घरपालुवा ढोईलाई जङ्गली मत्ताकै भर
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रमा रहेका ढोईलाई प्रजननका लागि अझै पनि जङ्गली मत्ताकै भर पर्नुपर्ने अवस्था छ। प्रजनन केन्द्रमा मत्ता हात्ती नभएपछि जङ्गलीकै भर पर्नुपर्ने अवस्था आएको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहाका प्रमुख मोहोनपुरन चौधरीले बताउनुभयो। “प्रजनन केन्द्रमा अहिले मत्ता छैन, सबै ढोई जङ्गली मत्ताबाटै प्रजनन भइरहेका छन्,” उहाँले भन्नुभयो, “अहिले प्रजनन केन्द्रमा रहेका १२ वटा गर्भवती ढोई सबै जङ्गलीकै बीज हुन्।” गत असार १७ गते ऐश्वर्यमलाले जन्माएको दोस्रो छावा रमेशगजको बाबु जङ्गली चर्चित मत्ता धुव्रे हो। हात्ती सुसारे रमेश चौधरी हात्ती चराउने क्रममा बाघको आक्रमणमा मारिएपछि उनकै सम्झनामा नयाँ जन्मिएको छावाको नाम रमेशगज राखियो। प्रजनन केन्द्रमै गत भदौ १२ गते जन्मिएकी स्वर्णकलीको बाबु जङ्गली मत्ता रोनाल्डो हो। पछिल्लो छ महिनामा प्रजनन केन्द्रमा रमेशगज र स्वर्णकलीजस्तै छवटा छावा जन्मिएकामा सबैका बाबु जङ्गली मत्ता भएको केन्द्रका कर्मचारी बताउँछन्।
अनामनगर क्षेत्रका अनधिकृत संरचनामा डोजर
काठमाडौं अनामनगरले शुक्रबार अनामनगर क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काएको छ। महानगरको डोजरले सरकारी जग्गामा अनाधिकृत रुपमा बनाइएका संरचना भत्काएको हो।
बानेश्वर प्लाजामा अण्डर ग्राउण्ड पार्किङ सञ्चालन (फोटो फिचर)
बानेश्वर प्लाजामा अण्डर ग्राउण्ड पार्किङ शुक्रबारबाट सञ्चालनमा आएको छ। काठमाडौं महानगरले पार्किङ सञ्चालनमा ल्याएको हो।
गोरखामा अवैध हातहतियारसहित तीन पक्राउ
गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६ वर्षीय कृष्णप्रसाद घले छन् ।
जुरिखेतमा दुर्घटनाका मृतक छजनाको सनाखत
हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये छ जनाको सनाखत भएको छ ।
विश्वविद्यालयका लागि जग्गा खोजी गर्न कार्यदल गठन
बागमती प्रदेश सरकारले विश्वविद्यालय स्थापना तयारी थालेको छ। विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको प्रदेश सरकारले विश्वविद्यालयका लागि जग्गा खोजी र छनोट गर्न प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ। प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा मुख्यमन्त्री कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवलगायत रहेको कार्यदल गठन गर्ने निर्णय गरेको हो।
कालोपत्रे सडक दुई वर्षमै जीर्ण
दोलखाको तामाकोसी गाउँपालिकाको भीरकोट हुँदै हावाच्यामा पुग्ने सडक कालोपत्रे गरिएको दुई वर्षमै जीर्ण बनेको छ। सडक जीर्ण बनेपछि सो सडक हुँदै राजधानी काठमाडौँलगायतका जिल्लामा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको छ । सडकको कालोपत्रे उप्किएको मात्र छैन, पहिरोले सडकका नालासमेत पुरिएको तामाकोसी–४ का स्थानीय सन्तोष पोखरेलले बताउनुभयो। गुणस्तरीय निर्माण अभावमा जीर्ण बनेको सडकको दुरावस्थाबारे सोही सडक हुँदै दैनिक आवतजावत गर्ने गाउँपालिकाका जनप्रतिनिधिले समेत चासो नदेखाएको स्थानीयको गुनासो छ।
पानी शुद्धीकरण गर्न ‘क्लोरिन ट्याङ्क’
दोलखाको शैलुङ र कालिञ्चोक गाउँपालिकामा निर्मित पाँचवटा खानेपानी योजनामा क्लोरिफम देखिएपछि क्लोरिन ट्याङ्क निर्माण गरी शुद्ध पानी वितरण गर्न थालिएको छ। वाटर एड नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्च (सीडीएफ) दोलखाले सञ्चालन गरेको खानेपानी सुरक्षा तथा बास उत्थानशीलता परियोजनाले कालिञ्चोक गाउँपालिकामा करिब १७ लाख रुपियाँमा तीनवटा र शैलुङ गाउँपालिकामा आठ लाखभन्दा बढीको लगानीमा तीनवटा क्लोरिन ट्याङ्की निर्माण गरी पानी वितरण गरेको हो।
जुरिखेतमा बस दुर्घटना : सातको मृत्यु, १८ जना घाइते
मकवानपुरको भीमफेदी गाउँपालिका –६ स्थित जुरिखेतमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौंडा आउदैगरेको ना ३ ख ७८५८ नं. को मिनीबस बिहीबार दिउँसो जुरिखेतको घुम्तीमा दुर्घटना भएको हो ।