लिलामी नगर्दा राजस्व माटोमा मिल्दै
मुद्दाको छिनोफानो गर्ने कानुनी अधिकार वन अधिकृतलाई नदिँदा करोडौँ रुपियाँको राजस्व माटोमा मिल्न थालेको छ । काठ चोरीनिकासी गर्न लागेको अवस्थामा नियन्त्रणमा लिएर राखेका सवारीसाधन र काठको मुद्दा छिनोफानो गर्ने अधिकार डिभिजन वन अधिकृतलाई कानुनले स्पष्ट नतोक्दा लिलामी नभएर कार्यालयमै सड्न थालेको होे ।
गोरखापत्र प्रकाशन १२५ औँ वर्षमा प्रवेश
काठमाडौँ, वैशाख २४ गते । गोरखापत्रको प्रकाशन वैशाख २४ गते बुधबार १२५ औँ वर्षमा प्रवेश गरेको छ । मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाइन्छ । विसं २०७३ देखि राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरु गरिएको हो ।एक शताब्दीभन्दा लामो इतिहास बोकेको गोरखापत्र मुलुकको गौरवशाली प्रकाशन हो । गोरखापत्र प्रकाशनको प्रारम्भदेखि १९९१ साल वैशाख ८ गतेसम्म हप्ताको एक दिन सोमबार र त्यसपछि २००१ साल असोजसम्म बुधबार प्रकाशन हुन थाल्यो । पछि साताको दुई र तीन पटक हुँदै २०१७ साल फागुन ७ बाट दैनिक भएको हो ।
भासिएको गाडी खोज्न भूगर्भविद्को टोली
हेटौँडा उपमहानगरपालिका–१७, गैरीगाउँमा एक्कासि जमिनमुनि भासिएर हराएको गाडीको विषयमा अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली हेटौँडा आइपुगेको छ । मङ्ग
नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
काठमाडौँ, वैशाख २४ गते । प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ ।सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने छ । आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि हुँदैछन् ।राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रियसभाको बैठक यही वैशाख २८ गते दिउँसो १ः१५ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले राससलाई बताउनुभयो ।
पत्रकारिताको पेशागत सुरक्षाको सुनिश्चिता अपरिहार्य
काठमाडौँ, वैशाख २४ गते । पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चितताका लागि नीतिगत र संरचनागन सुधार जरुरी रहेको आवश्यकता यस क्षेत्रका विज्ञहरुले औँल्याउनुभएको छ । व्यावसायिक पत्रकारिताको विकास र नागरिकप्रतिको उत्तरदायित्व निर्वाहका लागि स्वयम् पत्रकारले पनि उच्च व्यावसायिक अभ्यास गर्नुपर्ने र यसको प्रवर्द्धन र प्रोत्साहनमा राज्यले विशेष ध्यान दिनुपर्नेमा उहाँहरुको जोड छ । राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा रासससँग कुराकानी गर्दै त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दर अर्यालले पत्रकारको पेशागत सुरक्षाका लागि लोकतन्त्र बलियो र सुदृढ हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पत्रकारिताको पेशागत सुरक्षा लोकतान्त्रिकरण हो, लोकतन्त्र बलियो भयो भनेमात्रै पत्रकारिता सुरक्षित र जिम्मेवार हुन्छ ।”समाजमा जुनसुकैपक्षबाट गरिने दबाब र विरोध प्रदर्शनमा कार्यक्षेत्रमा खटिएका पत्रकार निशामामा पर्ने गरेका छन् । पछिल्ला घटनाक्रम र कार्यक्षेत्रमा भएका पत्रकारमाथिका विभिन्न घटनाले त्यसलाई चित्रित गर्छ । त्यसैले देश, समाज र जनताप्रति उत्तरदायी मर्यादित र जिम्मेवार ढङ्गले सूचना सम्प्रेषित गर्ने पत्रकारको पेशागत सुरक्षाका साथै उनीहरुको श्रमको कदर गर्ने परिपाटीको विकास खड्किएको छ ।राष्ट्रिय पत्रकारिता दिवस, विश्व प्रेस स्वतन्त्रता दिवस आदि मनाइरहँदा केवल औपचारिकतामा मात्रै सीमित हुने र पत्रकारको पेशागत सुरक्षा र श्रमजीवीको तलब सुविधाको सुनिश्चितातर्फ पनि सबै सरोकारपक्ष जिम्मेवार बन्न जरुरी रहेकामा विज्ञहरु एकमत देखिन्छन् ।वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले नेपालमा पत्रकारहरुको पेशागत सुरक्षाको चुनौती बढेको बताउनुहुन्छ । “अझै पनि पत्रकारहरुको पेशागत सुरक्षाको अवस्था गम्भीर रुपमा छ”, उहाँले भन्नुभयो, “हामीले पत्रकारका लागि सुरक्षित वातावरणको सुनिश्चित गर्न सकेका छैनौँ । विभिन्न किसिमको भौतिक असुरक्षा र डिजिटल प्रविधिमार्फत पनि पत्रकार असुरक्षित हुने अवस्था रहेको छ ।”वरिष्ठ पत्रकार दाहालले पत्रकारको पेशागत सुरक्षा, भौतिक र डिजिटल सुरक्षाका लागि बहुसरोकारवाला राष्ट्रिय संयन्त्र र राष्ट्रिय कार्ययोजन जरुरी रहेको खाँचो औँल्याउनुभयो ।नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले पनि पछिल्लो समय पत्रकारको पेशागत र भौतिक सुरक्षा निकै चिन्ताजनक अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारमाथि कार्यक्षेत्रमै आक्रमण हुने, ज्यान गुमानुपर्ने अवस्था छ । राज्य र गैरराज्यबाट विभिन्न धम्कीलगायत विभिन्न अवरोधहरु झेल्नुपर्ने अवस्था छ । त्यसैगरी पत्रकारहरुको श्रमको मुद्दा झनै पेचिलो बनिरहेको छ । श्रमजीवीले समयमै तलब सुविधा पाउन सकेका छैनन् ।”महासचिव दाहालले पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चिताका लागि राज्यले नीतिगत सुधार गर्न जरुरी रहेको बताउनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता क्षेत्रलाई व्यावसायिक, व्यवस्थित र नागरिकप्रति उत्तरदायी बनाउने दिशामा सबै जिम्मेवार भएर अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले पत्रकारिताको माध्यमबाटथ सामाजिक, आर्थिक विकासमा योगदान गर्ने व्यक्तिलाई राज्यका तर्फबाट प्रोत्साहन र नयाँ पुस्तालाई यस पेशाप्रति आकर्षित गर्न दिवसका अवसरमा सरकारले हरेक वर्ष सम्मान र पुरस्कारको व्यवस्था गरेको जानकारी दिनुभयो ।नेपालमा गोरखापत्र पत्रिका र प्रकाशन सुरु भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाउन थालिएको छ । यस वर्ष ‘विश्वसनीय सूचनाको आधारः जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ ।गोरखापत्रले नेपालको गरिमा बढाएको छपत्रकारिता केन्द्रीय विभाग प्रमुख डा अर्यालले गोरखापत्र सुरु भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाउने गरिएको र संस्था स्थापनाको १२५औ वर्षले नेपालको गरिमालाई बढाएको बताउनुभयो । “संसारमै १२५ वर्षसम्म निरन्तर प्रकाशित हुने पत्रपत्रिकाहरु निकै कम छन् त्यसमाथि नेपालजस्तो मुलुकमा यति पुराना पत्रिकाहरु बिरलै हुन्छन् । गोरखापत्रले नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धन गर्न पनि महत्वपूर्ण भूमिका खेलेको छ, जुन एउटा गौरवको विषय हो”, उहाँले भन्नुभयो ।गोरखापत्र प्रकाशन सुरु भएको बेलाको प्रविधि, सञ्चारको साधन र अहिले धेरै फरक भएको छ । राष्ट्रिय पत्रकारिता दिवस मनाउदै गर्दा पत्रपत्रिका भनेको कागजमा छापिने कुराहरु भनेर हामीले गोरखापत्रलाई सम्झिन्छौ । तर, अहिलेसम्म आइपुग्दा पत्रकारिताको शब्द विस्तार भइसकेको छ । डा अर्यालले भन्नुभयो, “जतिबेला गोरखापत्र सुरु भएको थियो त्यो बेलामा रेडियो र टेलिभिजन पनि थिए । अहिले हामी मिडिया कन्भरजेन्स र टेक्नोलोजी कन्भरजेन्स’को युगमा आइसकेका छाँै, त्यसैले अब पत्रकारिताको नयाँ ढङ्गले परिभाषित भइसकेको अवस्था छ ।”डा अर्यालले शक्तिमा रहनेलाई निगरानी गर्न, समाजलाई एकीकृत गर्न र जनतलाई सुसूचित गर्न पत्रकारिता पेशा र व्यवसाय निरन्तर रहिरहनुपर्ने धारणा राख्नुभयो । पत्रकारिताका सामग्री नैतिकवान बनाउन, कृत्रिम बौद्धिकताको प्रयोग आदिलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने अपरिहार्यता रहेको उहाँको भनाइ छ ।