कारागारमा पुस्तकालय
विभिन्न देशमा रहेका १२ जना दोलखाली र दोलखा समाज अस्ट्रेलियासमेतको आर्थिक सहयोगमा दोलखा कारागारमा पुस्तकालय स्थापना गरिएको छ । नेपाल लाइब्रेरी फाउन्डेसन अन्तर्राष्ट्रिय समन्वय समिति आयरल्यान्डका संयोजक चेतराज ओलीको संयोजनमा साढे तीन लाख रुपियाँको लगानीमा पुस्तकालय स्थापना भएको फाउन्डेसनका महासचिव धनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तीन लाख ३१ हजार रुपियाँमा ६५८ थान किताब खरिद गरी पुस्तकालयलाई हस्तान्तरण गरिएको र पुस्तकालयको निरीक्षणपछि थप १९ हजार रुपियाँको किताब खरिद गरी हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।
संविधान कार्यान्वयनप्रति प्रदेश सरकारको असन्तुष्टि
सातौँ संविधान दिवस मनाइरहँदा बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीले संविधान कार्यान्वयनप्रति असन्तुष्टि जनाउनुभएको छ । सातौँ संविधान दिवस एवं राष्ट्रिय दिवस २०७९ का अवसरमा बागमती प्रदेश सरकारको संविधान दिवस मूल समारोह समितिले सोमबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्रीले प्रदेशको एकल अधिकारमाथि समेत सङ्घीय सरकारबाट हस्तक्षेप भएको भन्दै संविधान कार्यान्वयनप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
कटेरोमा विद्यालय सञ्चालन
भूकम्प गएको सात वर्ष बितिसक्दा पनि दोलखाको भीमेश्वर नगरपालिका–८ स्थित देवी माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक कटेरोमै पठनपाठन गर्न बाध्य भएका छन् । सरोकारवाला निकायले समयमै चासो नदिँदा अहिले आएर विद्यालय भवन निर्माणाधीन रहेकाले यसरी पढ्नु र पढाउनु परेको प्रधानाध्यापक किशोर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार जस्ताको छानो र बारसमेत रहेकाले विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन साह्रै कठिन छ । कक्षाकोठामा एक अर्काे कोठाको आवाजले बाधा भइरहन्छ । भएको कटेरोमा पनि ठाउँ नपुगेर बिहान र दिवा कक्षा सञ्चालन गर्नुपरेको छ । आधा–आधा घण्टाको कार्यतालिका बनाउनुपर्दा दिइएको पाठ्यभारअनुसार पठनपाठन गर्न सकिएको छैन ।
गोली लागेका घाइतेको महाराजगन्जमा उपचार हुँदै
काठमाडौंको कागेश्वरी मनहारा–८ मा गोली चल्दा एकजना घाइते भएका छन् ।
उपत्यका प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना तयार
उपत्यका प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना तयार गरेको छ । दशैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना तयार गरेको बताएको छ । काठमाडौं महानगरपालिका लक्षित सुरक्षा योजना असोज ४ गते अर्थात् मंगलबारदेखि लागू हुने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो ।
विद्यार्थीलाई खोला तारेर भिजेकै कपडामा कक्षामा
विद्यार्थीलाई खोला तारेर विद्यालय पुगेर भिजेकै कपडामा अध्यापन गराउने गरेको प्रअ घलेले बताउनुभयो । विसं २०७० बाट शिक्षण पेशामा लाग्नुभएका ३९ वर्षीय घले करिब आठ महिना अगाडि घर नजिकै रहेको उक्त विद्यालयमा सरुवा भएर आउनुभएको हो ।
सुपथ मूल्यको पसल : ६० रुपियाँसम्म छुट पाइने
असोज १ गतेदेखि सुरु भएको सुपथ मूल्य पसलमा सात रुपिँयादेखि ६० रुपियाँसम्म छुट पाइने भएको छ । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
कोइला नहुँदा डेढ महिनादेखि उत्पादन बन्द
विभिन्न समस्याले गर्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा समस्या आएको छ । कोइला आपूर्तिमा समस्या आएपछि हेटौँडा सिमेन्ट उद्योगको उत्पादन डेढ महिनादेखि बन्द छ । पानी परेकाले कोइला आपूर्तिमा समस्या भएको र केही दिनभित्रै कोइला आपूर्ति हुने उद्योगका प्रवक्ता अशोक गौतमले बताउनुभयो । कोइला अभावसँगै उद्योगको किलमा (क्लिङ्कर बनाउने ठाउँ) समस्या आएको छ भने उद्योगमा करिब ४० हजार बोरा सिमेन्टको क्लिङ्कर मौज्दात छ ।
