पुल निर्माणमा ढिलाइ हुँदा जोखिम बढ्यो
लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको तामाकोसीमा रहेको सडक पुल निर्माणमा ढिलाइ हुँदा जोखिम बढेको छ । दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिका जोड्ने पुलको जग र पिलरमात्रै बनाएर अलपत्र छाडिएका कारण तामाकोसी नदीको पुरानो पक्की पुलसमेत जोखिममा परेको बताइएको छ ।
चट्याङमा परी एकको मृत्यु
सिन्धुलीको तीनपाटन गाँउपालिका–७ पत्यानीमा चट्याङमा परी एक जना वृद्धको ज्यान गएको छ । मङगलबार राति परेको चट्याङमा परि ६० बर्षीय गोपाल तमाङको घट्नास्थलमा नै मृत्यु भएको वडा अध्यक्ष युवराज पहाडीले जानकारी दिनुभयो ।
‘अभिव्यक्ति स्वतन्त्रताबिनाको लोकतन्त्र हुँदैन’
नेकपा (एमाले)को उपमहासचिव प्रदीप ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रताबिनाको लोकतन्त्र हुन नसक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा भरतपुरमा मङ्गलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले काल्पनिक कुरा बाहिर आयो भन्दैमा प्रेसलाई नियन्त्रण गर्न नहुने बताउनुभयो ।
मनोहरा खोलाको बहाव बढ्यो : सचेतना अपनाउन अपील
भक्तपुर र काठमाडौंका तीनवटा नगरपालिकाका प्रमुखले अविरल वर्षाका कारण मनोहरा खोलाको बहाव बढेर धार परिवर्तन गरी खोलाले दुवैतर्फ जमीन कटान गरिरहेकाले सचेतना अपनाउन नगरबासीसँग आग्रह गर्नुभएकोे छ ।
‘आगामी आर्थिक वर्षमा दूधमा अनुदान बढ्छ’
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी आर्थिक वर्षमा दूधमा पाइने अनुदान वृद्धि हुने बताउनुभएको छ।
मेलम्ची क्षेत्रमा यातायात आवागमन कठिन बन्दै
पहिले मेलम्ची–७ दुवाचौरका जितु भारतीले सजिलै सामान लैजाने गर्नुभएको थियो । अहिले सडक र पुलमा क्षति पुगेपछि सामान बोकेरै खोला तार्ने गर्नुभएको छ । सामान ढुवानी गर्दा नै बढी लागत लाग्ने हुँदा सामानको भाउ बढेको उहाँले बताउनुभयो ।
पाँचखाल ‘ग्रीन स्मार्ट सिटी’ : यो वर्ष डिपिआर र रोजगारी सिर्जना
पाँचखाल नगरपालिकाले नेपालमै पहिलो ‘ग्रीन स्मार्ट सिटी’ निर्माणका लागि आर्थिक वर्ष २०७९/८० मा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी निर्माणकार्य थालनी गर्ने भएको छ ।
जुजुधौ व्यवसायीलाई माग धान्ने चटारो
भक्तपुरका जुजुधौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो परेको छ । नेपाली लोकपरम्परा अनुसार भोलि बुधबार असार १५ रोपाइँ महोत्सव गरी दही चिउरा खाने दिन । असार १५ को अवसरमा दहीको माग उच्च हुने भएकाले भक्तपुरका जुजु धौ व्यवसायीलाई माग धान्न चटारो परेको हो ।
एमालेको समग्र ध्यान मङ्सिरको निर्वाचनमा: उपमहासचिव ज्ञवाली
नेकपा (एमाले)को उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको समग्र ध्यान मङ्सिरको निर्वाचनमा हुने बताउनु भएको छ ।