बिदेसिएपछि धेरैले त्यागे सामाजिक सुरक्षा योजना
वैदेशिक रोजगारीमा जाने नेपालीका लागि अनिवार्य गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अत्यन्तै न्यून आकर्षण देखिएको छ ।
९.२७ प्रतिशतले बढ्यो बिमा शुल्क
चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा मुलुकमा सञ्चालित निर्जीवन बिमा कम्पनीहरूले १७ अर्बभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् ।
छिटो हुर्कन थाले ब्रोइलर कुखुरा !
नेपालमा अहिले ब्रोइलर कुखुरा छिटो हुर्कन थालेका छन् । ९० दिनसम्म हुर्कन लाग्ने ब्रोइलर कुखुरा अहिले ४० देखि ४५ दिनमै तयारी भएको पाइन्छन् ।
विधेयक अगाडि बढाउन जिम्मेवार व्यक्ति तोकिए
विधायिकी कार्यलाई प्रभावकारी बनाउन सत्ता साझेदार ठुला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले विधेयक विचाराधीन रहेका समितिमा ‘फोकल पर्सन’ तोकेका छन् ।
प्रतिष्ठान संरक्षक परिषद्लाई निरन्तरता दिनुपर्ने सुझाव
तिलगङ्गा आँखा प्रतिष्ठानका पदाधिकारीले विद्यमान सञ्चालक समितिलाई नै विश्वविद्यालय स्थापना भएपछिको संरक्षक परिषद्मा निरन्तरता दिनुपर्ने बताएका छन् ।
एचपिभी खोप एक मात्रा मात्र
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने एचपिभी खोप एक मात्रा लगाए हुने जनाएको छ ।
विदेशी दाताको भरमा भूकम्पीय अनुगमन
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको कर्मचारी व्यवस्थापनबाहेक सबै प्राविधिक तथा प्रणालीगत व्यवस्थापनहरू विदेशी दाताको भरमा चलिरहेको छ ।
राष्ट्रिय आवश्यक्तामा आधारित पिएसबी बनाउनुपर्छ
रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालमा रुपान्तरण भएपछि यी दुबै माध्यमबाट प्रसारण हुने समाचार र कार्यक्रमका विषयवस्तु अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय आवश्कतामा आधारित हुनुपर्नेमा जोड दिइएको छ ।
कान्छीमाया मार्ने बघिनी नियन्त्रणमा
मकवानपुरको मनहरी गाउँपालिका ५ मा एक वृद्धामाथि आक्रमण गरी मार्ने बघिनीलाई नियन्त्रणमा लिइएको छ ।
अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा पर्यटक
अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा मङ्गलबार साँझ काठमाडौँको ठमेलमा नयाँ वर्षलाई स्वागत गर्दै आन्तरिक पर्यटक ।
कोरम नपुगेर बैठक स्थगित हुने भएपछि क्यालेन्डर बनाउन सांसदको माग
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिमा कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति सिर्जना हुन थालेपछि सांसदहरूले क्यालेण्डर बनाउनुपर्ने माग गरेका छन् । मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन् । समिति सचिवालयले समयमै जानकारी नदिने र क्यालेण्डर नबनाइएकै कारण समिति बैठकमा कोरम नपुग्ने समस्या रहेको उहाँहरुको भनाइ छ ।
प्रविधि विकास र प्राकृतिक समस्या समाधान प्रयासमा सन् २०२४ को भूमिका
सन् २०२४ मा अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व मञ्चमा एक कठिन वर्ष भएको छ । भूराजनीतिक प्रतिस्पर्धा बढ्दै गएका छन् । विगतदेखि जारी युद्धहरू शान्त हुन सकेका छैनन् ।
प्राधिकरणको आम्दानी १४ अर्ब ७१ करोड ३८ लाख
सन् २०२४ को नोभेम्बरसम्म नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट ४४ लाख ४९ हजार १३३ जना अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । मङ्गलबार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।
कांग्रेसभित्र स्वतन्त्रता हुने भए छाडातन्त्र हुँदैन : कांग्रेसका केन्द्रीय सदस्य अमात्य
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले प्रजातन्त्र भित्र स्वतन्त्रता हुने भए पनि छाडातन्त्र नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन रामेछापले मङ्गलबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै अमात्यले प्रजातन्त्रमा अराजकता नचल्ने बताउनुभएको हो ।
कांग्रेसको उद्योग विभागमा दस सदस्य मनोनीत
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दस सदस्य मनोनयन गर्नुभएको छ । पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा दश जनालाई मङ्गलबार उहाँले मनोनयन गर्नुभएको हो ।
द्वन्द्व, शान्ति र विकास अध्ययनको नयाँ पाठ्यक्रमको तयारी
त्रिभुवन विश्वविद्यालय, द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले यसै शैक्षिक वर्षदेखि नयाँ पाठ्यक्रम लागू गर्ने गरी तयारी थालेको छ ।
नेपालमा स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ । यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो ।
बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियानलाई प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ सफल बनाउन शुभकामना दिनुभएको छ ।
अर्जुनचौपारी गाउँपालिका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका तत्कालीन गाउँपालिका अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले तत्कालीन गाउँपालिका अध्यक्ष दीर्घ नारायण अर्यालसहित १२ जनाविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय
मकवानपुरमा रहेको सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै गएको छ ।
दोलखामा निर्माणाधीन हाइड्रोपावरकाे विषयमा एमाले दोलखा आक्रामक
नेकपा एमाले दोलखाले पार्टी कार्यक्रम र बैठकलाई तीव्रता दिन थालेको छ । जिल्लामा राजनीतिक गतिविधि बढाएको दोलखा एमालेले गाउँ जाने अभियान सुरु गर्ने भएको छ।
सन् २५ देखि ३५ लाई पर्यटन दशकको रूपमा मनाउँछौं : मन्त्री पाण्डे
संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउने उद्घोष गर्नुभएको छ ।
श्री जीवनपुर कुलचन्द्र आधारभूत विद्यालयका विद्यार्थीलाई शौक्षिक सामग्री वितरण
धादिङको धुनिवेसी–४ स्थित श्री जीवनपुर कुलचन्द्र आधारभूत विद्यालयका १२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो लुगा वितरण गरिएको छ ।
तीन महिनापछि धुलिखेलमा खानेपानी वितरण
गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजनामा क्षति पु¥याएपछि नगरक्षेत्रमा खानेपानी अवरुद्ध थियो । दुई हप्ता लगाएर क्षतिग्रस्त स्थानमा पाइप जडान गरी पानी वितरण सुरु गरिएको धुलिखेल खनोपानी तथा सरसफाइ समितिले जनाएको छ ।