जीवन बुझाउनु जरुरी : मुख्यमन्त्री
बागमती प्रदेश ब्युरोहेटौँडा, असोज ३ गते । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बढ्दो आत्महत्या दर रोक्न जीवनको महìवका बारेमा बुझाउनु आवश्यक भएको बताउनुभएको छ । उहाँले कुनै पनि व्यक्तिलाई जीवनको महत्व बुझाउने पहिलो पाठशाला भनेको घरपरिवार भएकाले परिवारका सदस्यको पालनपोषण र रेखदेखसँगै जीवनको महìव बुझाउनुपर्ने भन्दै शिक्षकलगायत समाजमा सबै पक्षले जीवनका बारेमा बुझाउन सहजीकरण गर्नुपर्ने धारणा राख्नुभयो । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले आइतबार हेटौँडामा आयोजना गरेको प्रदेशस्तरीय आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले मानिसको जीवन सबैभन्दा महìवपूर्ण भएकाले यसलाई जोगाउन सबैले नैतिक शिक्षा लिनु र दिनु आवश्यक भएकोमा जोड दिनुभयो । उहाँले आत्महत्या रोकथामका लागि भएका प्रयास र अभियानले सरकारलाई आत्महत्या रोकथामका लागि आवश्यक नीति बनाउन सहयोग पुग्ने भन्दै आफूले सोचेका कुरा पूरा नहुँदा आत्महत्या गर्ने विचार आउने भएकाले यसलाई आफैँले पनि नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा बागमती प्रदेशका प्रहरी प्रमुख किरण वज्रचार्यले व्यक्तिले आत्महत्या गर्नुपूर्व केही न केही प्रतिक्रिया जनाउने भएकाले त्यसको पहिचान गरी परामर्श दिन सकेमा आत्महत्याको दरमा कमी आउने बताउनुभयो । कार्यक्रममा मकवानपुरमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतम, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक रेग्मी, पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतम र हेटौँडा अस्पतालका चिकित्सक लव कार्कीले आत्महत्याको जोखिम क्षेत्र एवं वर्गको पहिचान गरी समयमा नै मनोपरामर्श दिन ठाउँ–ठाउँमा मनोपरामर्श केन्द्र स्थापना गर्नुपर्ने सुझाउनुभएको थियो । यसअघि हेटौँडामा प्रभातफेरी आयोजना गरिएको थियो । बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७८÷७९ मा ९०२ जना र अघिल्लो आवमा एक हजार ३६ जनाले आत्महत्या गरेको प्रहरीको अभिलेखमा रहेको छ । प्रहरी कार्यालयमा दर्ता भएका अपराधका घटनामा २० प्रतिशत आत्महत्याका घटना हुने गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।आत्महत्याका घटना बढ्दैरामेछाप समाचारदाताका अनुसार, सचेतनामूलक ¥याली तथा अन्तक्र्रिया कार्यक्रम गरी विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापको विगत चार वर्षको तथ्याङ्कलाई हेर्दा आत्महत्याका घटना डरलाग्दो अवस्थामा पुगेका छन् । गत चार वर्षको अवधिमा जिल्लामा दुई सय जनाभन्दा बढीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक राजुप्रसाद ढकालले बताउनुभयो । गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै रामेछापमा ४५ जनाले आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नेमा दुई जना बालिका, तीन जना बालक, २१ जना महिला र १९ जना पुरुष रहेका छन् । ढकालका अनुसार आव २०७७÷७८ मा ६५ जनाले आत्महत्या गरेका थिए । प्रहरीका अनुसार रामेछापमा आत्महत्याका घटनालाई हेर्दा प्रेममा असफलता, गरिबी, बेरोजगारी तथा आर्थिक समस्या, शिक्षामा असफलता, मानसिक असन्तुलन एवं दीर्घ रोगको पीडाका कारणले आत्महत्या गर्ने गरेको पाइएको छ । अधिवक्ता पाण्डवप्रसाद प्रसाईंले बढ्दो आत्महत्याका घटनाको रोकथामका लागि प्रहरी–शिक्षक कार्यक्रम सबै विद्यालयमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सार्वजनिक स्वास्थ्य समस्याभरतपुर समाचारदाताका अनुसार गत भदौ ३१ गते चितवन र तनहुँ जोड्ने त्रिशूली नदीमाथि मुग्लिनमा रहेको पुलमा आफूले चढेर आएको मोटरसाइकल