विश्व स्मृति एवं मेलमिलाप दिवस आज
संयुक्त राष्ट्रसङ्घको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवं मेलमिलाप दिवसका रुपमा सन् २००४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
‘मानवतालाई जीवित राखौँ’ नाराका साथ रेडक्रस दिवस मनाइँदै
‘मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
तनहुँ, वैशाख २५ गते । यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट स्रोत नखुलेको रु १४ लाखसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा गोरखाको सहिद लखन गाउँपालिका–८ बस्ने २५ वर्षीय विमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ४० प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
काभ्रेको पुरानो अस्पतालमा ‘१२८ स्लाइस सिटी स्क्यान मेसिन’ सेवा
काभ्रेपलाञ्चोकको सबैभन्दा पुरानो शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालमा ‘सिटी स्क्यान मेसिन’बाट सेवा दिइने भएको छ । यसका लागि आज एक कार्यक्रमबीच अस्पताल स्थापनाको ६५ वर्षपछि १२८ स्लाइटको सिटी स्क्यान मेसिन राखिएको हो ।
देशका अधिकांश भागको मौसम सफा रहने पूर्वानुमान
काठमाडौँ, वैशाख २५ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने छ ।
बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै
काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार पाँच सय वर्षदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेष गरी नेवार समुदायले हरेक वर्षको चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिनसम्म जात्रा मनाउने गर्दछन् ।
राष्ट्र बैङ्कले बुझायो बजेट सुझाव
नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेट्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
मकै छर्ने बेलामा छैन मल
यो वर्ष समयमै वर्षा भएपछि मकै छर्न थालेका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखाका किसान रासायनिक मल नपाउँदा चिन्तामा परेका छन् । नियमित तथा मौज्दात मल वितरणमै कमजोरी भएपछि यहाँ मलको हाहाकार देखिएको छ ।
प्रधानमन्त्रीलाई फोटो उपहार
भनिन्छ, ‘एउटा तस्बिरले हजारौँ शब्द बोल्छ ।’ गोरखापत्रको सङ्ग्रहालयमा त्यस्ता कैयौँ तस्बिर छन्, २०३० देखि २०६० सम्मको समय खण्डको नेपालको वास्तविकता बोकेका ।
भारत–पाकिस्तान तनाव थप उच्च
भारत र पाकिस्तानबिचको तनाव थप उच्च बनेको छ ।
रित्तो संसदमा छलफल
नीति तथा कार्यक्रममाथि संसद्मा भइरहेको छलफल कर्मकाण्डी बन्दै गएको छ । छलफलमा भाग लिने सांसदको उपस्थितिसमेत संसद्का दुवै सदनमा नगण्य छ । आफ्ना धारणा राख्ने र बाहिरिने क्रमले नीति कार्यक्रममाथिको छलफल करिब करिब खाली सभामा भइरहेको छ ।
फेला परेन भासिएको गाडी : भूगर्भविद्को टोली नै असुरक्षित
हेटौँडा उपमहानगरपालिका वडा नं. १७, गैरीगाउँमा गत शुक्रबार जमिनमा भासिएर हराएको बोलेरो गाडीका बारेमा अध्ययन गर्न आएको भूगर्भविद्को टोली गाडीको अवस्थितिका बारेमा पत्ता नै नलगाई फर्किएको छ ।
गोरखापत्र वार्षिकोत्सव : पत्रकार–कर्मचारी सम्मानित
गोरखापत्र एक सय २५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा संस्थानका पत्रकार–कर्मचारी सम्मानित हुनुभएको छ ।
भेटिएन जमिनमुनि भाँसिएको गाडी : फर्कियो भूगर्भविद्को टोली
गाडी भासिएको घटनाको अध्ययनका लागि आएको खानी तथा भूगर्भ विदको टोलिले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी बुधबार काठमाडौा फर्किएको छ ।
शोक प्रस्ताव पारित
प्रतिनिधिसभा बैठकले पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बुधबार बसेको बैठकले सर्वसम्मत पारित गरेको हो ।
सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा उच्च सतर्कता
पछिल्लो समय विकशित क्षेत्रिय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।
जयपृथ्वीवहादुर सिंहको स्मरणमा माल्यार्पण
गोरखापत्रका संस्थापक सञ्चालक जयपृथ्वीबहादुर सिंह (बझाङ्गी राजा) को योगदानको स्मरण गर्दै आज गोरखापत्र व्यवस्थापनका पदाधिकारीहरूले माल्यार्पण गरी स्मरण गर्नुभएको छ ।
स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ ४० पैसा कायम भएको छ ।
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
मानवसेवा आश्रमको सहकार्यमा मङ्गलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियानअन्तर्गत यो पहिलो ऐतिहासिक घोषणा भएको जनाइएको छ ।
राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
हरेक घटनाको साक्षी, पत्रकारिताको गर्विलो इतिहास
नेपाली पत्रकारितामा एक जीवन्त दस्तावेज बनेको छ गोरखापत्र । नेपाली समाजको हरेक घटनाको जीवित साक्षी बन्दै आएको छ । त्यही कारण यसले आफ्नो गर्विलो इतिहास बनाएको छ ।