पछिल्लो समय प्रविधिको प्रभाव बढेको छ । पत्रकारिता क्षेत्रलाई नै अलमल बनाएको छ । साँचो र झुटो छुट्टयाउनका लागि आम मानिसलाई गाह्रो भएको छ । झुटो कुरालाई पनि असाध्यै राम्रोसँग प्रस्तुत गर्ने प्रवृत्तिलाई चिरेर भ्रमहरुलाई हटाउने र सही सूचना दिने काम पत्रकारिताबाटै हुनुपर्छ पर्ने भन्दै डा अर्यालले यसका लागि पत्रकारहरु अझ सकज, सीप र ज्ञान भएका हुन जरुरी छ भन्नुभयो । देशले मौलिक पत्रकारिता दिवस भनेर गोरखापत्रको प्रकाशन सुरु भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाउने नयाँ प्रचलन सुरु गरिएको स्मरण गर्दै वरिष्ठ पत्रकार दाहालले यो प्रचलन नयाँ भएकाले दिवसको सान्दर्भिकता र प्रभावकारिताबारे अझै छलफल गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले पत्रकारिता जनतालाई सुसूचित गर्ने र सशक्तीकरण गर्ने अहम माध्यम हो भन्दै त्यसलाई अझै सबल, सफल र प्रभावकारी बनाउन सबै जिम्वार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।महासङ्घका महासचिव रामप्रसाद दाहालका अनुसार राष्ट्रिय पत्रकारिता दिवस वास्तमा नेपालमा आमसञ्चार जगतका लागि निकै महत्वपूर्ण दिन हो । दिवसमा रचनात्मक काम गर्ने, पत्रकारिताको अहिलेको अवस्थालाई सुधार्ने र श्रमजीवी पत्रकारहरुको हितमा अधिकतम परिणाममुखी सन्देश दिने वा कुनै निर्णयहरु गर्ने हुनुपर्नेमा उहाँको भनाइ छ । महासचिव दाहालले भन्नुभयो, “दिवसको आयाम फराकिलो छ, त्यसैले यसलाई खास पत्रकारको दिवस जुन दिन नेपालका आमसञ्चारका पक्षमा र आम श्रमजीवीका पक्षमा केही न केही काम सुरु गरेको दिनको रुपमा यसलाई विकसित गर्न जरुरी छ । त्यसो भयो भने मात्र दिवसको सान्दर्भिकता झल्किन्छ ।”गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले राष्ट्रिय पत्रकारिता दिवसले समग्र पत्रकारिताको विषयमा समीक्षा गर्ने, पुनरावलोकन गर्ने र पत्रकारिताको गुणस्तरअभिवृद्धिको विषयमा छलफल गर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारिता क्षेत्रका लागि मात्रै होइन, समाज र पत्रकारिताको अन्तरसम्बन्ध र पत्रकारिताले समाजमा पारेको प्रभावबारे सोच्ने, संवेदनशील हुने र तदअनरुप गतिविधि समयसापेक्ष बनाउन दृष्टिकोण बनाउन सहयोग हुन्छ ।”पत्रकार र राज्यबीचको सम्बन्ध, लोकतान्त्रिक अभ्यास र आचरणलाई सुदृढ गर्दै शासन व्यवस्थालाई जिम्मेवार र पारदर्शी बनाउन पैरवी र सचेतना गराउन दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।सञ्चार मन्त्रालयका सहसचिव ठाकुरले दशौैं पत्रकारिता दिवसको अवसरमा पत्रकारिता क्षेत्रको विकास प्रवद्र्धन र यसमा लागेकालाई हौसला प्रदान गर्न पत्रकारिता क्षेत्रमा योगदान गर्ने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेर राज्यले कदर गरेको उल्लेख गर्नुभयो ।
मुलुकको रूपान्तरणमा गोरखापत्रको ठुलो योगदान
प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखापत्र दैनिकको १२५ औँ स्थापना दिवसको अवसरमा शुभकामना दिनुभएको छ ।
प्रसारण लाइन विवाद समाधान गर्न निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अन्तर्गत बाँकेको बानियाँभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिनुभएको छ ।
पत्रकारिताको पाठशाला
गोरखापत्र १२५ औँ वर्षमा प्रवेशका अवसरमा वरिष्ठ पत्रकारहरूले गर्विलो इतिहास र वर्तमानको साक्षी यसलाई नवीनतम प्रविधिको उपयोग र समयसापेक्ष बनाउँदै स्वर्णयुगीन भविष्यतर्फ अघि बढाउन सुझाव दिनुभएको छ । व
