यादित, शान्तिपूर्ण र सुरक्षित वातावरणमा काम गर्न पाउने वातावरण तयार गर्न गृह प्रशासनको ध्यानाकर्षण गराएको छ ।
चीन भ्रमण आशा गरेभन्दा सफल : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताउनुभएको छ ।
आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्झौता
नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच सम्झौता भएको छ ।
मैले सर्प पालन गरेको छैन : नेता खनाल
पूर्व प्रधानमन्त्री झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्नेगरेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधवार काठमाडौँमा आयोजित नेपाल सर्ट फिल्म अवार्ड २०२३ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
लागू औषधसहित छ जना पक्राउ
लागू औषध नियन्त्रण ब्युरो तथा शाखा कार्यालयबाट लागू औषधसहित छ जनालाई पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार लागू औषध चरेस ३६ किलो ७१० ग्राम, खैरो हेरोइन १७६.७८० ग्राम र ट्रामाडोल २४,७५० ट्याब्लेटसहित उनीहरू पक्राउ परेका छन् ।
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृह मन्त्रालय
गृह मन्त्रालयले केही दिनयता विभिन्न जिल्लाहरूमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने जनाएको छ ।
मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
दसैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरूले सरकारलाई सजग र सचेत रहन सुझाव दिनुभएको छ ।
तत्कालीन नगर प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।