‘मूल्यवृद्धि र कालोबजारी रोक्न अनुगमनलाई प्रभावकारी तुल्याउनुस्’
प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले नजिकिँदै गएको चाडबाडलाई लक्षित गरी बजारमा हुन सक्ने मूल्य वृद्धि र कालोबजारीको अनुगमनलाई प्रभावकारी तुल्याउन निर्देशन दिएको छ ।
नेपाल र चीनबीच नयाँ उच्चस्तरको सम्बन्ध विकास : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छन्तुका चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरीले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।
राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।
विश्व मुटु दिवस : युवा अवस्थामा नै मुटुको समस्या
आज नेपालसहित विश्वभर नै ‘विश्व मुटु दिवस’ मनाइँदै छ । ‘मुटुबारे जानौँ र मुटु बचाऔँ’ भन्ने मूल नाराका साथ दिवस बनाउन थालिएको हो ।
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको हो ।
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य सुशीला थिङले कानुन र विधिसँगसगै विकास निर्माणसम्बन्धी दोहोरो जिम्मेवारीले सांसद हैरानीमा परेको गुनासो गर्नुहुन्छ ।
चिकित्सकका माग सम्बोधन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
संसदीय समितिले आन्दोलनरत चिकित्सकहरुका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ ।
नेपालको संविधान उत्कृष्ट : राजदूत खत्री
अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताउनुभएको छ ।
यो साता सुनको मूल्यमा गिरावट
नेपाली बजारमा यस साता सुनको मूल्य रु तीन हजार नौ सय १५ ले ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार प्रति दस ग्राम रु ९६ हजार एक सय ९५ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आजसम्म आइपुग्दा ओरालो लागेको हो ।
जसपा कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई
जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाउनुभएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्नुभएपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान जारी
नेकपा (एमाले) बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान जारी छ । एमालेको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ बागमती प्रदेशको नेतृत्व चयनका लागि पार्टी मुख्यालय च्यासलमा मतदान जारी रहेको जानकारी दिनुभयो ।
सङ्घीयता कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन जरुरी : कावा प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन हुनुपर्नेमा जोड दिनुभएको छ ।
नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै कैलालीस्थित श्री दशरथ माध्यमित विद्यालयमा राहत शिक्षकमा कारर्यरत महेश शाहमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने
असोज १४ गते झापाको काँकडभिट्टास्थित मेची नदीबाट बिहान ९ बजेदेखि सुरु हुने उक्त अभियान असोज २९ गते सुर्खेत पुगेर सभा गरी सम्पन्न हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिनुभयो ।
विश्व मुटु दिवस : बचाउन सकिन्छ मुटु
खानपान र जीवनशैलीमा ध्यान दिनसकेमा मुटुलाई रोगबाट बचाउन सकिने विज्ञ चिकित्सकले बताएका छन् । पछिल्लो समय मानिसहरुको विलासी जीवनशैलीका कारण मुटुरोगको समस्या बढ्दै गएको उहाँहरुको भनाइ छ ।
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।
अर्थसमितिको कार्यविधि स्वीकृत
अर्थसमितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । मस्यौदामाथि दफावार छलफलपछि समितिको आजको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकरी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट आज छन्तुमा
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छन्तुको सुवाङ्लिउ आइपुग्नुभएको छ ।
भेटेरिनरी सेवाको पुनर्संरचना गर्ने चरणमा छौँ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक स्वास्थ्य पशु चिकित्सकको ज्ञान र सीपलाई सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षा क्षेत्रहरूमा एकीकृत गर्न जरुरी रहेको बताउनुभएको छ ।
भरतपुरमा हरियाली प्रवर्द्धनका लागि पाँच करोड
भरतपुर महानगरपालिकालाई यस आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएको छ । चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि रु पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको हो ।
इन्द्रजात्रा : तल्लो टोल क्वने याः सम्पन्न
येँया (इन्द्रजात्रा)को रथजात्राको पहिलो दिन हिजो (बिहीबार) राति तल्लो टोल क्वने याः सम्पन्न भयो । राष्ट्रपति रामचन्द्र पौडेलबाट जात्राको अवलोकन पछि जात्रा तल्लो टोल तिर लगिएको थियो ।
फितलाे अनुगमनले कालोबजारी झन् बढ्दाे
चाडबाड नजिकिएसँगै बजारमा कालाेबजारी झन् बढ्दै गएको पाइएको छ । बजेट भाषणसँगै मूल्यवृद्धि हुने भन्दै असारमा विभिन्न सामग्री लुकाउँदै कृतिम अभाव सिर्जना गर्ने गर्छन र दशैं तिहार नजिकिएसँगै अत्यावश्यक उपभोग्य सामग्रीको कालोबजार गर्ने गरेको छ ।
दुई हजार छ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । साठी वर्षदेखि ७० बर्षसम्मका स्थानीय परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको जनाइएको छ ।