र झोला छोडेर एक पुरुष हामफाले । उनले छोडेको झोलामा दोलखा गैरीमुदी–९ का वर्ष २७ वर्षीय निराजन घिमिरेको सवारीचालक अनुमतिपत्र फेलाप¥यो । त्यसको अघिल्लो दिन साँझ सात बजेको समयमा नारायणगढको नारायणी नदीमाथिको पुलमा स्कुटर र मोबाइल छोडेर एक पुरुष हाम्फाले । प्रहरीले बुझ्दै जाँदा उनी कालिका नगरपालिका–७, जुटपानीका ३२ वर्षका अनुप पोखरेल भएको खुलासा भयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार चितवन प्रहरीमा गत साउनमा २२ र भदौमा १३ गरी ३५ वटा आत्महत्याका घटना भएको तथ्याङ्क छ । तीमध्ये छ जना अझै बेपत्ता छन् । आत्महत्या गर्नेमध्ये २० जना पुरुष, १४ जना महिला र एक जनाको लिङ्ग खुलेको छैन ।चितवनमा २०७८/७९ मा आत्महत्या गर्ने र गर्न खोज्नेको सङ्ख्या २१४ थियो । तीमध्ये अधिकले आवेगमा आई आत्महत्याको तयारी गरेको प्रहरीको विश्लेषण छ । ६२ जनाले आवेगमा, ४२ जनाले नैराश्यताका कारण, ३२ जनाले पारिवारिक कलहका कारणबाट आत्महत्या गरेको खुलेको छ । आत्महत्या परिवारको अपहेलनाले, आफ्नै असफलताले, प्रेम वियोगले, गरिबी, दीर्घरोगलगायतमा कारणले गरेका चितवनमा २०७७÷७८ मा २११ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीमा छ ।चितवनमा सानो समस्यालाई लिएर पनि आत्महत्या गर्ने गरेको प्रहरीको बुझाइ छ । प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार बाबुआमाको दृष्टिमा राम्रो बन्न नसकेको कारण १८ वर्षकी एक युवतीले आत्महत्या गरेको, मोबाइल चलाएका कारण १२ वर्षीय बालकले आत्महत्या, भनेजस्तो मोबाइल नकिनिदिएको कारण १६ वर्षीया किशोरीले विषसेवन गरेको र रोजेको पाइन्ट नपाएका कारण १८ वर्षीया युवतीबाट विषसेवन गरेको जस्ता उदाहरण छन् । नेपालमा आव २०७७÷७८ मा सात हजार ११७ जनाले आत्महत्या गरेकोमा आव २०७८/७९ मा प्रहरीमा छ हजार ८३० वटा आत्महत्याका घटना दर्ता भएको पाइन्छ । विश्व स्वास्थ्य सङ्गठनको सन् २०२० को तथ्याङ्कमा हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गरेको छ । प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेहरूको भन्दा आत्महत्या गर्नेको सङ्ख्या बढी छ । आत्महत्या सार्वजनिक स्वास्थ्य समस्या हो । मानसिक अवस्थामा परिवर्तन, सधैँ नकारात्मक प्रतिक्रिया दिने, सामाजिक सञ्जालमा नकारात्मक भावहरू पोस्ट गर्नेलगायत मानिसमा मानसिक समस्या हुनसक्छ । यसको समयमा उपचार नहुँदा आत्महत्यासम्म पुग्नसक्ने हुँदा यस्तो समस्याको पहिचान गरी समयमै निदान गर्न जरुरी भएको प्रहरीले सचेतना कार्यक्रममा बताएको छ ।मासिक दस जनाले आत्महत्या बनेपा समाचारदाताका अनुसार, काभ्रे जिल्लामा पछिल्लो दुई महिनाको अवधिमा १९ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयले आइतबार आयोजित आत्महत्या रोकथामसम्बन्धी सचेतना कार्यक्रममा काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले काभ्रेपलाञ्चोक जिल्लामा मासिक सरदर दस जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क रहेको बताउनुभयो । उहाँले जिल्लामा गत साउनमा सात जनाले र भदौ महिनामा १२ जनाले आत्महत्या गरेको भन्दै विद्यालयको शुल्क तिर्न नसकेको, आर्थिक अवस्था कमजोर भएको, प्रेममा असफल भएकोलगायतका कारणले आत्महत्या गर्ने गरेको पाइएको उल्लेख गर्नुभयो । कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पछिल्लो समय सामाजिक विविधता, वैदेशिक रोजगारी, प्रविधिको विकास तथा बढ्दो प्रयोगका कारण आत्महत्या गर्नेको सङ्ख्या बढेको बताउनुभयो । कार्यक्रममा बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा र वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईंले विद्यालय नर्सको माध्यमबाट मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।