गोरखापत्र १२५ औँ वर्षमा प्रवेश
‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दःखभाग्जनः’ भन्ने आदर्श बोकेको गोरखापत्रको प्रकाशन वैशाख २४ गते बुधबार १२५ औँ वर्षमा प्रवेश गरेको छ ।
तिस वर्षपछि नेपाल बुढ्यौलीको देश
युवा बहुल अवस्थाबाट नेपाल क्रमशः वृद्धहरूको देश बन्ने क्रममा रहेको पाइएको छ ।
एमाले नेता नेपालको पशुपतिमा अन्त्येष्टि
नेकपा (एमाले) नेता एवं प्रगतिशील साहित्यकार प्रदीप नेपालको अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उहाँको पार्थिव शरीरलाई आज साँझ अन्त्येष्टि गरिएको हो ।
तीन उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिदै
गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा संस्थानका उत्कृष्ट सिफारिस भएका पत्रकार–कर्मचारी सम्मानित हुनु हुनेभएको छ ।
बहुभाषिक पृष्ठका दुई संयोजकलाई सम्मानित गरिँदै
गोरखापत्रको बहुभाषिक पृष्ठ नयाँ नेपाल अन्तर्गत प्रकाशित दुई भाषाका संयोजकहरु वार्षिकोत्सवको अवसरमा सम्मानित हुने हुनुभएको छ ।
भू-राजनीतिमा लैङ्गिक सवाल : समावेशीता भान्सादेखि सुरु गर्नुपर्छ
नेपालमा भू–राजनीतिक र भू–आर्थिक बहसमा लैङ्गिक समानताको सवाल घरको भान्सादेखि सुरु हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
गोरखापत्रले आठ उत्कृष्ट समाचारदातालाई सम्मान गर्ने
गोरखापत्र संस्थानले उत्कृष्ट आठ जना समाचारदातालाई सम्मान गर्ने भएको छ । गोरखापत्रको १२५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा उत्कृष्ट समाचारदातालाई सम्मान गर्न लागेको हो ।।
गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीका कारण आएको होइनः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राष्ट्र बैँकको गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पार्नुभएको छ ।
वैशाख २८ गते राष्ट्रियसभामा प्रधानमन्त्रीको सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो जानकारी गराउनुभएको हो ।
पूर्वमन्त्री प्रदीप नेपालको निधन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उहाँको मङ्गलबार उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
पुलिस महिला गोल्डकपको फाइनलमा
हेटौँडामा जारी मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब प्रवेश गरेको छ ।
राष्ट्रिय कर्मचारी सङ्गठन, गोरखापत्रले तीन जनालाई सम्मान गर्ने
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, गोरखापत्र संस्थान, केन्द्रीय समितिले गोरखापत्रका १२५ वर्ष प्रवेश तथा संस्थानको ६३ औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा तीन जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने भएको छ ।
कुखुरा बोकेको पिकअप दुर्घटना
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक कुखुरा बोकेका बोलेरो पिकअप गाडी दुर्घटना भएको छ ।
‘नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले विगतका राम्रा कार्यक्रम हटाएर ल्याइएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने बताउनुभएको छ ।
जानकीको जन्मदिनमा बिदा दिनुपर्छः आजपाका अध्यक्ष साह
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु शाहले जानकी जयन्तीलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
वीरमा एक वर्षमा छ लाखभन्दा बढी बिरामीको उपचार
वीर अस्पतालका निर्देशक प्राडा.दिलिप शर्माले एक वर्षमा छ लाखभन्दा बढीले बहिरङ्ग विभागबाट सेवा लिएको बताउनुभएको छ ।