चितवनका ५० हजार परिवार बाढीको जोखिममा
जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । यस्तै माडी नगरपालिकाका चार हजार ५०० परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र रा
ट्रकको ठक्करबाट एक कर्मचारीको मृत्यु
झापामा सवारी दुर्घटनामा परेर एक सहकारीका कर्मचारीको ज्यान गएको छ । झापाको दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बजार व्यवस्थापक दिपक नेपालको बुधबार राती सडक दुर्घटनामा परेर ज्यान गएको हो ।
मन्त्रीद्वारा मन्त्रालय खारेजीको माग
बागमती प्रदेशका आठवटा मन्त्रालयलाई टुक्र्याएर १४ वटा पु-याएकोमा विरोध गर्दै आएका प्रदेश सभाका सदस्यले बुधबारको प्रदेश सभाको बैठकमा हाँसोको माहोल खडा गरेको देखियो । प्रदेशका एक मन्त्रीले अर्को विभागीय मन्त्रीसँग बजेट माग र मन्त्रालयको औचित्य नभए खारेज गरिदिन भनेपछि सभामा हाँसो फैलिएको थियो ।
धान रोपेर रमाए बालबालिका
यलु जोशी काठमाडौं, असार १५ गते। हाम्रो संस्कृति हामीले बचाउनुपर्ने उद्देश्यले बालबालिकाले असार १५ गते हिलो खेल्दै धान रोपेर मनाएका छन्। राष्ट्रिय धान दिवसको अवसर विभिन्न स्कुलबाट आएका बालबालिकाले कोही धान रोपेर त कोहीले हिलो खेलेर रमाइलो गरेका हुन्। मध्यपुरथिमी लोकन्थलीस्थित भक्तपुर निस्ट माध्यमिक विद्यालयका स–साना बालबालिकालाई असार १५ र धानको महत्त्व बुझाउन रोपाइँ गर्न लगाएको विद्यालयको शिक्षिका साधना शर्माले जानकारी दिनुभयो। उहाँले बालबालिकालाई सानैदेखि नैतिक शिक्षाको आवश्यकता पर्ने भएकाले असार १५ मा धान रोप्न लगाएको बताउनुभयो। विद्यालयका शिक्षक ज्ञानु श्रेष्ठले बालबालिकालाई हामीले खाने खाना (भात) कसरी आउछ भन्ने बुझाउने उद्देश्यले रोपाइँमा सहभागी गराएको जानकारी दिनुभयो। किसानले कति मिहिनेतका साथ रोपाइँ गर्छन् भन्ने कुराको ज्ञान नयाँ पुस्तालाई सिकाउन रोपाइँ कार्यक्रम गरेको उहाँले प्रष्ट पार्नुभयो। स–साना बालबालिका पानी र माटोमा रमाएर धान रोप्न सक्रिय थिए। धान रोप्न सिकाउँदै गर्नुभएको सूर्जमाया द्वारेले हाम्रो संस्कृति र परम्पराको संक्षण गर्नका लािग यस्तो नैतिक शिक्षाको महत्त्व रहेको उल्लेख गर्नुभयो। बोलीचालीको भाषामा आफ्नो व्यस्तता दर्शाउन पनि ‘मलाई अहिले असारको पन्ध छ’ भन्ने गरिन्छ। रोपाइँ गर्दा आफ्ना दुःख, पीर तथा जीवनका घटनालाई असारे गीत गाएर पोख्ने गरिन्छ। यसै अवसरमा केही समुदायमा असारे गीतमा जुहारी खेल्ने पनि गरिन्छ।
नारायणगढ–मुग्लिन सडक : १७ ठाउँ उच्च जोखिममा
डिभिजन सडक कार्यालय भरतपुरका ई सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन् ।
हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध
वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो । उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । पानी रोकिएपश्चात पहिरो हटाइ यातायात सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । कुलेखानी–फाखेल सडकखण्ड र त्रिभुवन राजपथ भने सञ्चालनमा छ ।
पुल निर्माणमा ढिलाइ हुँदा जोखिम बढ्यो
लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको तामाकोसीमा रहेको सडक पुल निर्माणमा ढिलाइ हुँदा जोखिम बढेको छ । दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिका जोड्ने पुलको जग र पिलरमात्रै बनाएर अलपत्र छाडिएका कारण तामाकोसी नदीको पुरानो पक्की पुलसमेत जोखिममा परेको बताइएको छ ।
चट्याङमा परी एकको मृत्यु
सिन्धुलीको तीनपाटन गाँउपालिका–७ पत्यानीमा चट्याङमा परी एक जना वृद्धको ज्यान गएको छ । मङगलबार राति परेको चट्याङमा परि ६० बर्षीय गोपाल तमाङको घट्नास्थलमा नै मृत्यु भएको वडा अध्यक्ष युवराज पहाडीले जानकारी दिनुभयो ।
‘अभिव्यक्ति स्वतन्त्रताबिनाको लोकतन्त्र हुँदैन’
नेकपा (एमाले)को उपमहासचिव प्रदीप ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रताबिनाको लोकतन्त्र हुन नसक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा भरतपुरमा मङ्गलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले काल्पनिक कुरा बाहिर आयो भन्दैमा प्रेसलाई नियन्त्रण गर्न नहुने बताउनुभयो ।