नयाँ पाठ्यक्रमको तयारी
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले यसै शैक्षिक वर्षदेखि नयाँ पाठ्यक्रम लागु गर्ने भएको छ ।
संसद्को हिउँदे अधिवेशन छिट्टै
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय संसद्को हिउँदे अधिवेशन छिट्टै बोलाइने बताउनुभएको छ ।
दलहरूले टेरेनन् आयोगलाई
राजनीतिक दलले निर्वाचन आयोगको निर्देशन पालना गर्न अटेर गरेका छन् । लेखा परीक्षण प्रतिवेदन नबुझाउने, प्रतिवेदन बुझाए पनि सार्वजनिक नगर्ने दललाई जरिबाना तोकिएकोमा आयोगले तोकेको समयावधिभित्र अधिकांश दलले जरिबाना बुझाएका छैनन् ।
स्वर्णलक्ष्मी सहकारी हिनामिना : एक अर्ब बिस करोड बिगो माग
काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाबारे प्रहरीले अनुसन्धान पूरा गरेको छ ।
प्रेस चौतारी नेपालको महाधिवेशन मिति घोषणा
नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालले आफ्नो १० औँ महाधिवेशन आगामी फागुनमा गर्ने घोषणा गरेको छ ।
पूर्वाधार क्षेत्रमा बढ्दो गुनासोः उजुरीका चाङैचाङ
प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा पूर्वाधार निर्माणको क्रममा देखिएका विभिन्न गुनासासहित उजुरीको चाङ लागेको छ ।
‘नेपालमै उपचार गर्न सक्नेगरी पूर्वाधार विकास भएको छ’
नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अब नेपालमै सबै रोगको उपचार गर्न सक्नेगरी पूर्वाधार विकास भइसकेको बताउनुभएको छ ।
‘गाउँ फर्क’को लिरिकल गीत सार्वजनिक
लेखक तथा निर्देशक विश्वमणि घिमिरे र एलबी कटवालको निर्देशनमा बन्ने जनचेतना मूलक टेलिश्रृङ्खला ‘गाउँ फर्क’को लिरिकल गीत सार्वजनिक भएको छ ।
रगत निःशुल्क उपलब्ध गराउनुपर्छ : महामन्त्री थापा
नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उहाँले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राख्नुभयो ।
देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी छ : डा.शेखर कोइराला
नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी रहेको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा नवनियुक्त राजदूतहरूलाई शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
प्रतिनिधिसभाका सचिव राईद्वारा शपथ ग्रहण
सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको शपथ लिनुभएको छ । उहाँले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।
काठमाडौंको वसन्तपुरमा मनाइयो नेपाली टोपी दिवस
जागरुक युवा अभियान नेपालले १२ औं अन्तर्राष्टिय नेपाली टोपी दिवस भव्यताका साथ मनाएको छ । अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधबार काठमाडौंको बसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन् ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा जगतबहादुर सिम्खडा
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्षमा जगतबहादुर सिम्खडा चयन हुनुभएको छ । मङ्गलबार काठमाडौंमा भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनले सिम्खडालाई एक वर्षका लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो ।
गैँडाको आक्रमणबाट महिला घाइते
मकवानपुरको मनहरी गाउँपालिका ६ मा गैँडाको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय मकवनापुरका अनुसार बुधबार बिहान ८ः३० बजेको समयमा मनहरी गाउँपालिका ६ लोथर खोला नजिक रहेको लामेदमार मध्यवर्ती सामुदायिक वनमा गैँडाको आक्रमणबाट दिलमाया स्याङ्तान घाइते हुनुभएको हो ।
मन्दिरमा जाने क्रममा भीरमा फसेका चार जनाको उद्धार
मकवानपुरका भीमफेदी गाउँपालिका ८ स्थित लटरम्मेश्वर महादेव मन्दिर जाने क्रममा भीरमा फसेका चार जनाको सेना र प्रहरीले उद्धार गरेका छन् ।
संविधान संशोधन कांग्रेसको अगुवाइमा: महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधन आवश्यक भएको भन्दै त्यसको अगुवाइ कांग्रेसले गर्ने बताउनुभएको छ । उहाँले कांग्रेस विचारले टिकेको पार्टी भएको चर्चा गर्दै देशको अहिलेको सबैभन्दा ठुलो दलमा कांग्रेस नै मूल शक्ति भएको बताउनुभयो ।
‘प्रधानमन्त्री हुँदाभन्दा अहिले सम्मान पाएको छु’
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री हुनुभन्दा प्रमुख प्रतिपक्षी दलको नेता हुँदा जनताको माया र सम्मान बढी पाएको बताउनुभएको छ ।
समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण
कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
प्रधानमन्त्री ओलीद्वारा शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ बुधबारदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना !’ लेख्नुभएको छ ।
'मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणको प्रयासमा छौँ'
सङ्घीय वन तथा वातावरण राज्यमन्त्री रुपा विकले सरकार मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणको प्रयासमा लागिरहेको बताउनुभएको छ ।
मनाइँदै १२औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस
जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस बुधबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् ।
जनवरी १ : इस्वी इस्वी संवतको नयाँ वर्ष २०२५ लाई स्वागत
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् को सुरुवात भएको मान्यता छ ।
आज देशभरको मौसम सफा रहने
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।