‘मुख्यमन्त्री परिवर्तनको सम्भावना छैन’
बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन केन्द्रमा सत्तारूढ गठबन्धनको निर्णय नभएसम्म नहुने भएको छ । बागमती प्रदेशका सत्ता गठबन्धनका नेताहरूले प्रदेशमा भएको सहमतिअनुसार नेतृत्व परिवर्तन गर्न दबाब बढाउँदै गर्दा नेकपा (एकीकृत समाजवादी)को शनिबार काठमाडौँमा बसेको संसदीय दलको बैठकले सत्तारूढ गठबन्धनको केन्द्रमा निर्णय नभएसम्म बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन नहुने निष्कर्ष निकालेको हो ।
त्रिशूली नदीले आमाछोरा बगायो
नमराज सुवेदीनुवाकोट, असार १८ गते। नुवाकोटको विदुर नगरपालिका–३ का संगीता श्रेष्ठ र उनको छोरालाई शनिबार अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ। सात वर्षका छोरा युनिक श्रेष्ठलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा २८ वर्षीया संगीतालाई पनि नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिनुभयो। उनका अनुसार वडा नम्बर ३ मैरिटारमा निवासी उनीहरू घर नजिकै ढोडेनीमा रहेको खेतमा काम गर्न गएका थिए। खेतको काम सकेर घर फर्कनुअघि हातगोडा धुन लागेका युनिकलाई त्रिशूली नदीले बगाएपछि बचाउन नदी पसेको आमालाई समेत बगाएको स्थानीयवासीले प्रहरीलाई बताएका छन्। नदीमा पानीको बहाव ठूलो र पानीसमेत धमिलो भएकाले खोजतलासमा कठिनाइ भएको प्रहरीले जनाएको छ। हराइरहेका उनीहरूको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटसहित मातहतका प्रहरी एकाइ, सशस्त्र प्रहरी बल १९ नम्बर गुल्म नुवाकोट र जबरजङ्ग गण देवीघाटबाट खटिएका १०० भन्दा बढी सुरक्षाकर्मी एवं स्थानीयवासी खटिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो।
‘गिरिजाप्रसादबाट सिक्ने धेरै कुरा छन्’
पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले गिरिजाप्रसाद कोइरालाको दृढ इच्छाशक्तिले नै २०६२-०६३ को आन्दोलन सफल भएको बताउनु भएको छ ।
बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ : मन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने वातावरण नेपालमा बन्दै गरेकाे बताउनुभएकाे छ ।
बाघले आक्रमणबाट एक महिला घाइते
बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।
‘नेवाः पहिचान र विविध आयाम’ विषयमा दुई दिने राष्ट्रिय कार्यशाला
लि नेवाः अर्गनाईजेशन नेपाल च्याप्टरको दुई दिने ‘नेवाः पहिचान र विविध आयाम’ राष्ट्रिय कार्यशाला गोष्ठी यहाँस्थित नयाँबजारको एक पार्टी प्यालेसमा शनिबार पनि हुँदैछ । कार्यशालामा नेवाः पहिचानसँग जोडेर पत्रकारिता, पहिचानजनित अधिकार, भाषा, कला संस्कृतिका विभिन्न विधामा १२ जना व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।
बाघको आक्रमणवाट महिला घाइते
शनिवार बिहान करिब ८ बजेको समयमा कुमरोज सामुदायिक वनमा घाँस काट्ने जानुभएकी एक महिला बाघको आक्रमणवाट एक घाईते भएकी छिन् ।
छोडेन असारे विकासले
असार लागेपछि मात्रै बल्ल विकास निर्माण, गोष्ठी, भेला गर्ने चटारो सरकारी निकायमा सुरु हुन्छ । निर्माण व्यवसायीलाई पनि असारमा काम नसके भुक्तानी नहुने भएपछि असारे कामको चटारोले छोप्छ ।असारे कामको चटारो यो पटक पनि प्रायः सबै विकासे अड्डामा देखिएको छ । त्यसमा पनि सबैभन्दा बढी चटारो सडकको काम गर्ने सरकारी निकाय र ठेकेदारलाई छ ।
प्रदेश सरकार परिवर्तनको तयारी
बागमती प्रदेश सरकारको नेतृत्व सहमतिअनुसार परिवर्तन नभएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेसले हस्ताक्षर सङ्कलन गरेका छन् । गठबन्धनका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले माथिको निर्देशनमा मात्र मुख्यमन्त्री छाड्ने बताएपछि माओवादी केन्द्र र कांग्रेसका प्रदेश सभा सदस्यको हस्ताक्षर सङ्कलन बुधबारबाट सुरु गरिएको हो ।